ललितपुर। सरकारले गरेको कृषि तथा भेटेरिनरी प्राविधिकको नियुक्तिप्रति विरोध गर्दै आन्दोलनको घोषणा गरेका नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण केन्द्रिय समितिका कृषि प्राविधिकहरुलाई कृषि विभाग हरिहरभवनमा शान्तिपूर्ण रुपमा धर्नामा बसेको बेला प्रहरीले धरपकड गरी पक्राउ गरेको छ ।

आफ्नो पेशागत सुरक्षाको माग गदै शान्ति पूर्ण रुपमा धर्ना दिईरहेका ८० जना भन्दा बढी कृषि प्राविधिकहरुलाई महानगरीय प्रहरी कार्यालय ललितपुरले पक्राउ गरको हो ।

कृषि तथा पशु सेवा प्राविधिक हकहित संरक्षण समितिका सदस्य धिरेन्द्र बस्नेतका अनुसार विहान १० बजे विभागमा धर्ना दिएर बसेका प्राविधिकहरुलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी कार्यालय जावालाखेलमा राखिएको छ ।

२०७२ सालदेखि संचालित एक गाउँ, एक प्राविधिक कार्यक्रमअन्र्तगत कार्यरत प्राविधिकहरुको निरन्तरता गर्नुपर्ने र अर्थमन्त्रालयको एक गाउँ, एक प्राविधिक सम्वन्धि २०७६/०५/२९ कोे निर्णय खारेज गर्न समितिले माग गरेको थियो ।

फोटो : कृषि अनलाईनबाट