ललितपुर। सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले किसान प्रभावित भएकामा गुनासो गर्नुभयो ।

उहाँले सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा किसान प्रभावित हुँदा उनीहरुका आश्रित परिवार समेत प्रभावित भएको भन्दै तत्काल मूल्य तोक्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसालले महिला हिंसाका घटना नियन्त्रण गर्न नसकेकामा सरकारको आलोचना गर्नुभयो ।