ललितपुर। प्राँगारिक कृषि पद्धती अपनाऔ, माटो र जीवन बचाऔं भन्ने मुल नाराका साथ ललितपुरको जावलाखेल मैदानमा फागुन १६ गते देखि सुरु भएको बाह्रौ राष्ट्रिय प्राँगारिक कृषि प्रर्दशनी मेला आइतवार सम्पन्न भएको छ ।

मेलामा प्राङ्गारिक कृषि गर्ने जो कोहीलाई पनि निःशुल्क स्टलको व्यवस्था गरिएको थियो । मेला प्राँगारिक उत्पादन गर्ने मल देखि विभिन्न उत्पादन गरि एक सय २५ स्टल रहेको थियो । मेलामा अर्गानिक प्रदेश घोषणा गरिएको कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट उत्पादित अर्गानिक उत्पादनकोे स्टलमा छुटै आर्षण रहेको वरिष्ठ कृषि अर्थविज्ञ वासुदेव शर्माले जानकारी दिनुभयो । त्यस्तै गरि मेलामा सहभागी उत्कृष्ट प्राङ्गारिक कृषि उजपहरुलाई विभिन्न बिदामा नगद सहित पुरस्कार वितरण गर्नुका साथै प्रदर्शनीमा सहभागीहरुलाई सहभागितको प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी प्राङ्गारिक तथा रैथाने परिकार महोत्सव, प्राङ्गारिक कृषि सम्वन्धी प्यानल तथा अन्तरक्रिया कार्यक्रम, प्राङ्गारिक कृषिउपजहरुको विक्रीवितरणका साथै बालीउपचार शिविर, माटो परिक्षण लगायतका सेवाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।

झण्डै ३५ लाख खर्च भएको चार दिने प्राँगारिक कृषि प्रर्दशनी मेलामा ६० हजार भन्दा बढी अवलोकन कर्ताहरुले मेलामा सहभागिता जनाएको आयोजकले दाबी छ ।

पछिल्लो समय नेपालमा व्यवसायिक उत्पादनका नाउँमा बढी मुनाफा आर्जन गर्न रसायनिक मलको प्रयोग गरि उत्पादित कृषि बस्तु सेवनले मानव स्वास्थ्वलाई जोखिम बनाइ रहेको बेला आयोजित प्राँगाारिक कृषि प्रर्दशनी मेलाले शहरी क्षेत्रमा बसोवास गर्ने आम उपभोक्ताहरुलाई प्राँगारिक उत्पादन नै स्वास्थ्यका लागि फाइदा जनक रहेको सन्देश प्रवाह गर्न मेला सफल भएको केन्द्रका वरिष्ठ कृषि अर्थविज्ञ वासुदेव शर्माको भनाई छ ।

मेलामा प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना, बालीविकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि क्षेत्र विकास कार्यक्रम, राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्र, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, किसानकालागि उन्नत बिउ कार्यक्रम, कृषि उद्यम केन्द्र, हेल्भेटास नेपाल र हसेरा एग्रीकल्चर रिर्सच एण्ड ट्रेनिङ्ग सेन्टर सहआयोजक रहेको थियो भने खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समुह महासंघ नेपाल र अर्गानिक सर्टिफिकेसन नेपालले सहकार्य आर्थिक सहयोग गरेको थियो ।