बेसार जिन्जिबेरसी (Zingiberaceae)  परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’  हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ।बेसार्मा पाईने प्रमुख तत्व कुरकुमिन, एक प्रकारको रङ हो। बेसार्को गानोमा सरदर १.८ देखी ५.४% कुरकुमिन पाईन्छ। भारत, पाकिस्तान, हाईटी जमाइका, चाइना र पेरु बेसारका प्रमुख उत्पादक देश हुन।

हावापानी र माटो :
बेसार मुख्यतया उस्ण हावापानिमा हुने बाली हो र समुन्द्र सतह देखी करीब १२०० मिटर उचाई सम्म यसको खेती गर्न सकिन्छ। यसको खेती सिंचित एवं असिंचित हल्का कालो देखी दोमट र रातो माटोमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटो दोमट माटो यसको लागि उपयुक्त हुन्छ। पि एच ५.५ देखी ६.५ उपयुक्त हुने यस बालीलाई तुसारोले खासै असर गर्दैन।

जग्गाको तयारी:
चैत्र बैशाख तिर पानी परीसकेपछी खनजोत गरी बेसार लगाउन सकिन्छ। लगाउदा हलोले स्थानिय हलोले कुलेसोमा १५-२० सेमिको फरकमा बिउ राखिन्छ। सामान्तया १ रोपनी जग्गको लागि कारीब १२० केजी बिउ आबश्यक्ता पर्दछ।

बिउ छनोट :
बिउ छनोट गर्दा कम्तिमा दुईवटा उम्रने मुन भएको ३०-५० ग्रामको बिउ छान्नु पर्दछ। यसरी छनिएको बिउलाई २५ ग्राम म्यन्कोजेब र १० ग्राम कार्बोन्डाजिम १० लिटर पानीमा घोली त्यसमा आधा घण्टासम्म डुबाउने र त्यसपछी छाँयामा सुकाएर रोप्नु पर्दछ।

जात : कपुरकोट हलेदो , कपुरकोट हलेदो २

बेसारको उन्नत जातहरु :

बेसारको उन्नत जातहरुमा सि.आ–१, सगुन, सुवर्ण आदी ।

मलखादको प्रयोग :
अधिक मल चाहिने यसबालीलाई प्रसस्त प्राङगारिक मलको साथइ रसायनिक मलको पनि आबश्यक्ता पर्दछ। सामान्यतया १ रोपनी जग्गामा ५०-६० डोको (१५००) केजी राम्ररी पाकेको गोबरमा राख्नु पर्दछ। यसको अलबा जग्गा तयारीको क्रममा ८ केजी डिएपी, ३ केजी युरिया तथा ४ केजी म्युरेट अफ पोटास प्रती रोपनी हाल्नु पर्दछ। २.५ केजी युरिया रोपेको ३ महिनापछी गोडमेल गर्ने बेलामा टपड्रेस गर्नु पर्दछ।

बेसार खेतीको लागी मलखानको मात्रा कति हो ?

२०० के.जी. निमको पात
२५ के.जी. नाइट्रोजन
६० के.जी. फसफोरस
६० के.जी. पोटास प्रति रोपनीका दरले दिनु पर्छ ।

लगाउने दुरी : बिरुवा देखी बिरुवा २५ सेमी, हार देखी हार बिचमा ३० सेमी

छापो हाल्ने : माटोको चिश्यान जोगाई राख्न चाडै सड्ने पातहरु बेसारको रोपाई पछी पूर्णरुपले माटो ढाकिने गरी ४-६ सेमी बाक्लो गरी हाल्नु पर्दछ।

सिंचाई तथा गोडमेल : 
बेसारलाई माटो र मौसम अनुसार १०-१२ पटक सम्म सिंचाई गर्नुपर्दछ। झारको मात्रा अनुसार बेलाबेलामा गोडमेल एवं माटो खुकुलो पार्ने काम गर्नुपर्दछ।

बाली लिने :
लगाएको करीब ९ महिनामा बाली लिन सकिन्छ। प्रती रोपनी २-२.५ मेट काँचो बेसारको उत्पादन लिन सकिन्छ।

(नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय जलबायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली द्धारा प्रकाशित बेसार खेती नामक सामग्री बाट साभार गरिएको )