
अगरवूड (Aquilaria tree)संसारको सबै भन्दा महँगो रुख हो। अगरवूड विरुवा विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । उत्तर पूर्वी भारत देखि मलेसिया,म्यानमार,इन्डोनेसीया,कम्बोडिया,थाइल्याण्ड जस्ता विभिन्न देशहरुमा यो विरुवा पाउन सकिन्छ ।भारतमा धेरै मात्रामा आसाममा यो विरुवाको खेति भइरहेको छ ।
यो सामान्यतया समुन्द्री सतहबाट १८०० मिटरको उचाईसम्म हुर्कन्छ ।यस बाहेक पनि अन्य ठाउमा कृत्रिम तरिका बाट यसको खेति गर्न सकिन्छ ।अगरवूड उच्च महत्व भएको विरुवा हो ।
भारतमा आन्तरिक रुपमा पनि धेरै बजार लिएको यो राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पनि उत्तिकै छाएको छ । अगर(Oud) को नामबाट प्रख्यात रहेको अगरवूड कम लगानीबाट, कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने,करिब ८-१२ वर्षमानै मनग्य आम्दानी दिलाउने अति महत्वपूर्ण वृक्ष मानिन्छ ।
स्थानीय नाम : अगरवूड , अलोजवूड , इगलवूड,उड,उथ..आदि ।
उचाइ: करिब ४० मिटर अग्लो
मोटाइ: १.५ देखि २.५ मिटर मोटाइ
खेती गर्न कठिनताःसामान्य
खेति प्रविधिः
अगरवूड नेपालको तराई भूभाग देखि पहाडि भूभाग ( समून्द्रि सतहबाट देखि १८०० मिटर ) सम्ममा औशत वर्षा हुने ठाउको लागि अति राम्रो मानिन्छ । यसको लागि घाम लाग्ने ठाउँ सौर्यप्रकाशको आवश्यकता पर्छ । हल्का अम्लियपन(पि.एच.४ देखि ६) भएको नरम तथा हल्का माटो यसको लागि उपयूक्त मानिन्छ ।
अगरवूड धेरै मात्रामा विरुवा उत्पादनको लागि यसको विरुवा उमार्ने काम नर्सरीमा गरीन्छ ।अगरवूड अक्वालेरिया मालास्सेन्सिजको दाना फल हो जुन ३.५ देखि ५ सेन्टीमिटर लामो , अन्डाकार , खैरो रड.को हुन्छ ।एक फलमा एक वा दुइटा सम्म विउ हुन्छ ।
अगरवूड सदा हरीयाली हुने विरुवा हो ।यो पानी जम्ने र दलदल भएको जमिन बाहेक सबै खाले माटोमा ,तराईको समथर भुमी देखी भिरालो पहाडमा लगाउन सकिन्छ ।यसको अलवा तेल पाम खेती हुने ठाउ तथा “कफि खेति हुने ठाउमा” पनि यसको खेति गर्न सकिन्छ ।यसको खेतिको लागी परस्पर पंति खेतिप्रविधि जस्ता विभिन्न प्रविधिहरु अपनाउन सकिन्छ ।
यसको खेति गर्नको लागि सर्व प्रथम १०/ १५ फिटको फरकमा खाडल खन्नुपर्दछ ।खाडल विचको दुरता ( ८मिटर) खेति प्रविधिमा भर पर्दछ ।
त्यसपछि पोलिथिनबाट विरुवा निकालेर २ फिट गोलाई २ फिट गहिराइको खाडलमा राखिन्छ । माटोले खाडल पुर्दा सतहमा पानी नजम्ने गरी व्यवस्था मिलाउनु पर्छ । प्रति विरुवालाई वरपर(करिब ५० से.मी) भएका अन्य विरुवाबाट जोगाउनु पर्छ ।
वरपरका विरुवाले उसलाई हुर्कन बाधा पुर्याउने हुदा ५ वर्ष नपुगुन्जेल वार्षिक २ देखि ३ पटक गोडमेल गर्नु पर्छ । यसबाट विरुवालाई जमिनबाट अक्सिजन तथा खाध पदार्थ लिनमा सहजता आउछ ।
सामान्य अवश्थामा विरुवा विचको दुरी ८ मिटरको रहन्छ (करिब १७०० विरुवा प्रति हेक्टर) । विरुवा पुर्ण रुपमा हुर्किनको लागि करिब ५ बर्ष लाग्छ ।विरुवालाई खाडलमा उपयूक्त रुपमा साझ वा वादल लागेको बेलामा लगाइन्छ ।
बिरुवा लगाउदा ३-४ फिटको राम्रो हुन्छ। विरुवा लगाइसकेपछि उचित मात्रामा पानी हाल्नु पर्दछ । यदि सार्वजनिक स्थलमा विरुवा लगाइएको भए विरुवा राम्ररी लगाएर राख्नु पर्छ ।विरुवालाई सिधा बनाउनको लागि केहि आड दिन पनि सकिन्छ । विरुवाको तिव्र बृद्धिको लागि वरपरका विरुवाहरु हटाउनु पर्दछ गोडमेल गरि माटो खुकुलो बनाउनु पर्दछ ।
सौर्य प्रकाश : यस विरुवाको लागि प्रयाप्त मात्रामा सूर्यको प्रकाशको आवश्यकता पर्दछ ।
माटो:
यो लगभग सबै खाले माटोमा हुने विरुवा भएता पनि जंगलीय माटो मा प्रांगारिकता बढि हुने हुदा त्यस्तो माटोमा यो छिटो हुर्कन्छ । यदि सिंचाईको राम्रो व्यवस्था भएमा सुख्खा माटोमा पनि यसको खेति गर्न सकिन्छ । यधपि यसको लागि हल्का अम्लीय र मलिलो माटो उपयुक्त मानिन्छ । यसबाट प्राप्त हुने बास्नादार चोप बनाउनमा सहयोग गर्ने फन्जाइ आद्र हावामा हुने हुदा त्यस्तो हावापानी भएको ठाउ यसको लागि राम्रो मानिन्छ ।
पानी : यसको लागि पानी धेरै मात्रामा चाहिदैन । यदि जमीन कम मलिलोे छ भने मासिक तिन पटक सिचाइ गर्दा राम्रो हुन्छ ।
मल : यदि विरुवा जंगलीय क्षेत्र तथा मलयूक्त क्षेत्रमा लगाइएको छ भने खासै मल हाल्नु पर्दैन । तर यदि जमीन त्यति मलिलो छैन भने करिब २ वर्ष पछि केहि मल प्रयोग गर्नुपर्छ ।विरुवा करिब ५ वर्षको हुदा मलमा नाइट्रोजन को मात्रा बढाउनु पर्दछ । यसले चोपको उत्पादनमा बृद्धि गर्नुको साथै फन्जाइलाई आकर्षित गर्न गद्दत गर्छ ।
हेरचाह :
जब अगरवूडमा प्राकृतिक तथा कृत्रिम आघात पर्छ , फन्गसहरु विरुवामा प्रवेश गर्छन् ।फन्गसको आक्रमण हुन थालेपछि विरुवाले कालो बास्नादार चोप निकाल्छ जसले फन्गसको प्रतिरोधको रुपमा काम गर्छ ।यही कालो बास्नादार चोप नै अगर हो जुन मुल्यवान हुन्छ ।
विरुवा लगाउने समयमा विरुवालाइ हेरचाहको आवश्यकता पर्दछ ।त्यसपछि विरुवाको लागि खासै ख्याल र श्रम गर्नु पर्दन । पछि पनि १०० एकर जमीनको लागि २ जनाले मात्रै काम गर्दा प्रयाप्त हुन्छ ।यसबाट हुने उत्पादन रुखलाई फड.गसले गर्ने आक्रमण दरमा भर पर्छ । यसलाई चोप बन्ने प्रक्रिया पनि भनिन्छ ।
प्राकृतिक रुपमा खेती गर्दा १०० बोट अगरवुड लगाउँदा ८ देखी १२ रुखमा मात्र अगर बन्छ । १० बर्ष पुगेपछी रुख लाई ठाउँ ठाउँमा खोपेर घाउ बनाउदा अगर बन्ने प्रतिशत बढ्छ । साथै बासको सुइरो मह मा चोपेर रुख मा छिराउने पुरानो चलन पनि छ ।
कृतिम तरिका ले खेती गर्दा १०० बोट अगरवुड लगाउदा ९० भन्दा माथि बोट मा अगर बन्छ । बोट ८-१० बर्षको भएपछी फगस् इनयाँकुलेसन गर्नु पर्छ ।
विशिष्ट विशेषताहरु :
यसलाई भगवानको वृक्षको नामले पनि चिनिन्छ । यसको प्रयोग विभिन्न धार्मिक कार्यहरु देखि लिएर औषधिय पिय पदार्थ बनाउन तथा चिनमा सजावटको रुपमा पनि प्रयोग गरिन्छ ।बुद्ध ,मुस्लिम, हिन्दू सबै धर्मलम्बीको लागि यो रुख अत्ती नै उपायोगी छ ।
प्रयोग :
एस्को पात को चिया (Agarwood Tea/ Oud tea) पनि बनाउन मिल्छ ।
सजावटको रुपमा : यसको काठबाट निकालिने तेल विभिन्न बास्तादार चिजहरु जस्तै अत्तर (Perfume) बनाउन प्रयोग हुन्छ । विभिन्न प्रकारका धुपहरु , बास्नादार बस्तुहरु बनाउनमा यसको प्रयोग गरिन्छ ।यस्को फर्निचर बनाउन पनि सकिन्छ ।
औषधिको रुपमा स् यसको तेल विभिन्न रोगहरु जस्तै डिप्रेसन ,क्यान्सर ,दम,उच्च रक्तचाप ,हेपाटाइटिस आदिको उपचारका लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ ।
१.यरोमाथेरापीको रुपमा प्रयोग गर्दा अगरवूडको तेलले मानसिक तनाव , रक्तचाप , डिप्रेसन लगाएत विभिन्न मानसिक रोगबाट मुक्ति दिलाउन मद्धत गर्दछ ।
२.अगरवूडको तेल कलेजो र मृगौलाको समस्या तथा फोक्सो , पेटमा हुने ट्युमरको उपचारको लागि प्रयोग गरिन्छ ।
३.यसको तेल दम, बाथ , यौन रोग आदिको उपचारको लागि प्रयोग गरिन्छ ।
अगर (कालो ) काठ (Agarwood Chips)को अन्तराष्ट्रीय प्रती के जि औसत दर रेट (२०१८)
कम्बोडिया – रु.३,७२,४००
थाइल्याण्ड -रु.४,५६,३००
मलेशिया -रु. ५,४४,१००
भारत-रु. ७,१२,१००
म्यानमार -रु. ६,२९,०००
चीन -रु .२,२६,०००
लाओस -रु. ४,५२,७००
इण्डोनेशिया-रु. ५,३३,२००
भियतनाम -रु. ३,२७,७००
मुल्य सो देशमा उत्पादन हुने अगर (कालो ) काठको गुण्स्तर A grade अनुसार हो । (Source : APC)
अगरवूड तेल (OUD OIL) को अन्तराष्ट्रीय प्रती तोला औसत दर रेट (२०१८) (A grade)
कम्बोडिया – रु.३७,२००
थाइल्याण्ड- रु. ४३,९००
मलेशिया -रु. ३२,३००
भारत -रु. ४०,४००
म्यानमार -रु. ३०,५००
चीन -रु. ३८,०००
लाओस -रु. ४९,०००
इण्डोनेशिया-रु. ४६,७००
भियतनाम- रु. ३९,४००
ब्रुनाई -रु. ५६०००
मुल्य सो देशमा उत्पादन हुने अगरवूड तेल (OUD OIL) को गुण्स्तर अनुसार हो । (Source : APC)
अगरवूड काठको धुलो (Agarwood Powder) अन्तराष्ट्रीय प्रती के जि औसत दर रेट (२०१८) (Source : APC)
थाइल्याण्ड -रु. २,२९,२००
मलेशिया -रु .५१,८००
भारत -रु. १२,०००
चीन -रु. ३०,०००
इण्डोनेशिया-रु. ४९,१००
भियतनाम – रु. ६४,८००
अगरवूडको विश्वव्यापी बजार :
विश्वव्यापी रुपमा अगरवूड खपत हुनै विशेष २ क्षेत्र छन् ।
१.उत्तर पूर्वी एसीया तथा ताइवान , कोरीया, जापान आदिका बजारहरु
२.अरेवीयन पेनिन्सुला केन्द्रित पश्चिमी तथा मध्य एसियाका क्षेत्रहरु
३ .अगरवूडको मुख्य फाइदाहरु औषधिको लागि, धार्मिक प्रयोगको लागि र सांस्कृतिक प्रयोगको लागि विशेष मानिन्छ । भारतको पश्चिमी क्षेत्र तथा दक्षिण पूर्वी एसियाको क्षेत्रमा अगरवूड उत्पादनको कुनै क्षेत्र नपाईएकोले अरबको एक अर्थबजारले यसको बजार करिब २००० वर्ष सम्म सकृय रहने जनाएको छ ।
४.हाल विश्वव्यापी रुपमा अगरवूडको व्यापार करिब ६ विलियन अमेरिकी डलर(करिब रु.६ खरब) देखि करिब १२ विलियन अमेरिकी डलर(करिब रु.१२ खरब) रहेको छ ।
५. १०-१२ बर्ष देखीमा अगरवुडको उत्पादन लिन सकिन्छ । एउटा राम्रो चोप भएको अगरवुड रुखले रु. १ लाख देखी २ करोड सम्म दिन्छ !
६ . यदि तपाईले चोप ननिकालीकन होलसेलमा बिक्रि गर्नु भयो भने पनि , १५ वर्ष पछिको विरुवाबाट करिब रु.८०,००० नाफा हुन्छ ।
बिरुवाको लागि सम्पर्क गर्नुहोस् : ४४१८९२१, ९८६६०७२१२७
एग्रो मार्ट प्रा. लि.
चप्पल कारखाना चोक , महाराजगन्ज
(नोट : काठमाडौंबाट बस लाग्ने जुन सुकै ठाउँमा पनि डेलिभरीको सुविधा छ । विज्ञानको लागि तयार पारिएको जानकारी / थप जानकारीका लागि एग्रो मार्ट )