रुकुम। रुकुममा पहिलो पटक दुग्ध संकलन केन्द्र स्थापना गरिएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ सोलावाङमा दुग्ध संकलन केन्द्र स्थापना गरिएको हो ।

कर्णाली प्रदेश सरकारको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ७९ लाख ९९ हजार ९ सय ५० र नागरिक दुग्ध सहकारी संस्थाको १६ लाख २५ हजार रुपैयाँको लगानीमा दुग्ध संकलन केन्द्रको स्थापना गरिएको हो ।

जिल्लामा उत्पादित दूधको सदुपयोग र बाहिर निर्यातका लागि दुग्ध संकलन केन्द्रको स्थापना गरिएको नागरिक दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष धिरन शेर्पालीले बताए ।

सहकारीले दैनिक २ हजार ५ सय लिटर दूध संकलनको अपेक्षा गरेको छ ।

राप्ती लोकमार्गमा दुग्ध संकलन केन्द्र स्थापना गरिएकाले दूध संकलन र निर्यातमा सजिलो हुने विश्वास लिइएको छ ।

धेरै मात्रामा दूध उत्पादन हुँदै आएपनि बजार अभावले किसान समस्यामा पर्दै आएका थिए । दूध संकलन केन्द्र संचालनमा आएसंगै दूध उत्पादक कृषक हर्षित बनेका छन् ।