पाउलोनिया एक थोरै लगानी मा धेरै लाभ लिन सकिने र संसारमै छिटो बढने रुख हो । पाउलोनिया बनस्पति छिटो बढ्ने, डाले घास, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोगी, पतझड जातको रुख हो ।

जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने बिरुवा बएस्क भएपछी ३० मि सम्म अग्लो हुन सक्छ ।
समुन्द्र सतह देखी २५०० मि सम्म खेती गर्न सकिने यस बिरुवा रोपेको ८/१० बर्षमा रुख काट्न तयार हुन्छ ।
४/५ बर्षमै पनि काठ को रुपमा प्रयोग गर्न सकिने यो रुख १ बर्षमै २०/३० फीट अग्लो हुन्छ ।
वातावरण मैत्री यस बिरुवा रोपेपछी ८/९ पटक सम्म कटन सकिने ।
अग्लो र सुरिलो हुने रुख , जरा पनि सिधै तल जाने भएकाले छेउछेउ मा अरु बिरुवा बेसार, तरकारी, अनार, आँप, लिची, भुर्इंकटहर , जडिबुटी ,अन्न्न बाली लगाउन सकिने ।
यसको फूल वैजनी रङको र आर्कषक आकृतिको हुने भएकोले बगैचा, गेट तथा बाटो छेउको शोभा बढाउन र छायादार वृक्षको रुपमा समेत यो वृक्षलाई रोप्ने गरेको पाईन्छ ।
बएस्क रुख बाट ३०र४५ क्यु फीट काठ निकाल्न सकिने यो रुख मा एक सिजन फुल खेल्ने भएकाले मौरी पालनको पनि राम्रो सम्भावना रहेको छ ।
औषधीको गुण भएको पाउलोनियाको पातलाई जडीबुटीको रुपमासमेत उपयोग गर्न सकिन्छ ।
यो बिरुवको पात गाइबस्तु, भेडाबाख्रा, वङ गुर , कुखुराको दानाको रुपमा प्रयोग गर्न सकिने ।
काठ बेच्न सकिने (windows,doors,house,Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc..)
श्रप्रत्यक ७/९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने श्रयसको काठ विदेश निर्यात गर्न सकिने र नेपालमै अतिसस्तो काठको मूल्यमा बिक्री गर्दा रु.४० हजारदेखि रु.६० हजारसम्म आम्दानी गर्न सकिन्छ ।पनि प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
पाउलोनियाको पहेंलो र हल्का खरानी रङको काठलाई तापको कुचालक अर्थात् आगो नटिप्ने मानिन्छ जसकारण यो काठ को प्रयोगले आगो लागि को डर पनि कम हुन्छ ।

बाताबरण शुद्धिकरण र कार्बन बैंक :
पाउलोनियाले अरु बोटको तुलनामा १० गुणा कारबन खपत गर्छ र सोही मात्रमा ओक्सीजन उत्सर्जन गर्छ ।
एउटा बयस्क पाउलोनियाको बोटले प्रती बर्ष २.१३ टन Oxygen उत्सर्जन गर्छ र सोही मात्रमा Carbon खपत गर्छ ।
एउटा बयस्क पाउलोनियाको बोटले दिन ५६.८ लिटर Waste Water Store गर्दछ र जमिन मुनीको फोहोर र हानी कारक बायु शुद्धिकरण गर्दछ ।
अरु काठको दाउरा बाल्नु भन्दा पाउलोनियाको बाल्दा फाइदा हुन्छ किनकी एस्ले निकल्दैन ।
पाउलोनियाको दाउरा बाल्दा carbon mono oxide (0%), Methane (0%),SulphurOxide (0%)Nitruous Oxide (0%)Methane (0%) According to research done by Winrock financial limited in 2004.
पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने ।

नेपालमा पाउलोनियाको सम्भावना :
यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ ।
नेपालमा प्रशस्त कृषी तथा अनुत्पादक छेत्र भएकाले पाउलोनिया खेती गर्दा सो छेत्र को उचित उपयोग हुने ।
साल सिसौउ जस्ता अरु काठको बिकल्पको रुपमा प्रयोग गर्न सकिने ।
बड्दो बिकास सँग काठ को तथा काठ जन्य सामग्रीको उपायोगिता बड्नु ।
यो बिरुवाको नमुना बाली सफल भएको ।
पहिरो जाने तथा खेती नगरि खाली रहेको जग्गा को राम्रो सदुपयोग हुने ।
दिर्घकालीन आएस्रोत भएको हुँदा गरीबि निवाकारण गर्न मा सहयोग गर्ने ।
वरिष्ठ वनस्पतिविद् तथा संरक्षणकर्ता डा. तीर्थबहादुर श्रेष्ठका अनुसार सन् २००५ मा आईयुसीएन नेपालले तयार पारेको नेपालका मिचाहा एवं परचक्री विरुवाको सूचीमा १६६ वनस्पतिमध्ये पाउलोनियाको नाम छैन ।
छिटो फैलिने रुख भए पनि धेरै उपायोगिता हुने भएकोले, यो रुख कुनै पनि देशमा प्रतिबन्धित छैन ।

पाउलोनिया खेती प्रविधी :
पाउलोनियाको वा समशितोष्ण भुभाग (समुन्द्र सतहबाट २१०० मि) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो हुर्कने हुन्छ ।
बिरुवा सार्न उत्तम समय बर्षायाम तथा माघ९फाल्गुन अनुकुल रहेको छ ।तर, पनि उचित हेरचाह गरेमा र सिन्चाइ को बेवस्था गरे हिउद मा पनि यसलाई रोप्न सकिन्छ
रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने । बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
लगाउने समय ठुलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
भित्री बाली लगाउने हो भने ५ मिको फरक र नलगाउने हो भने ३ मि फरकमा रोप्नु पर्छ
१ रोपनी मा ४०-५०बिरुवा लगाउन मिल्ने ।
हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
गाठो नभएको गुणस्तरीय काठ उत्पादन गर्न समयमै तल्लो हागाहरु काट्नु पर्दछ , रुखको अवस्था हेरेर रोपेको तेस्रो बर्षमा हागा काट्ने गर्नु पर्दछ ।
वृक्षँरोपण धेरै बाक्लो भएमा खाना र प्रकाशका लागि प्रतिस्पर्धा गर्नेु पर्ने हुनाले यस्तो अवस्थामा विरुवालाई पातलो पारेमा बृद्धि छिटो हुन्छ । छाट्ने कार्य बिभिन्न उमेरमा गर्नु पर्दछ ।

पाउलोनियाको उपयोगिता :
पाउलोनियाको काठ अन्य काठ भन्दा अत्यन्तै हलुका (४० प्रतिशत), नमक्किने, नबाङ्गिने र नफुट्ने भएकोले यसको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको छ ।
यो काठ पहेलो, खरानी रङको हल्का भएता पनि ख“दिलो खालको हुन्छ जसमा किरा समेत लाग्दैन, धुवाले नबिग्रने , तापको कुचालक भएकोले चाडै आगो पनि लाग्दैन ।
यसको काठ सयौं बर्ष अघिदेखि नै बिभिन्न प्रयोजनका लागि प्रयोग हुदै आईरहेको छ । जस्तै :
र्फिर्नचर तथा वाद्यवादक – झ्याल ,ढोका, खापा, पलङ, सोफा, दराज, आल्मारी, घर्राहरु, टेबल, कुर्सी, पार्केटिङ आदि
खेलौना तथा भवन – फुलदानी, भगवानको मूर्ति, काठको माछा, ब्ल्याकर्बोड, ब्ल्याक्बोर्ड, सर्फबोट, स्लेट आदि त्यस्तै घरको भित्ता, भित्री पर्खाल, सिलिङ र भित्री छानाको लागि उपयुक्त हुन्छ ।
यसको काठबाट माहुरीको घार बनाउनाले घारभित्रको तापक्रममा स्थिरता आई बढी मह उत्पादन हुन्छ ।
प्याकेजिङ – तेल, वाइन, बियर आदि तरल पर्दाथ राख्न प्याकिङ बक्स, चिया बक्स, फलफूल तथा अन्य भण्डारणका बाकस आदि । त्यस्तै मेडल बक्स, ड्रेस्सिङ बक्स, टिभी, रेडियो र कमप्युटर राख्ने बक्स तथा प्याकहरु आदि पनि बनाउन सकिन्छ ।
ठूला ठूला राष्ट्रहरुमा पाउलोनियाको काठ हवाइजहाज, ग्लाइडर, पानीजहाज, वायुयानलगायत का उपकरणहरु निमार्णमा प्रयोग गरिन्छ ।
पँउलोनियाको काठ मात्र नभएर यसको अन्य चिजलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । श्रयसको धूलोलाई सिरानी, गद्दी, चकटी आदि भित्र भर्न चिस्यान यन्त्रहरुमा कुचालकको काम गर्न, गाईबस्तुको सोत्तरका रुपमा, घरभित्र ओस भएको ठाउमा तथा खेलौनामा प्रयोग गरिन्छ ।
यसको अंगारलाई उधोगहरुमा सक्रिय कार्बनका रुपमा समेत प्रयोग गर्न सकिन्छ । त्यस्तै बोक्रा पनि रङ बनाउन प्रयोग गर्न सकिन्छ ।

पाउलोनिया बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
एग्रो मार्ट प्रा. लि.
काठमाडौं ,चप्पल कारखाना चोक , महाराजगन्ज
सम्पर्क नं : ०१-४४१८९२१ / ९८६६०७२१२७

(नोट : विज्ञानको लागि तयार पारिएको जानकारी / थप जानकारीका लागि एग्रो मार्ट)