ललितपुर। कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्रले चैते धान र बसन्ते मकै सुकाउने ड्रायरको लागि आशयपत्र पेश गर्न प्रस्ताव आव्हान गरेको छ ।
केन्द्रको चालु आर्थिक वर्ष ७६/७७ को स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा ड्रायर वितरण गर्ने लक्ष्य रहेकोले आशयपत्र आव्हान गरेको हो । ड्रायर आवश्यक पर्ने कृषक समुह, सहकारी वा नीजि फार्म, कम्पनीहरुले आफूले बेहोर्ने ५० प्रतिशत रकमका साथै आवश्यक पर्ने ड्रायरको स्पष्ट विवरण माग गरेको छ ।
आवेदन पेश गर्ने अन्तिम मिति : २०७६ /०४ /०८ गते प्रकाशित मितिले ३० दिन भित्र ।
आवश्यक कागजात :फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र (नविकरण सहित), भ्याट प्यानमा दर्ता भएको प्रमाणपत्र, कर चुक्ता सम्बन्धि प्रमाणपत्रको प्रतिलिपि ।
फोन नं : ०१-५५२४२२७ / ०१-५५२४२२८









