ललितपुर। नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको मूल्य वृद्धि गरेको छ ।
सङ्घले असार १४ गतेबाट लागू हुनेगरी ठुलो अण्डामा हालको मूल्यमा २७ प्रतिशत र मिडियम अण्डामा ४७ प्रतिशत मूल्य वृद्धि गरेको जनाएको छ ।
शुक्रबार साझ भरतपुरमा पत्रकार भेटघाटमा सङ्घका अध्यक्ष त्रिलोचन कंडेलले किसानले पाउने मूल्य ठुलो अण्डाको प्रति क्रेट २५५ र मिडियम अण्डाको प्रतिक्रेट १७० कायम गरिएको जानकारी दिनुभयो ।
हाल ठुलो अण्डाको प्रति क्रेट २०० र मिडियम अण्डाको प्रतिक्रेट ११५ मूल्य किसानले पाउदै आएका छन् ।हाल कच्चा पदार्थको पटक पटकको मूल्य वृद्धि र विगत ७र८ महिना देखि पोल्ट्रि जगतले सङ्क्रमण भोग्नुपरेको अध्यक्ष कडेलले बताउनुभयो । यसकारण किसानले ठुलो मर्का भोग्नुपरेको उहाँको भनाइ छ ।
सङ्घका सल्लाहकार एवम् अन्नपूर्ण पोल्ट्रिका सञ्चालक अर्जुन अर्यालले सरोकारवाला विचमा परामर्श भई आएको नयाँ मुल्यले किसानलाई केही राहत हुने बताउनुभयो ।









