
शरीरको तापक्रम भन्दा वातावरणको तापक्रम बढी भइ बढेको तापक्रममा अनुकुलन हुन नसक्दा पशुले गर्मीको महसुस गर्दछ। गर्किको तनाबका कारण पशुहरुमा स्वास्थ्य सकस्या र फार्मको अर्थतन्त्रमा सामान्य देखि गम्भिर असर पर्न सक्दछ । गर्मिको कारण आहारा अरुचि, दुध उत्पादनमा कमी, दुधमा फ्याटको मात्रा घट्नु र प्रजनन क्षमतामा ह्रास आउने जस्ता समस्या देखा प्रदछन् ।पशुलाइ शरीरको तापक्रम घटाइ गर्मिको तनाब कम गर्न थप शक्ती खर्च गर्नु प्रदछ जसले पशुको शरीरमा भएको शक्तीको उपयोग गरीदिन्छ । गर्मिको तनाबका यी दुइ चरणहरु पत्ता लगाइ पशुलाइ परेको तनाब कम गर्न ब्यबस्थापन र आहारमा परीबर्तन ल्याउन सकिन्छ।
१. पशुको शरीरमा जम्मा भएको ताप शक्ती घटाउने र थप ताप शक्ती जम्मा हुन नदिइ गर्मिको तनाब बाट बचाउन सकिन्छ।
२. पशुको आहारा र ब्यबस्थापनमा सुधार ल्याउने जसले पशुलाइ शितल बनाइ बनाइ राखोस् ।
गर्मिको तनाबका श्रोतहरु :
१. सुर्यको किरण तनाबको मुख्य श्रोत हो। बाक्लो छाला र रौ हुने पशुहरुमा सुर्यको ताप जम्मा भएर बस्दछ ।
२. पाचन प्रकृयाबाट उत्पन्न ताप शक्ती गर्मिको तनाबको अर्को श्रोत हो। दाना भन्दा घास पराल पचाउदा बढी ताप उत्पन्न हुन्छ । परालमात्र दिदा झन् बढी ताप उत्पन्न हुन्छ र शरिरमा संचय भएर बस्दछ। आहारामा सन्तुलित रुपमा प्रोटीनको मात्रा बढाउदा यो समस्या घट्दछ ।
३. गोठमा क्षमता भन्दा बढी पशुहरु राखिएमा पशुको शरीरको ताप एक अर्कामा सरेर शरिरमा जम्मा हुन्छ।
उदाहरणका लागी सितल छहारीका लागी एउटै रुखमुनि धेरै पशुहरु जम्मा भएर बस्दा ति पशुहरुको शरिरमा एक अर्काको शरीरको ताप जम्मा हुन्छ र सितलता प्रदान गर्नुको सट्टा थप ताप शरीरमा जम्मा भइदीन्छ।
वाताबरणिय सुचकबाट गर्मिको तनाबका पत्ता लगाउने तरीका :
गोठको बाताबरणीय तापक्रम र सापेक्षित आद्रताबाट सजिलै संग आफ्नै फार्मा हामिले गर्मिको तनाब पर्ने र नपर्ने अवस्था पत्ता लगाउन सकिन्छ। जसकालागी हामिसंग बातावरणीय तापक्रम र आद्रता नाप्न मिल्ने थर्मोमिटरको आवश्यकता पर्दछ। जसको प्रयोगबाट तापक्रम आद्रता सुचक THI वा (Temperature Humidity Index) पत्ता लगाउन सकिन्छ र THI को मानको आधारमा गर्मिको तनाबका पत्ता लगाइन्छ। यदी THI को मान ७८ भन्दा कम भए सामान्य मानिन्छ र ७८ भन्दा बढी भएमा पशुहरुमा गर्मिको तनाबका रहेको पत्ता लगाइन्छ।
THI= बाताबरणको तापक्रम फरेनहाइटमा – (0.55 * (0.55*( सापेक्षिक आद्रता /100)))*( बाताबरणको तापक्रम फरेनहाइटमा-58)
गर्मिको तनाबका लक्षणहरु :
१. पशुले सामान्य अबस्थामा भन्दा १० % आहारा कम खान खान्छन्। लैनो र धेरै दुध दिने पशु बढी प्रभाबित हुन्छन् ।
२. पानिको मात्रा शरिर चिसो बनाउन खर्च गर्नुपर्ने हुदा दुध उत्पादनमा १० देखि १५ प्रतिषतले कमी आउछ ।दुधमा फ्याटको मात्रा कम 0.2- 0.3 % वा सो भन्दा बढीले गिरावट आउछ ।
३. पशुको क्रियाकलापमा कमि आउछ तर स्वासप्रस्वास दर ८० पटक प्रति मिनेट भन्दा बढी हुन्छ ।
४. शरिरको तापक्रम १०२.५ फर्नहाइट भन्दा बढी हुन्छ।
५. प्रजनन क्षमतामा ह्रास आउछ ।
६. उग्राउने क्षमतामा ह्रास आउछ तथा पाचन क्षमता घटेर जान्छ ।
७. कृत्रिम गर्भाधानबाट गर्भ रहने दरमा कमि आउछ तथा भ्रुर्ण मृत्यूदरमा बृद्दी हुन्छ।
८. थुनेलो तथा अन्य संक्रामक रोग लाग्ने समस्या देखा पर्दछ ।
गर्मिको तनाब कम गर्ने उपायहरु :
१. गर्मिको तनाब कम गर्न मुख्यतहः ताप बढाउने श्रोत कम गर्ने र ताप शक्ती पशुको शरीरमा जम्मा हुन नदिने उपाय अपनाउनु पर्दछ जसका लागी पशुको शरीर सितल राख्ने र शरिरमा थप ताप संचित हुन नदिने गरी आहार र ब्यबस्थापनमा ध्यान दिनु पर्छ।
२. पशुलाइ घामबाट बचाउ न शितलमा राख्ने (गोठ भित्र वा छहारिमा ) तर छहारिमा राख्दा धेरै पशु एउटै छहारिमा राख्नुहुदैन।
३. पशुलाइ आफ्नो इच्छा अनुसार २४ सै घण्टा पानि पिउन सक्ने गरी ब्यबस्थम मिलाउने ।
४. दानाको फर्मुला परिवर्तन गरी सुपाच्य आहारा मात्र दिने। उच्च गुणस्तरको घाँसपात दिने तर रेसाको मात्रा हुनु आवश्यक हुन्छ। रेशाको मात्रा Acid Detergent Fiber 19- 21% र Natural Detergent Fiber 25- 28% हुनुपर्दछ।
५. आहारामा बोसो (Fat) को मात्रा बढाएर कम आहारा खाएर शक्ती परिपुर्तीमा भएको अभावलाइ कम गर्न सकिन्छ। सामान्य अबस्थामा गाइ भैसिको आहारामा २ देखि ३ प्रतिषत सम्म बोसोको मात्रा हुन्छ भने गर्मिमा बढाएर ३.५ प्रतिषत सम्म बोसोको मात्रा राख्न सकिन्छ।
६. आहारा दिने समयलाइ परिवर्तन गरेर ६० देखि ७० प्रतिषा आहारा रातको समयमा दिने व्यवस्था मिलाउने।
७. हावाको प्रवाह बढाउन खुल्ला क्षेत्र (Ventilation) बढाउने। गोठको दुबै छेउहरुबाट हावा बहन सक्ने गरी खुल्ला बनाउने। पङ्खा राखेर मात्र सितल नहुने हुदा प्राकृत्रिक खुल्ला क्षेत्र Natural Ventilation) बढाएर पङ्खा राखि शिलत हावा प्रवाह गराउनु प्रदछ ।
८. गर्मिको तनाब कम गर्न दानामा खनिज तथा सुक्ष्म खाध्य तत्वमा परिवर्तन गर्न सकिन्छ ।Potassium को मात्रा 1.5 – 1.7 % (सामान्य अबस्थामा 1.3-1.5) , Sodium को मात्रा 0.45 – 0.5 % (सामान्य अबस्थामा 0.18- 0.5), Magnesium को मात्रा 0.3 – 0.4 % (सामान्य अबस्थामा 0.2- 0.25) र Chloride को मात्रा 0.25% बाट नबढ्ने गरी उल्लेखित खनिजको मात्रा मिलान गर्ने।
९. शरिरको प्रतिरक्षा क्षमता बथा तनाब कम गर्ने खनिज जिङ्क र भिटामिन सि जस्ता तत्वको परिपुर्तिमा ध्यान दिने ।
१०. छुट्टाछुट्टै रुपमा दाना, पानि तथा घाँसपात दिनुको सट्टामा सन्तुलित आहार मिश्रण (Total Mixed Ration) खुवाउने र सन्तुलित आहार मिश्रण (Total Mixed Rationऽ ,( TMR)) मा पानिको मात्रा बढाउने । पनि नहाल्दा ४२ प्रतिषत पानि भएको TMR र पानिको प्रयोग गर्दा ५२ प्रतिषत पानि भएको वा ४८ प्रतिषत सुक्खा पदार्थ भएको TMR बनाउ सकिन्छ।
११. आहार पचाउन सहयोगी अन्य खाद्य पदार्थ ( Feed additives) आहारामा मिसाउने । गर्मिको तनाब कम गर्न बजारमा पाइने सहयोगी अन्य खाद्य पदार्थहरु मध्य Saccharomyces Cerevisae (Brewers yeast) भएको feed additives प्रयोग गर्ने ।
१२. गोठमा सितलता प्रदान गर्न पानिका साना फोहरा (Fine Mist) राखेर सितल बनाउने तर यसो गर्दा हावा प्रवाह राम्रो नभएमा आद्रता बढ्न गइ झन् गर्मिको तनाव बढ्न सक्दछ ।
१३. गाइलाइ चिसो पानिले भिजाउने वा भिजेको बाक्लो कपडा जिउमा राखिदिने तर गाइलाइ भिजाइसकेपछी कल्चौडो र थुन सफा कपडाले पुसिदिने गर्नुपर्दछ अन्यथा थुनेलोकों संक्रमण बढ्छ। चिसो कपडा राखेको खण्डमा केहि समय पछि हटाइदिनुपर्दछ।
लेखक : डा.रबिन बस्ताकोटी पशु बिकाश अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।