
विश्वमा धान गहुँपछिको महत्वपुण खाध्य बाली हो । नेपालमा धानलाई प्रमुख बालीको रुपमा खेती गरिदै आइएको छ । देशको प्रमुख बाली धानले आथिक र सामजिक अवस्थामा प्रभाव पारेको छ । सिचाइको सुविधा पुगेको ठाउँमा बषै भरी खोती गर्न सकिन्छ तर नेपालमा सबै भन्दा धेरै बर्खे धानको खेती गरिन्छ । जेठ महिनाको सुरुवात संगै किसानहरुको खेतबारीमा बर्खे धानको काम सुरु भएको छ जस्तै मल विउको जेयो गर्ने , खेत जेताउने, आली लगाउने , ब्याड तयार गरी बिउ राख्ने । किसानको मानो रोपेर मुरी फलाउने दिन आएको छ ।
धान बालीमा एकीकृत पोषण व्यवस्थापन भनेको के ?
प्रङगारिक, रसायनिक र सूक्ष्म जैविक मलहरु एक आपसमा मिलाएर धान बालीलाई अनुमदित मात्रमा पोषणको व्यवस्थापन गर्न तरिकालाई एकीकृत पोषण व्यवस्थापन भनिन्छ । धान बाली धेरै पोषण तत्व र पानी चाहिने बाली भएकाले माटोको जलधारणक्षमता बडाउन र माटोको अर्वराशक्ती सुधार गर्न पर्याप्त मात्रामा प्रङगारिक मलहरु जस्तै गोठे, गोवरमल , कम्पोस्ट मल, हरियो मल राख्नुर्पदछ र प्रङगारिक मलबाट अपुग पोषणतत्व लाई रसायनिक मलको प्रयोग गरेर धानबालीको उत्पादनमा वृद्दी गर्ने व्यवस्थापनलाई एकीकृत पोषण व्यवस्थापन भनिन्छ ।
एकीकृत पोषण व्यवस्थापनका घटकहरु :
१. जैवक मलः धान खेत वा बारीमा सूक्ष्म जैविक मलहरु जस्तै – एजोटोब्याक्टर, एजोस्पाइरिलस र फस्फोरस परिचालक सूक्ष्म जैविहरु को कल्चर २–३ की.ग्रा. प्रतिहोक्टका दरले प्रयोग गरी नाइट्रोजन, फस्फोरसको उपलब्दता बृद्धी गरेर २०–३० प्रतिसदसम्म रसायनिक मलको बचत गरी १०–२० प्रतिसदसम्म उत्पादन बढाउन सकिन्छ ।
२. नीलो काई र एजोला : नीलो काई र एजोलाको प्रयोग एकीकृत पोषण व्यवस्थापनमा धेरै गुणकारी हुन्छ । बिस–एकाइस दिनसम्म् ७–८ से.मि. पानी जमाएर राख्न सकिने खेतमा धान रोपेको ८–१० दिनपछि १० की.ग्रा. प्रतिहोक्टका दरले नीलो काई प्रयोग गर्दा २५–३० की.ग्रा. नाइट्रोजन प्रतिहोक्टर थपिनुका माटोमा प्रङगारिक मल बृद्धी भई १३–२४ प्रतिसदसम्म उत्पादन बृद्धी हुन्छ ।
३. गोठे मल : कम्पोस्ट मलः धानबालीमा २००–३०० क्वि. प्रतिहोक्टका दरका राम्ररी कुहेको गोठे मल वा कम्पोस्ट मल ३–४ साताअगाडी खेतमा एकनासले प्रयोग गरी माटोमा मिलाउदा माटोको उत्पादन क्षमता बृद्धी गर्छ र माटोको भैतिक, रसायनीक, र जैविक गुणमा सुधार ल्याउन पनी मह्त्वपुण भुमीका खेलेको हुन्छ ।
४. बालीचक्रमा बायुमण्डलिय नाइट्रोजन स्थिरीकरण गर्न बालीलाईसमावेस गर्नेः कोसे बाली जस्तै मास, मुङ, मसुरो र जस्को बायुमण्डलिय नाइट्रोजन स्थिरीकरण गर्न क्षमता हुन्छ ती बालीलार्ई बालीचक्रमा समावेस गरी नाइट्रोजनको मात्रा बढाउन सकिन्छ र रसायनिक मलको आवश्यकतालाइ कम गर्न सक्न्छि ।
५. हरियो मलः माटोको उर्वराशती एंवम पोषक तत्वहरु आपुर्ती गर्न क्षमता र उपयुक्त भैतिक संरचना सुधार र कायम गर्नका लागि प्रङगारिक पदार्थको सबैभन्दा बढी महत्व रहेको हुन्छ । हरियो मलका रुपमा प्रयोग गरिने बालीलाई हरियो मलबाली भनिन्छ । माटोमा नाइट्रोजनको मात्रा बृद्दी गर्न वा यसको भैतिक संरचना सुधार गर्नका लागि नकुहिएको हरियो वानसपतिक पदार्थलाई जोताई वा पल्टाई सम्मलित गराउने उभ्यासलाई हरियो मलिकरण भनिन्छ । धान रोप्ने खेतमा हरियो मलका लागी सनई वा ढैचा उब्जाएर रोपेको ४०–५० दिनपछि ढालेर जोताइ गरी माटो मुनी पल्टाइदिँदा धानको उब्जनी ३०–५० प्रतिसदसम्म वृद्धी हुन्छ । ६० दिन उमेरको ढैचा धान रोप्नुपूर्व माटो मुनी पल्टाएमा ८० की.ग्रा. नाइट्रोजन प्रतिहोक्टर दिएसरह उब्जनी बृद्दी हुन्छ ।
६. रसायनिक मलः बढी उब्जानशील उन्त जातहरुबाट उच्चस्तरीको उब्जनी प्रङगारिक मल मात्रको प्रयोगले प्रप्त नहुन सक्छ । बालीको उब्जनी क्षमताअनुसार वानसपतिक वृद्दीका लागी रसायनिक मलको प्रयोग हुनु जरुरी छ । १००ः ५०ः५० नाइट्रोजन फस्फोरस, पोटास धान बालीका लागी सिफारिस रसायनिक मल हो उक्त सिफारिस रसायनिक मलको आधा नाइट्रोजन र पुरा फस्फोरस, पोटास अन्तिम पटक बाली हिलाउदा प्रयोग गर्नपर्दछ । बाकी रहेको आधा नाइट्रोजन बाराबर गरी दुइ पटक प्रयोग गर्नपर्दछ ।
पहिले पटक गाँज निस्कने बेलामा र अर्को पटक बाला बन्न सुरु हुदा प्रयोग गर्नपर्दछ । यसरी प्रयोग गर्दा नाइट्रोजनको प्रयोग प्रभाकारिता बढ्दछ । सबै नाइट्रोजनको मात्रा एकै पटक प्रयोग गर्दा नाइट्रोजन चुहेर बगेर, ग्यासीय रुपमा हास हुन्छ । नाइट्रोजनको प्रयोग प्रभाकारिता बढाउन रसायनिक मल, प्रङगारिक मल, हरियो मल सबै मिलाएर प्रयोग गर्नपर्दछ ।
यी सबै घटकहरुलाई उचितमात्रमा प्रयोग गर्दा रसायनिक मलको आवश्यकता न्युनिकरण हुन्छ । धानलाई सिफारिस रसायनिक मलको मात्रको २५% प्रङगारिक मल बाट, २५% हरियो मलबाट र बाकी ५०% रसायनिक मलबाट प्रयोग गर्ने हो भने ५०% रसायनिक मललाइ लाग्ने लागत बचत हुन्छ र माटोको अर्वराशक्ती पनि बढ्छ ।
एकीकृत पोषण व्यवस्थापनका फाइदाहरु :
हम्रो देशमा रसायनिक मल निर्माणगर्ने उधोग नभएकाले बिगतका बर्षमा , छिमेकी देश भारतबाट रसायनिक मल आयत गरिन्थोे । यस बर्ष विश्व शंकट कोभिड–१९ ले गर्दा देशका सबै सिमा नाका बन्द भएका छन । विभिन्न सरकारी सस्थाको समन्वयमा सिमीतमात्रमा कृर्षीमा आधारित सहकारी सस्थामा रसायनिक मलको आयत भएको छ , यो मात्र अपुग छ । यस्तो अवस्थामा धान जस्तो हब्बी फिडर (धेरै मलजल चाहिने) बालीलाई कसरी पोषणको आपुर्ती गरने भन्ने कुराले किसानलाई चिन्तीत पारेको बेलामा एकीकृत पोषण व्यवस्थापन अपनाउने हो भने , रसायनिक मलको आवश्यकतामा कमि आउछ । दिगो खेती र कम लागतमा बढी उत्पादनप्रप्तीका लागी एकीकृत पोषण व्यवस्थापनको ज्यादै मह्त्वपुर्ण भुमिका हुन्छ ।
एकीकृत पोषण व्यवस्थापनबाट नीम्न फाइदा छन :
१. एकीकृत पोषण व्यवस्थामा हरियो मल प्रयोग गरेमा रसायनिक मल र सिचाँइको प्रभावकारिता वृद्धी हुन्छ , हरियो मल उब्जाउँदा खेतबारीमा कीराहरु जीवनचक्र टुट्ने हुदा पछिल्लो बालीमा कीराको प्रकोप पनि कम हुन्छ ।
२. कोसे बालीका जरा राम्ररी बिकसित भएर फैलने हुदा अधुलनशील फस्फोरस समेत उपयोग गरी कोसे बालीले धुलनशील रुपमा मुक्त गर्छ । यसले जलाक्रान्त अवश्थामा पनि रिडक्सन, चिलेशन र पिएच मा सुधार गरी फस्फोरसको उपलब्धता बढाउछ ।
३. गोठे मल गोवरमल , कम्पोस्ट मल र हरियो मल एकैसाथ प्रयोग गर्दा अधोमाटोमा रहका पोषण तत्वहरुलाइ सतको माटोमा ल्याएर सोपछि उब्जाइने बाली लाइ उपलब्ध गराउछ । हरीयो मल सतहमा मिलाउने हुँदा पोषक तत्व सतही माटोमा जम्मा हुन्छ ।
४. कोसे बालीपरिवारका हरियो मलबालीहरुका टाढा रहेको पोटासिएम तत्व अवशोषण गर्ने हुदा हरियो मल हालेको जािनमा पोटासिएमको उपल्बदता बढ्रछ ।
५. खेतमा पर्याप्त मात्रमा गोठे मल, गोवरमल , कम्पोस्ट मल प्रयोग गरिएको छ भने आधरीय रुपमा नाइट्रोजन प्रयोग नगरे पनि हुन्छ र केवल टपड्रसिङका रुपमा नाइट्रोजन कटौती गर्न सकिन्छ , प्रङगारिक पदार्थ हालेको माटोमा सूक्ष्म जैविक क्रियाशीलता बढ्छ ।
६. धान– गहुबाली चक्रमा गहुबाली अनुमोदित मात्रामा पूरा नाइट्रोजन फस्फोरस र पोटास दिएको छ भने धानबालीलाई फस्फोरस र पोटास नदिएपनि हुन्छ , किनभने खेत हिलाउँदा फस्फोरस र पोटासको अवशेषी प्रभाव बृद्धी हुन्छ ।
७. कोसे बालीका जरा गहिराइसम्म जाने हुदा अधोमाटोमा हावाको सञ्चालन बढ्रछ र जराहरु कुहिएर ह्युमस बन्छन् प्रशस्त प्रङगारिक पदार्थ भएको माटोले पानी र पोषक तत्वहरु चुहेर नष्ट हुने प्रीक्रया रोकिने हुदा पोषक तत्वहरुको संरक्षण हुन्छ ।
८. गोवरमल र कम्पोस्ट मलको प्रयोग गर्दा अम्लीय माटोको पीएच बढछ र क्षरिय माटोको पीएच घढछ । ढैचाले क्षरिय भूमी सुधार गर्न विशेष योगदान गर्छ । यसले क्याल्सियमको घुलनशीलता बढाउँछ र क्याल्सियमले लवणीय माटोमा रहेमा सोडियमलाई प्रतिस्थापना गरी लवणीयता न्यूनीकरण गर्छ ।
९. पानी जम्ने चिसो धान खेतमा फोरस सल्फोट हालेरभन्दा ढैचाको हरियो मल प्रयोग गरेर फलाम तत्वको कमी बढी प्रभावकारी ढङगले ठीक गर्न सक्छ ।
१०. गोवरमल , कम्पोस्ट मल हरियो मल र रसायनिक मल मिलाएर खेतमा राख्दा बालीको उब्जनी बढ्रनुका साथै माटोको उवराशत्ती बढ्रदछ ।
एकीकृत पोषण व्यवस्थापन, दिगो कृषीको महत्वपूर्ण द्दष्टिकोण हो, जस्ले माटोको उवराशत्ती र उत्पादकत्व दिगो सम्म बृद्दी गरी, देशलाई खाद्यन्नमा आत्म निर्भर बनाई खाद्य संकटबाट देशलाई बचाउछ ।