सामान्य रूपमा भन्नु पर्दा प्रकृति को सहि रूपमा संरक्षण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने रासायनिक मल, बिउ, बिषादि लगायतका सामाग्री तथा प्रबिधिहरुको प्रयोग नगरी प्राकृतिक रूपमा उपलब्ध हुने बस्तुको प्रयोग गरि माटोको उर्वरा संरक्षण गरि स्वस्थ, सभ्य र स्वच्छ तरिकाले गरिने खेती नै अर्गानिक खेती हो ।देशमा उत्पादन भएका र आयातित तरकारी तथा फलफूलमा देखिएको विषादि अवशेषको मात्रा सामाजिक र राजनीतिक दुवै वृत्तमा ठूलो चासोको विषय बनेको छ । यसको विकल्पका रूपमा अर्गानिक कृषि प्रणाली हुनसक्ने देखिन्छ । अर्गानिक कृषिका चारवटा मुख्य सिद्धान्त – स्वास्थ्य, वातावरण, निष्पक्षता र रैथानेको हेरचाहसम्बन्धी छन् जसले अर्गानिक कृषिलाई थप प्रष्ट पार्छन् । यीनै ४ वटा सिद्धान्तहरु ले गर्दा नै अर्गानिक कृषि अहिले विश्वाका कुन कुनामा प्रख्यात भएको छ।

नेपालमा अर्गानिक कृषिका सम्भावनाहरू:
१. भौगोलिक दृष्टिकोणिय फाइदाहरु : नेपाल तराई, पहाड र हिमाल जस्ता भौगोलिक विविधता भएको देश जहाँ विभिन्न खालका जलवायु र हावापानी पहिन्छ जसले विभिन्न खालका अर्गानिक बालीनाली विभिन्न ऋतुहरुमा उत्पादन गरि निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने देखिन्छ। नेपाल जैविक विविधतामा विश्वमा धनी देशको (२५ औँ) रूपमा चिनिन्छ । यहाँ विभिन्न प्रजातिका बाली र जडीबुटी प्रशस्त रूपमा पाइन्छन् । यहाँको कृषि प्रणालीमा अर्गानिक र रासायनिक दुवै पद्धति अपनाएको देखिन्छ । हिमाली जिल्लामा रासायनिक मल र विषादिको प्रयोग प्रायः शून्य छ भने पहाडी क्षेत्रमा पनि यसको प्रयोग अत्यन्त कम छ । अधिकांश हिमाली र पहाडी क्षेत्रमा किसानले अपनाएको परम्परागत कृषि पद्धति अर्गानिक किसिमको छ । समग्रमा अहिले नेपालका किसानले अवलम्बन गर्दै आइरहेको रासायनिक कृषि प्रणालीलाई सजिलैसँग अर्गानिक कृषिमा रूपान्तरण गर्न सकिने देखिन्छ ।

२. निर्यातित अवसरहरू: नेपाल सन् २००४ साल, २३ अप्रिलका दिन विश्व व्यापार संगठन (WTO)  को सदस्यत हासिल गरे देखि नै नेपालको अर्गानिक निर्यातित गर्ने अवसर बढेको पाहिन्छ। यसका साथसाथै विश्वको ३७ प्रतिशत जनसङ्ख्या ओगटेको हाम्रा दुई ठूला छिमेकी राष्ट्र भारत र चीन नेपाली अर्गानिक उत्पादनको ठूलो बजार हुन सक्छन् ।अर्गानिक कृषि उपजको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा माग बढ्दै गइराखेको बेला नेपालले पनि ठूलो फड्को मार्ने सम्भावना रहेको देखिन्छ।

३. अर्गानिक कृषि को राम्रो अनुभव : पहाड र हिमाली क्षेत्रका कृषकहरू मा अर्गानिक कृषि प्रणालीका लागि आवश्यक पर्ने उत्पादन सामग्री किसानले सजिलै स्थानीयस्तरमा बनाउन सक्ने हुँदा र बनाई रहेको हुँदा अनि अन्य कुरामा पनि राम्रो अनुभव भएको कारण नेपाललाई अर्गानिक कृषि तर्फ लाग्न निकै सजिलो पाइएको देखिनछ।

अन्य सम्भावनाहरू : सस्तो जनशक्तिको सुलभता र अर्गानिक वस्तुको गुदस्तरिय मूल्य, अर्गानिक वस्तुको प्राथमिकता, भौतिक पुर्वाधारको विकास, अर्गानिक कृषि संघ सम्बन्धित संग संस्थाको विकास, आदि।

अर्गानिक कृषिका फाइदाहरु :
दीर्घकालसम्म माटोको उत्पादकत्व कायम राख्न । कृषि प्रविधिका कारण हुनसक्ने सबै प्रकारका प्रदूषण रोक्न ।पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तरयुक्त खाद्य पदार्थहरू उत्पादन गर्न । कृषि अभ्यासमा कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासजस्ता जीवाणु अवशेषयुक्त फोसिल ऊर्जाको प्रयोग कम गर्न । पशुपालनमा जरुरी हुने पशुको भौतिक र शारीरिक उपलब्ध गराउन । कृषक र कृषि उत्पादकहरू पेसाबाट जीवन बिताउन र विकास सम्भव तुल्याउन, वातावरण र जैविक विविधताको संरक्षण गर्न र आम्दानीका श्रोतहरू निकाल्न पनि अर्गानिक कृषि प्रणाली निकै नै महत्त्वपूर्ण रहेको देखिन्छ।

आनन्तः यसरी अर्गानिक कृषि प्रणालीका महत्त्व र सम्भावनाहरू बुजी यस अर्गानिक कृषि प्रणालीलाई सरकारी तथा व्यक्तिगत स्थरमा कार्यान्वयन गर्न सके अर्गानिक कृषि प्रणाली नेपालको विकासमा कोसेढुङ्गो साबित हुने पक्का छ।