पोखरा। प्रदेशको कृषि नीति ड्राफ्ट गरिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले विगतको परम्परागत तालिममुखी प्रणालीलाई परिवर्तन गरी किसानबाट नै प्रस्ताव आह्वान गरी कृषि सम्बन्धी विभिन्न विषयमा तालिम प्रदान गर्ने भएको छ ।

विगतका बर्षहरूमा केन्द्रीय सरकारले तत्कालिन जिल्ला कृषि विकास कार्यालय मार्फत निश्चित कोटा निर्धारण गरी विभिन्न तालिममा सहभागी हुन किसानबाट प्रस्ताव आह्वान गर्दथ्यो । तर,अहिलेको प्रदेश सरकारले किसाको आवश्यता अनुशार तालिम दिन लागेको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रले किसानबाट ३० दिनको समय अवधिभित्र प्रस्ताव माग गरेको छ ।

हाल कृषि ज्ञान केन्द्रमार्फत प्रस्ताव आव्हान गरिएको केन्द्रले जनाएको छ । ज्ञान केन्द्र मार्फत किसानहरूले आफूले चाहेको विषयमा तालिमको लागि निवेदन दिन सक्नेछन् ।

आर्थिक बर्ष २०७५/०७६ बार्षिक कार्यक्रमअनुसार गण्डकी प्रदेश भित्रका कृषकहरूलाई कृषि ब्यबसाय संचालन गर्नको लागि तालिम आह्वान गरिएको हो ।

कुखुरापालन, बेमौसमी तरकारी खेती, माछा पालन, गाई र भैंसीपालन, बाख्रापालन, च्याउ खेती, मौरी पालन, फलफूल तथा तरकारीको नर्सरी स्थापना लगायतका विषय बाहेक पनि किसानहरूले आफ्नो रुचीको विषयमा आवेदन दिन सक्नेछन् ।

तालिम को लागि सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न सकिनेछ । सुचना प्रकाशित मिति पहिलो पटक २०७५ /११/०३ पुनश्च म्याद थप गरी २०७५ /१२/१८ गते सम्म कायम गरिएको ।

सहभागी छनौटको मापदण्ड :

उमेर २५ देखि ५० वर्षका यूवा / यूवती कृषकलाई प्राथमिकता
शिक्षित कृषकलार्य प्राथमिकता
वैदेशिक रोजगारबाट फर्किएका यूवा/यूवतीलाई विशेष प्राथमिकता

थप जानकारीका लागि सम्पर्क नंं. ०६१-५२५४४८ (आवश्यक जानकारीको लागि नजिकको कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्नुहोला केहि जिज्ञासा वा सुझाव भए कमेन्ट गर्नुहोस )