नेपालगन्ज। कृषि ज्ञान केन्द्र बाँकेले बाँके र बर्दिया जिल्लामा प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नयाँ ब्लक निर्माणका लागि आवेदन माग गरेको छ ।

बाँकेको राप्तीसोनारीमा एउटा माछा ब्लक र एउटा मसुरो ब्लकका लागि आवेदन माग गरिएको छ भने बैजनाथमा एउटा च्याउ ब्लकका लागि आवेदन माग गरिएको ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । यसैगरि बर्दियाको ठाकुरबाबा नगरपालिकामा एउटा माछा ब्लक र एउटा मसुरो ब्लक एवं बारबर्दियामा एउटा तेलहन ब्लक र एउटा तरकारी ब्लकका लागि आवेदन माग गरिएको छ भने बढैयाताल गाउँपालिकामा एउटा आलु ब्लक कार्यक्रममा लागि आवेदन दिन सकिने केन्द्रले जनाएको छ ।

केन्द्रले आज जारी गरेको सुचनामा यसअघि नै दर्ता भइसकेका कृषक समुह, कृषक फर्म, सहकारी लगायतले माघ १३ गतेभित्र केन्द्रमा निदवेदन दिन भनिएको छ ।