
माटोमा असंख्य मात्रामा आँखाले देख्न नसक्ने जीवाणुहरु हुन्छन् । साधारणतया हामीले जीवाणु भन्ने वित्तिकै वोट विरुवा तथा वालीनालीलाई रोग लगाउने जीवाणुहरु बुझदछौ । तर माटोमा हानिकारण जिवाणु वाहेक फाइदाजनक जिवाणु पनि रहेका हुन्छन। अर्थात माटोमा कृषकका साथी तथा वोटविरुवा तथा वालीनालीहरुको लागि चाहिने अति उपयोगी जीवाणुहरु (Microbes) पनि पाइन्छन् । यी जीवाणुहरुले आफ्नो कृयाकलापवाट वायुमण्डल र माटोमा प्राप्त हुन नसक्ने अवस्थामा रहेका खाद्य तत्वहरु वोटविरुवा तथा वालीनालीलाई सजिलै संग प्राप्त हुन सक्ने अवस्थामा परिणत गर्दछन् । त्यसैले वोटविरुवा र जीवाणुहरुमा घनिष्ठ सम्वन्ध भएको पाइएको छ । विभिन्न किसिमका उपयोगी जीवाणुहरु मध्ये कुनै कुनै जीवाणुहरुले माटोमा जटिल तथा अप्राप्त अवस्थामा रहेका फोस्फोरस तत्वलाई प्राप्त हुने अवस्थामा परिणत गर्दछन र वोटविरुवालाइ उपलब्ध गर्दछन । त्यस्तै कुनैकुनै जीवाणुहरुले माटोमा रहेका प्रांगारिक पदार्थलाई कार्वनडाइअक्साइड निकाली हावामा यसको मात्रा वढाउंछन् । यस्को साथै कुनैकुनै जिवाणूहरुले हावामा भएको नाइट्रोजनलाई स्वतन्त्र रुपमा रही वा कोसेवालीहरुको जरामा रही बोटविरुवालाई उपलब्ध गराउदछन् । यस्ता अति उपयोगी जीवाणुहरुलाई माटोवाट वा कोशेवालीको गिर्खा वाट प्रयो गशालामा सजिलै शुद्ध रुपमा छुट्याउन सकिन्छन् । यी जीवाणुहरुलाई विउमा वा माटोमा प्रयोग गर्नाले वोटविरुवा तथा वालीनालीको उत्पादनमा वृद्धि गर्न सकिन्छ । त्यस्ता उपयोगी जीवाणुहरुवाट तयार पारेको मल जीवाणु मलको नामले विश्वमा प्रख्यात छ । यी मलहरु राइजोवियम युक्त, एजोटोब्याक्टर युक्त, ब्लुग्रिन अल्गीयुक्त, एजोस्पाइरुलम युक्त, फोस्फोव्याक्टेरियन युक्त तथा माइक्रोराइजल युक्त मलहरु प्रयोगमा ल्याइएता पनि नेपालमा भने राइजोवियमयुक्त तथा एजोटो व्याक्टरयुक्त जीवाणु मलहरुको प्रयोग धेरै प्रख्यात छ ।
क. राइजोवियमयुक्त जीवाणुमल (Rhizobium Incoulum) :
यो जीवाणुमल खालि खाद्यान्न कोशेवाली (दालवाली), कोशे घांसेवाली तथा केही कोशे रुखहरुको लागि मात्र प्रयो ग गरिन्छ । राइजोवियम जीवाणुहरु माटोवाट कोशेवालीहरुको मसिनो जरावाट जराभित्र पस्छन् र उक्त जराहरुमावायु मण्डलमा भएको नाइट्रोजन स्थिरीकरण गरी गिर्खा बनाएर वस्छन् । यसरी राइजोवियमले स्थिरिकरण गरेको नाइट्रोजनलाई एमोनियममा परिवर्तन गर्दछ र उक्त कोशेवालीलाई उपलब्ध हुन्छ । यी राइजोवियम जीवाणुहरु विभिन्न जातका हुन्छन । सवै जातको राइजोवियमले सवै कोशेवालीमा गिर्खा वनाउन सक्दैन । कुनै राइजोवियमले कुनै खास एक कोशेवालीलाई मात्र गिर्खा बनाउन सक्छ भने कुनैले एक भन्दा वढि कोशेवालीमा गिर्खा बनाउनसक्छ । यस्तो एकभन्दा वढि वालीमा गिर्खा वनाउन सक्ने कोशेवाली समुहको लागि एउटै जातको जिवाणु भए पनि पुग्छ । त्यसैले राइजोवियमयुक्त जिवाणु मल प्रयोग गर्दा कुन कोशेवालीको लागि प्रयोग गर्ने हो ध्यान पु¥याउनु आवश्यक छ । राइजोवियमयुक्त मलको प्रयोगले नाइट्रोजनस्थिरीकरणको मात्रा वढाई जरामा धेरै उपयोगी गिर्खाहरुवनाउंछ । उपयोगी गिर्खाहरुमा उपयोगी राइजोवियम जीवाणुहरु वन्दछ जुन काटेर हेर्दा गिर्खाभित्र रातो, खैरो वा कलेजी रंगको झोल देखिन्छ । त्यसैले राइजोवियम मल प्रयोग ग¥यो भने कोशेवालीको लागि चाहिने अधिकांश नाइट्रोजनको माग आपुर्ति हुन्छ र वढी भएको नाइट्रोजन माटो मा नै रहने भएकोले माटोको उर्वराशक्ति पनि वढ्छ । त्यसैले कोशेवालीलाई ज्यादै कम मात्रामा रासायनिक मलप्रयोग गरे पुग्छ र साथै कोशेवाली लगाएको माटोमा पछि अरु वाली (गहुं, मकै आदी) लगाउंदा कोशेवालीले लिएर वांकी भएको नाइट्रोजन त्यसलाई उपलब्ध हुन्छ । कोशेवालीमा असल जातको उपयुक्त राइजोवियमयुक्त जिवाणु मल प्रयोग गरी परिक्षण गर्दा भटमासले प्रतिवर्ष ६६ र केराउले ६५के.जी. नाइट्रोजन प्रति हेक्टरको दरले वायुमण्डलवाट लिनसक्ने कुरा सिद्ध भइसकेको छ । त्यस्तै विभिन्न क्षेत्रमा गरिएको परिक्षणवाट राइजोवियमयुक्त जिवाणुमल प्रयोग वाट कोशेवालीको उत्पादनमा ३०-५५वृद्धि भएको पाइएको छ ।
ख. एजोटोब्याक्टरयुक्त (AzotobacterInoculum):
एजोटो ब्याक्टरयुक्त जिवाणु मलले स्वतन्त्र रुपमा माटोमा वा वोटविरुवाको जराको वाहिर पट्टि वरिपरी बसी हावा वाटनाइट्रोजन स्थिरीकरण गरी उक्त वालीको लागि उपलब्ध गराउंछ ।
यो जीवाणुमललाई कोशेवाली वाहेक अन्य सवै वालीलाई जस्तै अन्नवाली, तरकारी वाली, नगदेवाली र फुलकोवोटहरुलाई प्रयोग गर्न सकिन्छ । यो जिवाणु मलको प्रयोगको परिक्षणवाट धान, गहूं र मकैवालीमा १२-३०% सम्म उत्पादनमा वृद्धि हुनुको साथसाथै वो टविरुवा तथा वालीलाई बढ्नमा मद्धत दिने किसिमका पदार्थहरु जस्तो इन्डोलएसिटिक एसिड (Indole Acetic Acid )र जिब्रेलिन (Gibberrelin) वन्दछ जसबाट वोटविरुवा तथा वालीनाली धेरै नै फस्टाउंछन् । एजो टोब्याक्टर विभिन्न जातको हुन्छ तर खासगरी माटो विज्ञान महाशाखा, नार्क, खुमलटारमा एजोटो ब्याक्टर कोरोकोकम (Azotobacter corococcum) जातको जीवाणु मल बनाउनमा वढी प्रयोग गरिन्छ ।
ग. एजोस्पाइरुलम युक्त जीवाणुमल ( AzospirillumIncoculum ) :
यो जीवाणु खासगरी मकै, ज्वार, बाजरा, उखु, नेपियर तथा घांसेवालीको जरामा वा माटोमा स्वतन्त्र रुपमा रही हावाको नाइट्रोजन स्थिरीकरण गरी उक्त वालीलाई उपलब्ध गराउंछ । यो जीवाणु खास गरेर जाडो ठाउंमा भन्दा गर्मी ठाउंको माटोमा वढी पाइन्छ । हाम्रो देशमा यस सम्वन्धमा धेरै काम भएको छैन तापनि वेलावेलामा अन्यदेशहरुवाट इनाकुलम मगाई प्रयोग चाहिं गरिएको छ । एजोस्पाइरुलमको खासगरी दुइ जात वढी प्रयोगमा छ । मकै को जरा नजिकैको माटोमा एजोस्पाइरुलम लिपोफेरम (Azospirillum lipaferum) पाइन्छ भने धान तथा गहुंको जरामा एजोस्पाइरुलम ब्रासिलेन्स (Azasprillumbrasilens) पाइन्छ । यो जीवाणुलाई पनि राइजोवियम र एजोटो ब्याक्टरलाई जस्तै प्रयोगशालामा माटोवाट शुद्ध रुपमा छुट्याई वढी प्रांगारिक पदार्थ भएको माटोमा मिसाई मल बनाइन्छ । यो एजोस्पाइरुलमयुक्त जीवाणुमल कोशेवाली वाहेक सवै वाली जस्तै धान, उखु, कपास, मकै, सुर्यमुखी, गोलभेडा, चिया, रबर, नीम तथा विभिन्न घांसहरुलाई प्रयोगगर्न सकिन्छ ।
माइकोराइजायुक्त जीवाणुमल (MicorrhizalInoculum or VAM Inoculum) : साधारणतया ढुसी तथा फंगी (Fungi) भन्ने वित्तिकै वोटविरुवा तथा वालीनालीलाई रोग लगाउने वा ल्याउने हानिकारक जिवाणु भन्ने वुझिन्छ तर माइकोराइजा जातको फंगी वोटविरुवा तथा वालीलाई चाहिने धेरै उपयोगी जीवाणु हुन् । यो जीवाणु दुइ जातका छन् एक्टोमाइकोराइजा (Ectomycorrhiza) र इन्डोमाइकोराइजा (Endomycorrhiza) । एक्टो माइकोराइजा विरुवाको जराको वाहिरी भागमा गिर्खा वनाएर वस्छ र पछि यसको माइसिलियाहरु (Mycelia) विरुवाको जराको भित्रि कोषहरुमा (Cell) फैलिन्छ । इन्डोमाइकोराइजा जसलाई भाम (VAM) पनि भन्नेगरिएको छ । यी माटोमा क्उयचभ को रुपमा बस्तछन र पछिएक्टो माइकोराइजा जस्तै यसको माइसिलियाहरु विरुवाको जराकोभित्री कोष करटेक्स (Cortex) मा बस्छन् । माइकोराइजालेवो टविरुवा तथा वालीको करटेक्स भित्र माटोबाट खासगरी फोस्फोरस सोसेर लिई विरुवालाइ उपलब्धगराउंछ । प्याजवालीमा इन्डोमाइकोराइजा (भाम) को सम्वन्धघनिष्ठ रहेको पाइएको छ । फोस्फो रस तत्व मात्र नभईयसले माटोवाट नाइट्रोजन तथा धेरै न्यू न मात्रामा चाहिनेसुक्ष्म तत्वहरु (Micronutreints) जस्तै कपर, जींक, मोलिब्डेनम, फलाम, सल्फर आदि तत्वहरु पनि बोटविरुवातथा वालीनालीलाई उपलब्ध गराउंछ । यी खाद्यतत्वहरुको साथसाथै यी जीवाणुहरुले आफुहरुमा जम्मा गरेको पानी पनि बोटविरुवालाई उपलब्ध गराउंछ । यो जीवाणुमलको परिक्षणवाट जौको उत्पादनमा बृद्धि भएको पाइएको छ । यो माइकोराइजायुक्त जीवाणुमल कोशेवाली, अन्नवाली, फलफुलवाली, तरकारीवाली आदिलाई प्रयोग गर्न सकिन्छ । राइजोवियम तथा एजोटो ब्याक्टर जस्तै यसलाई प्रयो गशालामा शुद्ध रुपमा सिन्थेटिक मिडियामा निकाल्न अहिले सम्म सकिएको छैन । त्यसैले यो जीवाणुलाई जो गाईराख्नको लागि प्याजको जरा, नेपियर घांसको जरा तथा मकैकोजरा सहितको माटोलाई गमला वा प्लास्टिक ब्यागमा राख्नुपर्छ र यसको ६ महिना पछि वा अर्को वर्ष प्रयो ग गरिन्छ ।
फोस्फोरसलाई माटो बाट घोलेर विरुवालाई उपलब्ध गराउनेजीवाणु मल (Phosphate Solubilizing Inoculum) स्नाई ट्रोजन पछि वोटविरुवालाई धेरै चाहिने खाद्यतत्व फोस्फो रस हो । यो खाद्य तत्व माटोमा वोटविरुवाकोलागि अप्राप्य अवस्था (जटिल तथा अघुलनशील अवस्था)मा रहेको हुन्छ । जस्तै टाइक्याल्सियम फोस्फेट आइरन रएलुमिनियम फस्फेट । यी जटिल अवस्थामा रहेको फोस्फोरसलाई घुलनशील अवस्थामा परिणत गरेर वोट विरुवाको लागि उपलब्ध हुने अवस्थामा प¥याउन मद्दत गर्ने जीवाणुहरुलाई फोस्फेट सो लुविलाइजिंग जीवाणुहरु भनिन्छ । यी मध्ये सिडोमोनास (Pseudomonas) र बासिलस (Bacillus) चाहिं व्याक्टेरिया जातका जीवाणुहरु हुन र पेनसिलम (Pencillum) र एस्परजिलस (Aspergillus) फंगी जातका जीवाणुहरु हुन । यी जीवाणुहरुलाई पनि प्रयो गशालामा माटोबाट शुद्ध रुपमा निकाली माटोसंग मिलाई मल बनाइन्छ । यो जीवाणुमल सवै वालीहरुलाई प्रयोग गर्न सकिन्छ । हाम्रो देशमा हालमात्र आएर शुद्ध रुपमा छुट्याई त्यसको इनाकुलम बनाई यसको असर बारे अध्ययन शुरु भएको छ ।
माइकोराइजल र एजोस्पीरुलम इनाकुलमको जस्तै यसको पनि धेरै अध्ययन र अनुसन्धान गर्न बांकी नै छन् ।
ब्लुग्रीन एल्गीयुक्त जीवाणुमल (Bluegreen algae Inoculum) स्यी जीवाणुहरु धान खेत तथा पानी जमेको पोखरी तथा कुलो हरुमा पाइन्छ । नीलो धेरै तथा हरियो कम देखिनेयो एल्गी (Algae) पनि आंखाले देख्न सकिंदैन । यसले पनिहावाबाट नाइट्रोजन स्थिरीकरण गर्ने भएकोले धानको लागि मलको रुपमा प्रयोग गर्न सकिन्छ । नोस्टक (Nostoc), एनाविना (Anabaena), टोलिपोथ्रिक्स (Tolypothrix) र प्लेक्टो निमा (Plectonema) को स्थान ब्लुग्रीन एल्गीमा उल्लेखनीय छन् । यो जीवाणुमल धानवालीलाई मात्र प्रयोग गर्न सकिन्छ । यी जीवाणुहरुलाई पानीमा उमारी त्यस पछि पानी सुकाए पछि बनाइन्छ । हाम्रो देशमा एनाविना ब्लुग्रीनएल्गी बढी प्रयोग गरिन्छ । यो जीवाणु धानखेमा एजोला (Azolla) नामक पानीमा उम्रीने झारमा पाइन्छ । यसमलको धानवालीमा गरिएको परिक्षणवाट धानको उत्पादनमा उल्लेखनिय बृद्धि भएको पाइएको छ ।
जीवाणु मलको महत्व तथा आवश्यकताः
बोटविरुवा तथा वालीनाली बढ्न, हुर्कन, फुल्न तथा फल लाग्नको लागि १६ वटा खाद्य तत्वको आवश्यकता पर्दछ । यी मध्ये कार्वन, हाइड्रोजन र अक्सिजन चाहिं हावावा पानीबाट प्राप्त गर्दछ भने अन्य १३ वटा खाद्य तत्वहरुमध्ये नाइट्रोजन, फोस्फोरस र पोटास बोट विरुवाको लागि धेरै मात्रामा चाहिने भएकोले यसलाई मुख्य खाद्य तत्व (Primary nutrients) भनिन्छ । अन्य १० तत्वहरुलाई सहायक (Secondary nutrients) र सुक्ष्म तत्व (Micronutrients) भनिन्छ । नाइट्रोजन तत्व धेरै मात्रामा चाहिने हुंदा यदि विभिन्न वालीहरुको लागि सिफारिस गरिएको मात्रा माटोमा आपुर्ति गर्न सकिएन भने वालीहरु पहेंलिएर पुड्को भई उत्पादनमा कमि ल्याउंदछ । यसको साथै बढी उत्पादन दिने उन्नत खालका अन्नवाली तथा तरकारी बालीको लागि झन बढी नाईट्रोजन तत्वको आवश्यकता पर्दछ । त्यसैले कृषकहरुमा बढी भन्दा बढी नाईट्रोजन युक्त युरिया मल प्रयोग गर्ने बानी बसेको पाइएको छ । अर्को धेरै मात्रामा चाहिने फोस्फोरसको लागि डाइएमोनियम फस्फेट ( DAP) वा सिंगल सुपर फोस्फेट (SSP) प्रयो ग गरिन्ट । तर यो फोस्फोरसको धेरै थोरै प्रतिशत मात्र वालीनालीले प्रयोग गर्दछ र अन्य चाहिं वालीनालीको लागि अप्राप्य अवस्थामा परिणत हुन्छ । कृषकहरुले उत्पादन बढी लिने मनसायले लामो अवधि सम्म अत्याधिक तथा असंतुलित मात्रामा रासायनिक मलको प्रयोग गरेको पाइन्छ जसले गर्दा माटोको उर्बराशक्ति ह्रास हुनुको साथै माटोमा रहेका उपयोगी जीवाणुहरुमाकमि भएको पाइएको छ । यसको साथसाथै युरिया तथाएमो नियम सल्फेट पानीमा अतिघुलनशील भएकोले पानीले बगाएर लगी पानीको मुहान, खोला, कुवा तथा इनारको पानी प्रदुषित हुन गएको छ । जसको अप्रत्यक्ष असर हामीमानव तथा जीवजन्तुहरुमा पर्न गएको छ । कृषकहरुले धेरै जसो खाद्यान्नवालीमा प्रत्यक्ष असरपार्ने युरिया र एमोनियम फोस्फेट मात्र प्रयोग गर्ने भएकोले माटोमा अन्य खाद्य तत्वहरुको कमी हुन गई माटोमा असंतुलन आउनुको साथसाथै वातावरणमा समेत असर पारेको पाइएको छ । रासायनिक मल हाम्रो देशमा वन्दैन र विदेशवाट आउन सकिंदैन । यसको दाजोमा जीवाणुमल कम खर्चमा हाम्रो आफनै साधन र श्रोतबाट आफ्नै देशमा तयार गर्न सकिन्छ । एक ग्राम जीवाणु मलमा जीवाणुहरुको संख्यालाखभन्दा पनि बढि हुने भएकोले थोरै मात्र प्रयोग गरे पनि पुग्दछ । रासायनिक मल जस्तै बढी प्रयोग गरेमा यसले वातावरणमा खराव असर पु¥याउदैन र साथै मानव स्वास्थ्य र जीवजन्तुको स्वास्थ्यमा पनि प्रतिकुल असर पार्दैन । त्यसैले संसारभर यी उपयोगी जीवाणुहरुको शुद्ध रुपमा निकाली जीवाणुमल माटोमा प्रयोग गरी खेती गर्ने प्रणालीको प्रचनल वढदै गएको पाइन्छ ।
लेखक : टंक प्रसाद ढुंगाना