मकवानपुर। हेटौंडाका बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा किसानलाई उचित क्षेतिपुर्ति दिएर नष्ट गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसान सहितको बैठकले उचित क्षेतिपुर्ति सहित संक्रमित क्षेत्रका लेयर्स कुखुरा मार्ने निर्णय गरेको हो ।

बर्डफ्लु संक्रमित पाईएको ७ नागश्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सिमा निर्धारण गरि भित्र परेका जिउदा ४१ हजार ५ सय कुखुरा मार्ने भएको छ । सिमाक्षेत्र बाहिर रहेका कुखुरा फर्ममा पशु चिकित्सकको टोली परिचालन गरि रोग नियन्त्रणको लागि नमुना संकलन गर्ने र रोग प्रमाणीत भए कुखुरा नष्ट गरीने निर्णय भएको छ ।

शुक्रबार १२ बजेदेखि ४ बजेसम्म बसेको बैठकले ६ वटा निर्णय गरि टुङगो लगाएको हो । जसमा बर्डफ्ल रोग नियन्त्रणको लागि आवश्यक जनशक्ति अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरबाट र उच्च नियकायबाट नपुग भएका अन्य निकायहरुबाट समेत थप जजनशक्ति माग गरि वर्डफ्ल रोग नियन्त्रका लागि खटाउने, चार किल्ला क्षेत्र भित्रका घरपालुवा पन्छी तथा पन्छी जन्य पदार्थ नष्ट गर्ने, चार किल्ला क्षेत्र बाहिर रहेका कुखुरा तथा पन्छीहरुको निरन्तर नमुना संकलन गरी प्रयोगशाला परिक्षण गर्न पठाउने र एचफाईभ प्रमाणित भई आएको खण्डमा नष्ट गर्ने, पन्छी जन्य पदार्थहरुको क्षतिपुर्तीको दररेट निर्णधारण गर्न बर्डफ्लु नियन्त्रण आदेश २०६४ को दफा ५ (क) बमोजिको सिफारीस अनुसार क्षतिपुर्तीको लािग पशु सेवा विभागमा सिफारीस गर्ने लगाएतका निर्णय भएको छ ।

क्षेतिपुर्ति निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरीएको छ भने किसानको प्रतिनिधित्व गर्दै मकवानपुर कुखुरा व्यवसायी संघले जिउदो लेयर्स ९ सय, व्रोईलर ४ सय, दाना प्रति केजी ६५ र अण्डा प्रतिगोटा ११ रुपियाँ मूल्य निर्धारण गरि जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितीलाई बुझाउने भएको छ ।

संक्रमित क्षेत्रमा रहेका ५० किसानले ७ करोडको लागतमा एक लाख कुखुरा पालन गरेका थिए । फ्लुसंक्रमण देखिएको कुल प्रसाद चौंलागाईको फर्ममा हालिएका ६ हजार कुखुरा मरेका थिए ।