बाख्रा लाई खोरमा पाल्ने संगसंगै उस्ले खाने घास जस्तै भुइँ घास होस् वा रुख घास वा झारपात जुन प्रकृतिक रुप मा अनि कित्रिम रुपमा उत्पादन गरेको हुन्छ ।
जसलाई आफ्नु खान को रुप मा बाख्रा ले चरेर वा मानिस ले काटेर खुवाउने गरिन्छ यो परम्परागत को बाख्रा पालन हो । जसमा बाख्रा ले आफ्नु आबस्यक सन्तुलित खान प्राकृतिक रुपमा नै ग्रहण गर्दछ ।

तर स्टल फिडिंग यस्तो बिधि हो जसमा बाख्रा लाई सधै खोर मा नै पालेर खोर भित्र नै आबस्यक दाना, पानी, घास , पराल समेत घर भित्रै नै दिने गरिन्छ तो चै स्टल फिडिंग हो | जहाँ बाख्रा लाई बाहिर चर्न दियिदैन। स्टल फिडिंग भन्दैमा धेरै अन्न बाख्रा लाई दिने गरिदैन , जस्ले बाख्रा को बृदि बिकाश समेत कम हुने गर्छ ।बाख्रा लाई मोलासेस र युरिया उपचारित सुकेको घास पराल दिने गरिन्छ । यसको अलावा पेलेट दाना , मिनेरल्स ब्लक बनाएर समेत खुवायिन्छ ।

स्टल फिडिंग जहाँ ब्यबसायिक रुपमा धेरै बाख्रा पालना को लागि अपनाईने प्रणाली हो । जहाँ ठाउको अभाब छ , जहाँ धेरै बाख्रा पालन गर्नु पर्ने , जहाँ प्रसस्त हरियो घास र ढले घास को अभाब छ सो क्षेत्र मा यो बिधि उपयुक्त हुन्छ ।
यसको फाइदा हरु :

१. सजिलै बाख्राको हेरचाह र थोरै क्षेत्र मा धेरै बाख्रा पालन सकिने ।
२. बाख्राको मल मुत्र लाई संकलन गर्न सजिलो हुने ।
३. बाख्राको जात , उमेर , र बृदि बिकाश को अनुमान मा के कति दाना पानी कुन लाई दिने सो को निर्क्योल गर्न सकिने ।
४. अनाबस्यक प्रजनन , र बोका लाग्ने सम्भावना कम हुने , सहि जात को बिकाश गर्न सकिने ।
५. बाख्रा को लागत , अभिलेख राख्न सजिलो हुने ।
६. बाख्रा चराउन लाग्ने श्रम शक्ति को कटौती हुने ।
७. बाहिय जात र जनाबार बाट सर्ने रोग , परजीबी को रोगथाम हुने ।
८, छोटो समय मा बाख्रा को बृदि बिकाश राम्रो हुने हुदा उत्पादन संगै मुनाफा समेत् बढ्ने गर्दछ ।

कसरि पाल्ने त स्टल फिडिंग मा बाख्रा ?

जात को छनोट :

मासु को लागि स्टल फिडिंग उपयुक्त हुने हुदा मासु को लागि पालिने जात हरु हामीले छनोट गर्नुपर्छ । जात हरुमा बोयर , स्पनिश किको , ब्लाक बंगाल, सिरोहि , फ्रिसियन , जमुनापरी लाई छनोट गर्नु राम्रो हुन्छ । बाख्रा को जात छनोट गर्दा रोग नलागेको र गुणस्तरीय पाठा पाठी को छनोट गर्नु पर्छ ।

घर /खोर को सरचना :

एउटा वयस्क बाख्रा को लागि स्टल फिडिंग प्रणाली बाट पाल्ने हो भने १० स्क्वायर फिट हुनु पर्छ । बाख्रा को खोर बनाउदा कंक्रिट , काठ र बाँस को प्रयोग गर्दा सफा गर्न सजिलो हुन्छ । उपयुक्त भेन्तिलेसन को लागि ठुलो धोका बाख्रा को खोर भित्र र बाहिर हुनुपर्छ । जाडोको मौसममा खोरलाई जुटको बोराले ढाक्ने भने भुइमा पराल र सोत्तरहरु बिछाउनु पर्छ ।

सुरुको दिन बाख्रा हरुलाई खोर मै थुनी रहदा कराउने , खान नखाने हुन सक्छ तेस्तो अवस्थामा बाख्रा लाई सुरुकोकेही दिन केहि घण्टा छोडेर पाल्नु पर्छ । पाठा पाठी को हकमा भने केहि समय छोड्नु पर्छ अनि तिनी हरुको लागि आब्यसक हेरचाह र छुटै खेल्ने ठाउमा बनाउनु पर्छ ।

सुरुको पाठा पाठी लाई दिन मा १० देखि १२ चोटी सम्म दुध खुवाउनु पर्छ । १ देखि १.५ के जी को बाख्रा लाई २५ओ देखि ३०० ग्राम प्रति दिन दुधको अब्यस्कता पर्छ ।  एक महिना को भए पछि अन्य भिटामिन र सप्लिमेंट हरु खुवाउनु पर्छ । २ -३ महिना सम्म पाठा पाठी लाई दुध खुवाई रहनु पर्छ ।

दाना पानी :

1.बाख्रा लाई उसको शरीर को तौलको ४ देखि ५ % दाना दैनिक खुवाउनु पर्छ ।

2.जसमा ६० देखि ८० प्रतिसत खाना मा रेसादार खानेकुरा हुनुपर्छ ।

3.रेसादार खाना को आपूर्ति घास, पराल र हे बाट प्राप्त हुन्छ ।

4.बाकी २०देखि ४० % खानेकुरा चै अन्य सप्लिमेन्ट हरु हुनुपर्छ ।

5.एउटा खसी परेको बाख्रा लाई दैनिक १ देखि १.५ के जी हरियो घास , २०० देखि २५० ग्राम सम्प्लिमेंट चाहिन्छ ।
सप्लिमेन्ट यसरि तयार गर्न सकिन्छ :

Feed Ingredients Percentage (%)
Broken Rice/Wheat/Maize : 12.00
Flour, Wheat/Rice Bran :47.00
Pea Bran : 16.00
Soybean/Sesame/Coconut/Mustard Cake : 20.00
Dried Fish Powder : 1.50
Dicalcium Phosphate : 2.00
Salt : 1.00
Vitamin Mineral Premix : 0.50
Metabolic Energy (MJ/kg) : 10.00
Metabolic Protein (grams/kg) : 62.00

यसको अलवा घासखेति , स्वास्थ्य उपचार , माऊ र पाठा पाठी को ब्यबस्थापन , अन्य ब्यबस्थापन र बजार को समेत ख्याल गर्नु पर्ने हुन्छ । यस बिधि बाट पालीएको बाख्रा लाई १२ देखि १५ महिना मा बेच्न सकिन्छ ।