झापा। कृषि ज्ञान केन्द्र झापाले कृषि क्षेत्रको विकासका लागि रु १० करोड ३५ लाख खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आज सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि बजेट तथा कार्यक्रम अनुसार चालु खर्चतर्फ कृषि कार्यक्रममा रु आठ करोड ५८ लाख र प्रशासनिकमा रु. एक करोड २६ लाख छुट्याइएको छ । पूँजीगततर्फ रु ५० लाख खर्च हुने कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो ।

झापाको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा यसवर्ष कृषि कार्यक्रमतर्फ विभिन्न किसिमका खेती प्रवद्र्धन, क्षमता अभिवृद्धि, तालीम, गोष्ठी, अनुदान, कृषि औजार वितरण, अनुगमन, भ्रमण, पुरस्कारजस्ता शीर्षकमा बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

एक लाख ५९ हजार ९०२ हेक्टर कूल क्षेत्रफल रहेको झापामा ९८ हजार हेक्टर खेतीयोग्य जमीन रहेको छ । हाल ९० हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न, तरकारी तथा नगदेबाली लगाइएको तथ्याङ्क छ ।