काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य कायम गर्न महानगर क्षेत्रका मुख्य सडकमार्गमा वृक्षरोपण गर्ने भएको छ ।

वनस्पति विभाग, वन कार्यालय र फ्लोरिकल्चर एसोसियसनको कहयोगमा १५ वटा सडकमार्गमा १५ हजार ६ सय ७६ वटा वृक्षरोपण गर्न लागिएको हो ।

काठमाडौं महानगरपालीका  विभागका प्रमुख हरि कुँवरले महानगर क्षेत्रको ४७ किलोमिटर क्षेत्रमा वृक्षरोपण गर्न लागिएको जानकारी दिए ।उनले पहिचान भएको रुटमा असारदेखि वृक्षरोपण गरिने जानकारी दिए ।

ती क्षेत्रमा गोल्डेन धुपी, चोरी, टुपडिनथस, जङगोबाइलोबा, पैयुँ, चाँप, कोइरालो, टाँकी, मयूरपङखी धुपी, राजवृक्ष, करबिर, आकाश नियाल लोटिका, पारिजात, स्वामी, लेकपाङरा, कल्की जामुनलगायत दुई दर्जन प्रजातिका वृक्षरोपण गरिने छ ।