काडमाडौँ । मौसमविद्का अनुसार अबको एक दुई दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भवना रहेको छ । भोलि र पर्सि उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात पनि हुनेछ ।

पश्चिमी वायुकै प्रभावले भोलि र पर्सि धेरै ठाउँमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलि र पर्सि उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात पनि हुनेछ । बुधबारदेखि भने मौसममा सुधार हुने उहाँको अनुमान छ ।

उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी हिमपात हुने भएकाले सतर्कता अपनाउन पर्वतारोहीलाई उनको सुझाव छ । पश्चिमी वायुकै प्रभावले आइतबार देशभरी कै मौसम आंशिक बदली भए पनि पश्चिमको मौसम भने खुल्ने सम्भावना नभएको मौसमविद्को श्रेष्ठले बताए ।