भेटेरिनरी खोपहरु पशु स्वास्थ्य, पशु कल्याण, खाद्यबस्तु उत्पादन र जनस्वास्थ का दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।खोप सस्तो मूल्यमा रोगबाट बचाउने एकमात्र उपाय हो। सुरक्षित र गुणस्तरीय पशु आजको आवश्यकता हो ।पशु खोप मानव स्वास्थ्य ,पशु स्वास्थ्य र खाद्य सुरक्षा को लागि सजिलो उपलब्ध हुने , किफायती तथा आर्थिक रुपमा सस्तो र महत्वपूर्ण उपाय हो।

खोपको उत्पती कसरी भयो ?
खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो जहाँ विविध रोगका कारण दशौँ लाखले ज्यान गुमाइरहन्थे।दशौँ शताब्दीमा चिनियाँहरूले पहिलो पटक एक प्रकारको खोप पत्ता लगाए। “भ्यारियोलेसन” भनिने प्रक्रियाअन्तर्गत स्वस्थ मानिसहरूलाई रोगले ग्रसित तन्तुको सम्पर्कमा ल्याइन्थ्यो ताकि उनीहरूमा प्रतिरोधी क्षमता जन्मियोस्।आठ शताब्दीपश्चात् ब्रिटिश चिकित्सक एडवार्ड जेनरले गोठाला महिलाहरूलाई गाईहरूमा लाग्ने सामान्य किसिमको ‘काउपक्स’ रोग लाग्ने गरेको तर उनीहरूलाई गम्भीर किसिमको स्मलपक्स वा बिफर नलाग्ने गरेकोबारे निकै अध्ययन गरे।बिफर अत्यन्त सङ्क्रामक रोग थियो जसले एक तिहाइ बिरामीको ज्यानै लिन्थ्यो। बाँचेकाहरू पनि जीवनभरि खत लिएर वा दृष्टिविहीन भएर बाँच्नुपर्थ्यो । सन् १९७६ मा जेनरले एक आठ वर्षीय जेम्स फिप्समाथि परीक्षण गरे।ती चिकित्सकले काउपक्स रोगबाट भएको घाउको पीप ती बालकलाई दलिदिए। लगत्तै ती बालकमा पनि सो रोगको लक्षण देखा पर्‍यो।जब फिप्स सो रोगबाट निको भए तब जेनरले उनलाई बिफरको पनि सम्पर्कमा पुर्‍याइदिए। तर ती बालक स्वस्थ नै रहे अर्थात् काउपक्सले उनलाई बिफर प्रतिरोधी बनाइदियो। सन् १९७८ मा उक्त परीक्षणको नतिजा प्रकाशित भयो र भ्याक्सिन (खोप) शब्दको उत्पत्ति भयो। ल्याटिन भाषामा गाईलाई भ्याक्का भनिने गरेकोमा त्यसैबाट भ्याक्सिन शब्द सुरु भयो।

भेटेरीनरी खोपको सुरुवात :
जनावरहरू दुबैकाम खोपको स्रोत र खोप ग्रहण गर्नेमा प्रयोग हुन्छन्। प्रयोगशाला परीक्षणको माध्यमबाट पहिलो जनावरमा लुइस पाश्चर द्वारा १८७९मा बनाईएको कुखुराको हैजाको लागि बनाईएको खोप प्रयोग भएको थियो। साथै, पाश्चरले १८८१ मा भेडा र गाईवस्तुहरूका लागि एन्थ्रेक्स भ्याक्सिन, र १८८४ मा रेबीज खोप आविष्कार गरे।

खोपले कसरी काम गर्छ ?
संक्रामक रोगले पशु उत्पादनमा धेरै नै कमि ल्याउँदछ र नोक्सानी पुर्याउँछ। यस्तो क्षति घटाउनका लागि पशुको शरीरलाई रोगविरुद्ध लड्ने क्षमता प्रदान गर्न खोप लगाउने गरिन्छ। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाई रोग लगाउने कारकतत्व जीव (organism) विरुद्ध प्रतिरक्षा उत्पन्न वा सो बिरुद्ध अवरोध उत्पन्न गराई रोगबाट बचाउँछ ।सामान्यतया खोप लगाएको ७ देखि १४ दिनमा यस्तो खालको रोग बिरुद्ध प्रतिरक्षा क्षमता उत्पन्न हुन सक्दछ।

खोपको महत्व :
१. संक्रामक रोगबाट बचाउदछ तथा महामारीको रुपमा फैलनसक्ने रोगहरु रोकथाम गर्दछ।
२. खाध्य सुरक्षाका दृष्टीकोणबाट महत्वपुर्ण मानिएको पशु उत्पादन बढाउदछ।
३. जुनोटिक रोगहरु फैलनबाट रोगी मानब र पशु स्वास्थ सुरक्षीत गर्दछ।
४. पशुजन्य उत्पादनका खानाबाट उत्पन्नहुने रोग रोक्दछ।

नेपालमा ब्याबसायिक रुपमा पालन गरीरहेका पशुहरुकोलागी खोप तालिका :
भौगोलिक स्थान,सो स्थानमा रहेका रोगको अबस्था, पशुको जात जस्ता बिषयले खोपको आवश्यकता र मात्रा निर्भर रहन्छ।अहिलेको अबस्थामा धेरै टाढा टाढा बाट पशुहरु भित्राउदा पशुसगै रोग पनि भित्रीरहेको हुन्छ।यसरी हेर्दा बिश्वमा रहेका र फेलिरहेका रोगहरु बिरुद्ध खोप लगाउनु आवश्यक छ। तल उल्लेखित खोप मध्य केही नेपालमा उपलब्ध नहुन सक्दछन तर पनि पशु स्वास्थका हिसबले आबश्यक हुनेहुदा उल्लेख गरीएको हो।

१. गाइ भैसिको खोप

२. भेडा बाख्रा

३. बंगुर

खोप लगाउँदा ध्यान दिनुपर्ने कुराहरु :
१.  खोपको राम्रो नतिजा पाउन तथा खोपबाट सुरक्षा पाउन को लागि खोप लगाउनु पूर्व परजीवी विरुद्ध उपचार गर्नुपर्दछ ।
२. खोप उत्पादक कम्पनीको सल्लाह अपनाउनु पर्दछ खोपको प्रयोग विधि, डोज र उपयोग तरिका (route) कम्पनीले भने बमोजिम नै गर्नुपर्दछ ।
३. खोपलाई अध्यारो ,चिसो वातावरणमा सूर्यको प्रकाशले नभेट्ने गरी राख्नुपर्दछ ।
४.  एकैपटक दुई थरी खोप वा अन्य कुनै बस्तु मिसाएर लगाउनुहुँदैन ।
५.  खोप सुरक्षाको लागि तोकिएको cold chain mantenance खोप लगाउने बेलासम्म अपनाउनुपर्दछ । उत्पादनको देखि खोप लगाउनु बेलासम्म पूर्णरुपमा cold chain पालना भएको हुनुपर्छ छ ।
६. modified vaccine १ देखि २ घण्टा भित्र प्रयोग गरेर सकिँदैन भने खोपको मिश्रण तयार पार्नु हुँदैन भने killed vaccine खोलिसकेपछि बढीमा दुई दिन मात्र प्रयोग गर्नुपर्छ त्यसपछि सुरक्षित तवरले नष्ट गर्नुपर्दछ।
७.  खोप लगाउने बेलामा पशु हरतरहले स्वस्थ रहेको एकीन गरेर मात्र लगाउनुपर्छ ।
८.  खोपबाट पशु सुरक्षित पार्नका लागि तोकिएको क्षेत्रका कम्तिमा ८० प्रतिशत पशुमा खोप लगाएको हुनुपर्छ ।
९.  खोप लगाउनु पूर्व सामान्यतया २ देखि ३ हप्ता पहिले नै अन्तरिक र बाह्य परजीवी नियन्त्रण गर्नु पर्दछ ।
१०.  रोग देखा पर्ने समयभन्दा एक महिना पहिले नै खोप लगाउनु राम्रो मानिन्छ।
११. गर्भवती पशुहरूको ब्याउने अन्तिमको महिनामा खोप नलगाउँदा नै राम्रो मानिन्छ ।
१२.  एकैपटक एउटै खोप लगाउने बन्दुक(vaccination gun) विभिन्न खोपको लागि प्रयोग गर्नुहुँदैन । एउटा खोपको लागी प्रयोग गरिसकेपछि राम्रोसँग सरसफाइ गरिसकेपछि मात्र प्रयोग गर्नुपर्दछ ।
१३.  भ्याक्सिन र adjusment मिसाउदा अनिवार्य नयाँ सुइ (needle) प्रयोग गर्नुपर्छ जसले रोग सर्नबाट बचाउँदछ।
१४. सुइ वा गनमा भएको हावा हटाएर मात्र खोप लगाउनु पर्दछ ।
१५. खोप लगाउँदा तोकिएको गजको सुई (Needle) प्रयोग गर्नुपर्दछ।
१६.  एक खोर वा बथानको पशुलाई खोप लगाइसकेपछि सुइ परिवर्तन गर्नुपर्दछ।
१७. सुइ भाचिएमा वा बांङ्गीएमा वा ढिला भएमा सुई फेर्नु पर्दछ ।
१८. बथानमा सामुहिक खोप कार्यक्रम (mass vaccination) गर्दा एक सुइ देखि अर्को सुइ कम्तीमा ४ इन्च दुरीमा लगाउनु पर्दछ।रजसले गर्दा दुई थरीका खोप मिसिन पाउँदैनन् ।

खोप संचय गर्दा ध्यान दिनुपर्ने केही कुराहरु :
१. फ्रीज ड्राय गरी तयार गरिएको भाइरल खोपहरु उत्पादन भइसकेपछि -20 degree centigrade तापक्रम भएको डिपफ्रिजमा राख्ने गरिएमा लामो अवधि सम्म पनि राख्न सकिन्छ ।
२. फ्रीज ड्राय गरी तयार गरिएको खोपलाई कहिले डिपफ्रिजमा राख्ने र कहिले सामान्य तापक्रममा राख्ने गरिएमा खोपको प्रभावकारीतामा निकै कमी आउन सक्छ।
३. कुनैपनि खोपलाई सोझो घाममा पर्नेगरी ओसारपसार गर्नुहुँदैन साथै भण्डारण गर्दा अध्यारो, चिसो कोठामा राख्नुपर्दछ।
४. खोप राख्ने गरिएको रेफ्रीजिरेटर चौबिसै घण्टा चालु अवस्थामा राख्नुपर्दछ १-२ घण्टा लोडसेडिङको समय पर्न गएमा रेफ्रीजिरेटरको ढोका खोल्नु हुँदैन यदि उपलब्ध हुन्छ भने जेनेरेटर चलाएर चौबिसै घण्टा बिजुली आपूर्ति व्यवस्था मिलाइ खोपको cold chain maintainace मिलाएर राख्नु पर्दछ।
५. खोप बिक्रीवितरण गर्ने वितरकहरु सँग कोल्ड चेन को राम्रो व्यवस्था गर्न दुई वटा रेफ्रीजिरेटर एक जेनरेटर आफूसँग भएको हुनुपर्दछ यदि आफूसँग नभएको खण्डमा खोप सञ्चालनका लागि वैकल्पिक तयारी गर्नुपर्दछ।

खोप लगाउँदा पनि काम नगर्ने कारणहरु :
१. COLD CHAIN MAINTENANCE नभएरः खोपलाई धेरैपटक चिसोबाट झिक्ने र राख्न गर्नाले क्षमता घटेर काम राम्रोसँग नगर्न सक्दछ।
२.  पशुको कमजोरीले गर्दा खोपले राम्रोसँग प्रतिरक्षा क्षमता उत्पन्न गर्न नसकेरःपशुपन्छीको शारीरिक अवस्था पूर्णरुपले ठिक नभएको अवस्था अथवा कुनै किसिमको तनाव (Stress) परेर अथवा कुनै रोगको लागेको कारणले गर्दा वा धेरै काम गरेर थाकेको,लामो यात्रा तथा मोटरको यात्राबाट थाकेको र बाहिरी तथा भित्री परजीवीहरू भएको अवस्थामा र अपर्याप्त रुपमा आहारा खाएको (improperly feed) अवस्थामा खोपले भनेजस्तो प्रतिरक्षा प्रणालीको क्षमता विकास गर्न सक्दैन यस्तो अवस्थामा poor immunity देखिन्छ।
३.  बथानलाइ खोपको मात्रा नपुग्नुः थोरै पशुलाई मात्र खोप लगाएर बथान सुरक्षित नहुनु । खोपबाट पशु सुरक्षित पार्नका लागि तोकिएको क्षेत्रका कम्तिमा ८० प्रतिशत पशुमा खोप लगाएको हुनुपर्छ ।
४. खोप र रोगको कारक तत्वको प्रजाती (Strain) नमिलेमा पनि खोपले काम गर्दैन।
५. पशुको शरीरमा कुनै रोगको जिवाणु वा बिषाणु प्रबेश गरिसकेको तर रोगको लक्षण देखा पर्ने सुरु नभएको अवस्थामा (incubation period) मा खोप दिएमा पनि खोपले काम गर्दैन।
६. पशुले क्लोरिन मिसाएको पानी तथा कुनै एन्टिबायोटिक खाइरहेको समयमा खोप दिएमा खोपले भनेअनुसारको नतिजा नदिन सक्दछ ।
७. खोप प्रयोग गर्दा खोप उत्पादक संस्था ले निर्दिष्ट गरेको प्रक्रियाअनुसार नभएमा वा खोप आवश्यकताभन्दा बढी डाइलुएन्ट प्रयोग भएमा तथा एक तरिकाबाट दिनुपर्ने खोप अर्को तरिकाबाट दिएमा पनि खोले राम्रो काम गर्दैन ।

खोप कार्यक्रम तथा खोप उत्पादनमा समय र बदलिअ प्रबिधि सगै धेरै परिवर्तन भएको छ ।नेपालमा राष्ट्रिय खोप उत्पादन प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ बाट विभिन्न १२ प्रकारको खोप उत्पादन भइरहेको छ। जसले विभिन्न संक्रामक रोग नियन्त्रण गर्न सफल भएको छ। अझै यसलाई सुदृढ गरी क्षमता र गुणस्तरीय बनाउन आवश्यक छ। पशु स्वास्थ्य र मानव स्वास्थ्य मा काम गरे विज्ञहरुले एकैठाउँमा बसेर एक स्वास्थ्य नीतिलाई अंगिकार गर्दै जनस्वास्थ्यलाई सुरक्षित गर्न र नयाँ किसिमका जुनोटिक रोग नियन्त्रण गर्न आवश्यक छ। पशु खोपहरु शुद्ध, सुरक्षित ,क्षमतावान र सस्तो हुनुपर्दछ ।उत्पादन कम्पनीमा असल उत्पादन अभ्यास हुनु आवश्यक छ। क्षमतावान खोप उत्पादन गर्न सकेमा खोपको उपयोग पढाई प्रतिजैविक औषधि (antibiotics) को उपयोग कम गर्न सकिन्छ ।साथै खोपहरु खाद्य सुरक्षाको दृष्टिकोणबाट पनि सुरक्षित हुनुपर्छ जसले पशुस्वास्थ्य का साथै मानव स्वास्थ्यलाई पनि सुरक्षित रहोस्।