काठमाडौं । सरकारले दूधको मापदण्ड निर्धारण गरेको छ। खाद्य ऐन २०२३ अनुसार दूधको मापदण्ड तोकी कार्यान्वयनमा ल्याइएमा ल्याइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधलाई चार भागमा बाँडेर छुट्टाछुट्टै मापदण्ड तोकेको छ। हाल नेपालले पाश्चराइज्ड दूधको मात्रै मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याएको थियो। विभागले फ्याटयुक्त, फ्याटरहित, कम फ्याटयुक्त र सुगन्धित गरी चार प्रकारका प्रशोधित दूधको मापदण्ड कार्यान्वयनमा ल्याएको हो। यो मापदण्ड गत सोमबारको राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
मापदण्ड नपुगेका दूध बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। ‘अहिलेसम्म हामीसँग पाश्चराइज्ड दूधबाहेक अन्यको हकमा मापदण्ड थिएन, सबै बिरामीलाई एकै प्रकारको दूध खुवाउनु हुँदैन। यसले हानि गर्छ। बिरामीको रोगअनुसार फरक फरक दूध खुवाउनुपर्छ’, विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने, ‘प्रत्येक मुलुकमा विभिन्न प्रकारको गुण समावेश भएको दूध उत्पादन गर्ने र बजारीकरण गर्ने अध्यास छ तर हाम्रामा मापदण्ड नै नभएकाले उत्पादन, बजारीकरण र आयात प्रक्रियामा समस्या थियो। यस्ता समस्यालाई दीर्घकालीन रूपमा हटाउन चार प्रकारका दूधको मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याइएको हो।’
विभागका अनुसार नयाँ मापदण्डका आधारमा स्वदेशी डेरी उद्योगलाई पनि चार प्रकारका दूध उत्पादन र बजारीकरण गर्न बाटो खुलेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले केही समययता सुगन्धित र कम फ्याटयुक्त प्रशोधित दूध उत्पादन गरे पनि मापदण्ड नहुँदा बजारीकरणको समस्या थियो। ‘तर अब नेपालका स्वदेशी उद्योग र आयातकर्ताका लागि पनि बाटो खुलेको छ’, महानिर्देशक कर्णले भने, ‘मापदण्ड पालना गरी सरकारीसहित निजी क्षेत्रका डेरी उद्योगले नयाँ चार प्रकार र पाश्चराइज्ड गरी पाँच प्रकारका दूध उत्पादन गर्न सक्नेछन् भने आयातकर्ताले पनि मापदण्ड पूरा गरी भिœयाउन पाउनेछन्।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधलाई चार भागमा बाँडेर छुट्टाछुट्टै मापदण्ड तोकेको छ।
विभागले पूर्ण फ्याट भएको प्रशोधित दूधमा फ्याट कम्तीमा ५ प्रतिशत र दूधको चिल्लोबाहेक ठोसको मात्रा ९एसएनएफ० घटीमा ८ प्रतिशत हुनुपर्नेछ। यस्तो दूधमा कोलिफर्मको उपस्थिति शून्य र जिवाणुरहित हुनुपर्ने व्यवस्था छ। दूधको प्याकेट वा बट्टामा पनि उपभोक्ताले बुझ्ने भाषामा सन्देश सामग्री प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तै कम फ्याटयुक्त प्रशोधित दूधमा फ्याट झिकेर पाश्चराइज्ड गरिएको दूध यो समूहमा राखिएको छ। यसमा फ्याट घटीमा १.५ प्रतिशत र फ्याटबाहेक ठोस दूधको मात्रा ८ प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ। कोलिफर्म शून्य र जिवाणुरहित भएको हुनुपर्नेछ।
फ्याट नभएको प्रशोधित दूधको हकमा पनि कोलिफर्मको उपस्थिति र जिवाणु शून्य हुनुपर्नेछ। दूधमा फ्याटको मात्रा बढीमा ०.५ प्रतिशत र फ्यााटबाहेक ठोसको मात्रा ८ प्रतिशत हुनुपर्नेछ।