एजेनसी। फलफुलहरुमा अंगुर विशेष मानिन्छ । यसको स्वाद , प्रकार र सहजै उपलव्ध हुने गुणले यसको महत्वलाई अझ बढाएको छ । अंगुरको स्वाद जति मिठो हुन्छ त्यसको सयौंगुणा फाईदा हाम्रो शरीरलाई भैरहेको हुन्छ ।

यस्ता छन् अंगुरका फाईदाहरु :

१. अंगुरमा प्रशस्त मात्रामा आईरन पाइने हुनाले हाम्रो शरीरका हाढहरुलाई मजबुत र बलियो बनाउछ । साथै जोर्नी दुख्ने, ढाड दुख्ने समस्याबाट राहत मिल्दछ ।

२. अंगुरले शरीरमा नाईटृक अक्साइडको मात्रालाई बढाईदिन्छ जसले शरीरमा रगत जम्न दिदैन । यसले गर्दा हाम्रो मुटु स्वस्थ्य रहन्छ र हृदयघात हुनबाट जोगाउँछ । यसका साथै cholesterol को मात्रा पनि बढ्न दिदैन ।

३. बिहान खाली पेटमा एक गिलास अंगुरको जुस पिउनाले माइग्रेनको समस्याबाट मुक्ति मिल्छ।

४. अंगुरमा व्याक्टेरियालाई मार्ने एन्टिव्याक्टेरियल गुण हुन्छ जसले हामीलाई पोलियो भाइरसको संक्रमणबाट जोगाउँछ ।

५. अंगुरमा प्रशस्त मात्रामा भिटामिन ‘C’, भिटामिन ‘K’ र भिटामिन ‘A’ पाईन्छ । जसले गर्दा रोगप्रतिरोध क्षमताको वृद्धि हुनुका साथै रुघाखोकीको समस्याबाट पनि बचाउँछ ।

६. अंगुरमा प्रशस्त मात्रामा पोटासियम तथा फाइवर पाइने हुनाले हाम्रो शरीरको रक्तचापलाई नियन्त्रण गर्दछ ।

७. यसमा प्रशस्त मात्रामा पानी र फाइवर पाइने हुनाले जलवियोजन हुन नदिई कब्जियतको खतरा कम गर्न सकिन्छ ।

८. यसले आँखाको दृस्टीलाई तेजिलो पार्नुका साथै आँखा स्वस्थ राख्न पनि मद्दत गर्दछ ।