सबैको भान्छाघरमा खानाको स्वाद बढाउने एउटा कमन तरकारी हो, गोलभेडा । यो गोलभेडाको स्वाद ताजा रहँदासम्म मात्रै मिठो हुन्छ । गोलभेडा पुरानो हुँदै गएपछि यसको स्वाद विग्रदै जान्छ ।

फ्रिजमा पनि तीन चार दिनसम्म मात्र यसको स्वादलाई मिलाएर राख्न सकिन्छ । तर चिन्ता मान्नु पर्दैन, अब गोलभेडालाई ३० दिनसम्म ताजा राख्न सकिन्छ । भारतको हैदरावादस्थित आईआाईटीको बैज्ञानिकले गोलभेडालाई ३० दिनसम्म ताजा राख्ने नविनतम प्रविधि बिकास गरेका छन् । दुई जना बैज्ञानिकले बैक्टैरिया सेल्यूलोज भन्ने प्रविधि विकास गरेका हुन् ।

डाँक्टर मुद्रिका खंडेलवालको नेतृत्वमा दुई जना बैज्ञानिकको टोलीले यो प्रविधि विकास गर्न सफल भएका छन् । यो प्रविधि प्रयोग गरी ३० दिनसम्म गोलभेडाको आकार, प्रकार, रंग र गुणस्तर नबिगारी राख्न सकिन्छ ।

यस्तो छ, प्रविधि :
बैक्टैरिया सेल्यूलोजमा चुस्ने क्षमता अत्याधिक हुन्छ । यो क्रिस्टलाइन प्रकृतिको हुन्छ । यो वैक्टैरिया सेल प्लाण्ट सेलभन्दा भिन्न हुन्छ । सबैभन्दा पहिले बैक्टैरियामा सोडियम हाइड्रोक्साइडद्वारा यसलाई छुट्याइन्छ । यसपछि सिल्वर नाइट्रेटको सलुसनमा राखेर यसलाई सोडियम बोरो हाइड्राइडमा राखिन्छ । सिल्वर नाइट्रेट, सिल्वर नैनो पार्टीकल्समा परिवर्तन भएर बैक्टैरियल सेलुलोजको कणभित्र प्रवेश गर्छ ।

कसरी काम गर्छ ?
यो प्रविधिको सहयोगले सामान्य तापक्रममा पनि गोलभेडालाई ३० दिनसम्म ताजा बनाएर राख्न सकिन्छ । बैक्टैरियल सेल्यूलोज एण्टी माइक्रोवियल गतिविधीका साथसाथ ग्यास र तापक्रमको आदान प्रदानलाई सही मापणमा राख्छ । यसले गर्दा गोलभेडाको गुणस्तर कायम राख्नुका साथै सडनबाट रोक्ने काम गर्छ ।