ललितपुर। कृषि ज्ञान केन्द्र ललितपुरले कौशी र प्राङगारीक खेतीलाई पहिलो प्राथमिकता राखी बजेट विनियोजन गरेको छ ।

पुष्प व्यवसाय, कौसी खेती र प्राङगारीक कृषिलाई प्राथमिकतामा राख्दै कृषि ज्ञान केन्द्र ललितपुरले बिहीबार बजेट सार्वजनिक गरेको हो ।

चालु आर्थिक बर्ष २०७६ /७७ को कार्यक्रम तथा बजेट बाँडफाँड गर्न आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र ललितपुरले उक्त जानकारी गराएको हो । कुल ४ करोड २ लाख बजेट मध्ये तीन करोड कृषि कार्यक्रम र बाँकी तलवको लागि विनियोजन गरिएको कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख निर्मल गदालले जानकारी दिनुभयो ।

पुष्प व्यवसायको लागी १ करोड ३ लाख बजेट बिनियोजन गरिएको छ । बर्षेनी भारी मात्रामा भैरहेको फुलको आयात रोक्न पुष्प ब्यबसायलाई जोड दिएको ज्ञान केन्द्रले जनाएको छ । यस्का साथै ज्ञान केन्द्रले काठमाडौंमा रहेको १ लाख रोपनी खाली कौसिलाई प्रयोजनमा ल्याउन कौसी खेती र प्राङगारीक खेती शुरु गर्ने जनाएको छ।