ललितपुर। बीमा समितिले माछा बीमालेख परिमार्जन गरेको छ । कृषकहरुलाई सहज होस् भनि दाबी भुक्तानी प्रक्रिया लगायतमा परिमार्जन गरिएको बीमा समितिले जनाएको छ ।

बीमालेखले क्षतिपूर्ति दिने अवस्था :

माछा बीमालेखले आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिलो र भूस्खलनका कारण माछा मरेमा दाबी भुक्तानी गर्छ । कम्पनीले क्षति भएको ९० प्रतिशत रकम भुक्तानी गर्नेछ । त्यस्तै, यस्तै आगलागी, चट्याङ, भुकम्प, आँधिबेहरी, असिना, हिऊँ, तुसारो, अधिक वर्षा, बाढी, डुवान, खडेरी, पहिरो भूस्खलन, रोग, अक्सिजनको कमि, एमोनियाबाट हुने नोक्सानीको पनि कम्पनीले दाबी भुक्तानी गर्छ । साथै प्रस्तावकको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु भएमा २ लाख रुपैयाँ भुक्तानी गर्नेछ ।

बीमालेखले क्षतिपूर्ति नदिने अवस्था :

बीमा कम्पनीले सबै अवस्थामा भने दाबी भुक्तानी गर्दैन । जस्तै, प्रस्तावक वा निजको एकाघरका परिवारका सदस्यको लापरवाहिले वा जानाजान वा रिसइवी साध्ने कार्यबट माछा मरेमा, सरकारी निकायको आदेशमा माछा नष्ट गर्नुपर्ने भएमा यो बीमालेखले क्षतिपूर्ति दिदैन् । त्यस्तै माछा हराएमा वा चोरी भएमा, पोखरी र रेसवे सफा गर्दा वा पानी थपघट गर्दा माछा मरेमा वा तोकिएको मापदण्ड भन्दा बढी माछा पालन गरेकमा, बीमा गरेको पन्ध्र दिन भित्र रोगको काराणबाट माछा मरेमा, आणविक विकिरण वा आणविक इन्धन बाट उठेको वा सो सँग प्रत्यक्ष वा अप्रत्क्ष रुपमा संलग्न रहेको कारणबाट भएको क्षति भएको खण्डमा यो बीमालेखले सुरक्षण गर्दैन् ।

साथै युद्ध, अतिक्रमण, विदेशी सैन्य कारावाही, गृहयुद्ध, राजद्रोह, क्रान्ति, सत्ता विप्लव, सैनिक वद्रोहको कारणबाट भएको क्षति, माछा वा पोखरी, रेसवेमा भएको क्षतिको कारणले हुन गएको अन्य वा थप खर्च वा नोक्सानी भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन् ।

प्रस्तावकले पालना गर्नुपर्ने शर्तहरु :

माछा पालनको लागि न्युनतम २०० वर्ग मिटर र फिट गहिराई भएको जलासयको भाग हुनु पर्नेछ । ट्राउट माछाको हकमा प्राविधिकको सिफारिसमा अनुसारको संरचना हुनु पर्नेछ । पोखरी रेसवे मत्स्य प्राविधिकले माछा पाल्न योग्य भनी प्रमाणित गरेको र पानीको गुणस्तरलाई अनिवार्य रुपमा वांछित स्तरमा कायम राखेको हुनु पर्नेछ । मत्स्य वीजको आपूर्ति नेपालकै मान्यता प्राप्त ह्याचरी तथा नर्सरीबाट भएको हुनु पर्नेछ । तर प्रचलित कानून पालना गरि आयात गरिएका मत्स्य वीजको हकमा यो प्रावधान लागु हुने छैन् । माछालाई उचित हेरविचार पुर्याएको, प्राविधिकको सुझाव अनुसार नियमित रुपमा स्वास्थ्य जाँच गरीरगराई रोग रोकथामको लागि आवश्यक पहल गरेको हुनु पर्नेछ ।

बीमाशुल्क :

माछाको बीमाशुल्क बीमाङ्क रकमको दुई ९२० प्रतिशतका दरले लाग्नेछ भने पोखरीररेसवेको बीमाङ्क रकमको एक ९१० प्रतिशत दरले लाग्नेछ । यस्तै, बिषेश सघन प्रबिधि अनुसार माछा पालन गरीएको प्रमाण पेश गरिएमा बीमाशुल्कमा दश प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । पोखरीररेसवेमा भुरा राखेको पन्ध्र दिन भित्र बीमा गरी सक्नुपर्नेछ । माछाको बीमा अवधि न्यूनतम तीन देखि अधिकतम बाह महिना सम्मको हुनेछ ।

दाबी सम्बन्धी प्रकृया :

माछा वा पोखरीररेसवेमा क्षति भएमा प्रस्तावकले यथासक्य छिटो वा सात दिन भित्र वा सो अवधिभित्र कम्पनीलाई जानकार गराईसक्नु पर्ने छ । संभव नभएमा सोको कारण सहित संभव हुनासाथ देहायका कागजातहरु बीमक समक्ष पेश गर्नु पर्ने छ । साथै, दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, मत्स्य प्राविधिकद्वारा माछा मरेको प्रमाणित गरिएको प्रमाण–पत्र, बीमितले राखेको माछा सम्वन्धि अध्यावधिक अभिलेखको प्रति पेश गर्नु पर्ने हुन्छ । यसका साथै प्रस्तावकले नगरपालिका, गाएँपालिका, वडा वा कम्तिमा सबभन्दा नजिकको दुई ९२० जना छिमेकीको सर्जमिन मुचुल्का संलग्न गराउनुपर्छ ।