गौर। रौतहटका किसानहरुका लागी आएको अनुदान रकम दुरुपयोग भएको छ । प्रदेश सरकारले किसानहरुको लागि अनुदान मूल्यमा गहुको विउ खरीद गरी वितरण गर्न दिएको ७८ लाख ५० हजार रुपैया जिल्ला कृषि ज्ञान केन्द्र रौतहटले भत्ता र अनुगमनमा खर्च गरेको पाइएको छ । प्रदेश सरकारको २०७५/८/७ गतेको निर्णय अनुसार दिएको दोस्रो चौमासिक रकम अन्तर्गतको ७८ लाख ५० हजार रुपैयामा करीव ६ लाख रुपैया अनुगमन निरिक्षण , दैनिक भ्रमण भत्ता , इन्धन, मर्मत , बैठक विधुत तथा सञ्चारमा खर्च गरिएको हो ।

अनुदानको रकम भत्ता र भ्रमणमा :

गहुंको बिउ नपाएका किसानहरुलाई सुलभ र सस्तोमा बिउ उपलब्ध गराउनु पर्ने अवस्थामा कर्मचारीहरुले भने सोही रकमको चरम दुरुपयोग गरेको पाईएको हो ।

ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत ऋषिकेश झाले जनकपुर जाँदा ६ हजार ७ सय भ्रमण भत्ता लिएको पाईएको छ । २०७५/०७६ को स्वीकृत कार्यक्रम सम्वन्धी छलफलको लागि मङ्सिर १ गते गएका झा ले ५ गते सम्मको रिक्सा ,बस भाडा बापतमा उक्त रकम बुझेका हुन ।

मङ्सिर १२ गतेको ज्ञान केन्द्रले राष्ट्रिय विउ विजन कम्पनी लिमिटेड हेटौडालाइ गरेको पत्राचरको चलानी नम्बर ७० को पत्रको आधारमा विउ विजन कम्पनीले मङ्सिर १३ गते ६९ मेट्रिक टन विउ उपलब्ध गराएको थियो ।

१३ गतेमा विउ आएपनि किसानहरुले बिउ अझसम्म पाएका छैनन् । ४४ रुपैया प्रति किलोको दरले विक्री गर्नको लागि दिएको विउ कृषक सहकारी संस्थाहरुले कालोबाजारी मार्फत ८० देखि ९० रुपैया प्रतिकिलोमा विक्री गरेका छन । गहुँको विउमा व्यापक रुपमा अनियमितता भएको देख्दा पनि प्रदेश सरकार मौन बसेको छ । विउ विजन कम्पनीले ज्ञान केन्द्रको प्रमुख राजनारायण यादवको सिफारिसको आधारमा विश्वनाथ विज भंडार गौर ९ लाइ ४ मेट्रिक टन १०० बोरा , मनोज विज भंडार गौर ८ लाइ ४ मेट्रिक टन १०० बोरा , किसान सेवा बहुउदेशीय सहकारी सस्था लिमिटेड गौर ८ लाइ १०० बोरा , यादव एग्रोभेट कन्सर्न गौर ८ लाइ १०० बोरा एम् एस ट्रेडर्स जेनरल सप्लायर्स गौर ४ लाइ १०० बोरा , साह विज भंडार प्रोप्राइटर रामबाबू साहलाइ ७५ बोरा स्नेहा विज भंडार गौरलाइ ७५ बोरा , गुप्ता मल पसल गौर ९ लाइ १०० बोरा अनुदानको विउ उपलब्ध गराएको थियो ।

ज्ञान केन्द्रको तथ्यांक अनुसार गौरमा मात्र ७५० बोरा गहु“को विउ आएको मा गंगोत्री कृषक सहकारी सस्था बेलविच्छवा लाइ १०० बोरा , रामेश्वर प्रसाद साह कटरवन ५ लाइ ७५ बोरा ,ब्रह्म भगवती कृषक सहकारी सस्था लिमिटेडलाइ १०० बोरा , न्यू रबी विज भंडार सरमूजवा १ लाइ १०० बोरा , न्यू जायसवाल विउ विजन भंडार कटहरिया ८ लाइ १०० बोरा , कृषक रसायनिक मलखाद विज भंडार डुमरिया लाइ १०० बोरा , सर्वोदय कृषि सहकारी सस्था लिमिटेड गरुडा ४ लाइ १०० बोरा विउ दिइएको छ ।

जन ज्योति बहुउदेशीय सहकारी सस्था लिमिटेड कटहरिया ३ लाइ ७५ बोरा , दुर्गा भगवती कृषि सहकारी सस्था लिमिटेड गढो ७ लाइ ७५ बोरा ,साह विज भण्डार गरुडा ४ लाइ ७५ बोरा तथा रानी कृषक सहकारी सस्था लिमिटेड वरियारपुरलाइ ७५ बोरा विउ दिईएपनि रौतहटका किसान विउ सस्तो रुपमा पाउन सकेका छैनन् ।

राष्ट्रिय विउ विजन कम्पनीले मिति २०७५ पौष ३ गतेमा कृषि ज्ञान केन्द्र रौतहटलाइ भुक्तानीको लागि पठाएको पत्रमा कम्पनीको निर्धारित विक्री मूल्य ६५ हजार ५ सय प्रति मेट्रिक टन मध्ये प्रति मेट्रिक टन ३९ हजार ३०० का दरले २७ लाख ११ हजार ७०० यस कार्यालयमा विक्रेता मार्फत जम्मा भइसकेकोले बा“की रहन गएको अनुदान वापतको रकम प्रति टन २६ हजार २०० का दरले हुने रकम १८ लाख ७ हजार ८ सय भुक्तानी गरी दिन सकलै विल राखी पठाइएको भएनिएको छ ।

मङ्सिर १२ गतेमा ज्ञान केन्द्रले गरेको टिप्पणी आदेशमा प्रदेश सरकारबाट प्राप्त भएको दोस्रो चौमासिक स्वीकृत बजेट ७८ लाख ५० हजारको खर्च बा“डफाट गर्दा ४० प्रतिशत अनुदानमा वितरण हुने विउ परिणाम २८५ मेट्रिक टन , खर्च हुने ७४ लाख ६७ हजार ,अनुगमन निरिक्षण नियमन बैठक खर्च ३ लाख ३० हजार , दैनिक भ्रमण भत्ता १ लाख ,सवारी इन्धन ८० हजार , सवारी इन्धन मर्मत ५० हजार ,स्टेशनरी खर्च १० हजार ,विविध एवं बैठक खर्च ५० हजार , स्वयं सेवक परिचालक २ जनालाइ २० हजार गरी कुल खर्च हुने अनुमान ७७ लाख ९७ हजार रहेको छ ।

निष्कर्षमा उल्लेखित खर्च वाँडफाट अनुसार तथा नयाँ संरचनामा स्वीकृत दरवन्दी अनुसार कर्मचारीहरु पदपुर्ति हुन नसकेको कारण २ जना स्वयसेवक परिचालक नियुक्ति गरी निरिक्षण अनुगमन कार्यक्रम र भएको सवारी साधन धेरै पुरानो भएकोले तत्काल मर्मत गराई प्रयोग हुन मनासिव देखिएकोले निर्णयार्थ पेश गरिएको कृषि प्रसार अधिकृत झा द्धारा प्रस्तुत आदेशमा लेखिएको छ ।

किसानको लागी आएको रकम मध्ये १७ हजार ८५० रुपैया जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई भत्ता वितरण गरीएको छ ।यसरी किसानका नाममा आएको अनुदान दुरुपयोग गर्नेलाई छानबिन गरेर कारवाहीको दायरामा ल्याउनु पर्ने माग किसानहरुले राखेका छन् ।

समाचार स्रोत : तराई एक्सप्रेस दैनिक