फर्सिवाली गृष्म र बर्षा मौसममा लगाउने वाली हो । पाकेको फर्सिमा मुख्य रुपले भिटामीन ए पाइन्छ   फर्सि खेतीको लागी ६.५-७.५ पि.एच भएको दोमट र पानीको राम्रो निकास भएको माटो चाहिन्छ ।
1. फर्सि कति किसिमका हुन्छन् ?

बानस्पतिक गुणका आधारमा फर्सि  तीन किसिमका हुन्छन्:

(क) नेपाली फर्सि

(ख) हिउँदे फर्सि

(ग) सुख्खा तथा गर्मियामका फर्सि जसलाई स्क्वास पनि भनिन्छ ।
2. नेपाली फर्सि भनेको के हो ?

बर्षायाममा उत्पादन हुने फलको आधारमा दुई किसिमका फर्सिहरु नेपालमा उत्पादन हुन्छ ।
3. फलको आधारमा कस्तो कस्तो फर्सिहरु उत्पादन हुन्छन?

फलको आकारको आधारमा फर्सिलाई जाते (गोर्लो थेप्चा आकारका) र मादले (लाम्चा मादल आकारका) उत्पादन हुन्छ ।
4. कुन आकारको फर्सि राम्रो र मिठो हुन्छ ?

मादले भन्दा जाते फर्सि मिठो र राम्रो हुन्छ ।
5. नेपालमा लगाइने फर्सिका जातहरु के के छन् ?

स्थान र हावापानी अनुसार नेपालमा बिभिन्न जातका पर्सिबाली लगाउने गरिएको छ, जस्तै अषारे फर्सि,  ब्लाक ब्यूटी, स्थानिय, ग्रीन वल, वुलाम हाउस, रोण्डो आदी ।
6. यी सबै जातको फर्सिको बेर्ना सार्ने समय एउटै हो कि फरक फरक हो ?

प्रायः जसो जातहरुको बेर्ना सार्ने समय एकै भए पनि कुनै कुनै जातको समय फरक पनि हन्छ ।
7. अषारे जातको फर्सि कहीले लगाइन्छ ?

अषारे जातको फर्सि उच्च पहाडमा बैसाख-जेठ, मध्य पहाडमा फागुन-चैत्र र तराईरबेशीमा माघ-जेठमा लगाइन्छ ।
8. ब्लाक ब्यूटी जातको फर्सि कहीले लगाइन्छ ?

ब्लाक ब्यूटी जातको फर्सि उच्च पहाडमा बैसाख-जेठ, मध्य पहाडमा फागुन-चैत्र र तराई र बेशीमा माघ-जेठमा लगाइन्छ ।
9. स्थानिय जातको फर्सि कहीले लगाइन्छ ?

स्थानिय जातको फर्सि उच्च पहाडमा बैसाख-जेठ, मध्य पहाडमा फागुन-चैत्र र तराई र बेशीमा माघ-जेठमा लगाइन्छ ।
10. ग्रीन वल जातको फर्सि कहीले लगाइन्छ ?

ग्रीन वल जातको फर्सि उच्च पहाडमा बैसाख-जेठ र मध्य पहाडमा फागुन-चैत्रमा लगाइन्छ ।
11. बुलाम हाउस जातको फर्सि कहीले लगाइन्छ ?

बुलाम हाउस जातको फर्सि उच्च पहाडमा बैसाख-जेठ र मध्य पहाडमा फागुन-चैत्रमा लगाइन्छ ।
12. रोण्डी जातको फर्सि कहीले लगाइन्छ ?

रोण्डी जातको फर्सि मध्य पहाडको लागी सिफारिस गरिएको जात हो र फागुन-चैत्रमा लगाइन्छ ।

13. नेपालमा वर्णाशंकर जातको पनि फर्सिं पाइन्छ ?

सोनार ०२२ भन्ने वर्णशंकर जातको फर्सिं  नेपालमा २०६६ सालमा सिफारिस भयको छ।
14. सोनार ०२२ जातको फर्सि कहाँ कहां उत्पादन गर्न सिफारिस भएको छ ?

सोनार ०२२ जातको फर्सि कहाँ कहां उत्पादन गर्न सिफारिस भएको छ ?
15. सोनार ०२२ जातको फर्सिको उत्पादन क्षमता कति हो ?

बढिमा ५५ मे.टन/हेकटर हो ।
16. पहाडी क्षेत्रमा कुन महिनामा वाली लगाउन सकिन्छ ?

वैसाख जेठ महिना भित्र ।
17. मध्य पहाडमा वाली लगाउने समय कुन हो ?

फागुन देखि चैत सम्म ।
18. वेशी र तराई क्षेत्रमा वाली लगाउने समय के हो ?

माघ(फागुन) सम्म।
19. वाली लिने समय कहिले कहिले हो ?

पहाडमा भदौ देखि असौज सम्म तराई र वेशीमा वैशाख देखि भदौ सम्म ।
20. फर्सि वालिको प्रति रोपनि वीउ कति लाग्छ ?

१२५ ग्राम वीउको आवश्यकता पर्दछ ।
21. फर्सि वालिको वीउ कति कति दुरिमा लगाउने हो ?

हार वाट हार २ मिटर र वोट वाट वोट पनि २ मिटरको फरकमा वीउ वा वेर्ना रोप्ने ।
22. एक ठाउँमा कतिवटा वीउ वा वेर्ना रोप्ने ?

वीउ रोप्दा २ दाना रोप्ने र वेर्ना भए पछि २ मध्ये एउटा लाई मात्र राख्ने ।  वेर्ना रोप्दा १ वटा मात्र रोप्ने ।
23. फर्सि रोप्ने जमिनको तैयारी कसरी गर्नु पर्छ ?

२-३ पटक जोत्ने र डल्ला मसिनो पार्ने । २/२ मीटरको चौडां डयाङ्ग वनाउने र विचमा ३० से.मि को कुलेसो वनाउनु पर्छ ।
24. फर्सि खेतिको लागी मलको आवश्यक कतिको पर्छ ?

एक रोपनि जग्गामा १५०० के. जी गोवर मल, ५ के.जि नाइट्रेजन, ३ के.जी फसफोरस र ३ के.जी पोटास मलको आवश्यकता पर्दछ ।
25. फर्सि खेतिको लागी सिंचाईको कतिको आवश्यता पर्दछ ?

पानी नपरेको अवस्थामा वीउ रोप्दा र वेर्ना सार्दा सिंचाई पानी दिनु पर्छ र ६-१० दिनमा नियमित सिंचाई गरि रहनु पर्दछ ।
26. फल पाक्न थाले पछि पनि सिंचाई गर्नु पर्छ ?

फल पाक्न थाले पछि सिंचाई पानी हाल्न कम गर्दै जानु पर्छ ।
27. फर्सिवाली लाई सिंचाई पानी हाल्ने राम्रो तरिका के हो ?

फर्सि वाली २/२ मीटरको दुरीमा वोट रोप्ने हुनाले पानिको उपयोग बढाउन वोट वोटमै पानी हाली सिंचाई गर्नु फाइदा जनक हुन्छ ।
28. सिंचाई गर्न श्रम कम लाग्ने उन्नत तरिका के हो ?

पानी र श्रम कम लाग्ने २ वटा उन्नत तरिका हुन (१) घैटो सिंचाई र (२) थोपा सिंचाई प्रविधी ।

29. घैटो सिंचाई भनेको के हो ?

फर्सिको विरुवाको नजिकै पार्ने गरी माटोको घैटो आधा गाड्ने र सो मा पानी भर्ने । घैटो वाट पानी रसाएर विरुवाको जरा सम्म पुगि पानीको अवश्यकता पुरा हुने भएको हुदाँ यसलाई घैटो सिंचाई प्रविधी भनिएको हो ।
30. थोपा सिंचाई प्रविधि के हो ?

प्लास्टीक पाइपको सहायताले विरुवाबो फेदमा थोपा थोपा गरी पानी चुहाउने प्रविधीलाई थोपा सिंचाई भन्निछ ।
31. लहरे वाली भएकाले थाँक्रो दिन आवश्यक पर्छ कि पदैन ?

राम्रो उत्पादन लिनको लागी फर्सिलाई बलियो थाँक्रो दिनु पर्छ ।
32. फर्सिको वोट वाट के कस्ता उत्पादन लिन सकिन्छ ?

हरिया मुन्टा सागको रुपमा र हरियो तथा पाकेको फल तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।

33. फर्सिको हरियो फल कसरी टिप्ने ?

फर्सिको हरियो फलहरु ७ –१० से .मि फलको भेट्नु सहित टिप्नु पर्छ ।
34. कस्तो फललाई लामो अवधीसम्म भण्डार गर्न सकिन्छ ?

घाउ चोट नलागेका परिपक्क फललाई लामो अवधीसम्म भण्डार गर्न सकिन्छ ।
35. फर्सि बालीलाई क्षति पुर्याउनु मुख्य करिाहरु कुन कुन हुन ?

फर्सि बालीलाई क्षति पुर्याउनु मुख्य करिाहरुमा रातो खप्टे, फल कुहाउने औंसा, थोप्ले खप्टे र लाही हुन् |
36. फर्सिमा लाग्ने किराहरुलाई नियन्त्रण गर्न के गर्नु पर्छ ?

फर्सिमा लाग्ने किराहरुलाई नियन्त्रण गर्न निममा आधारित किटनाशक बिषादी २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने । रसायनिक बिषादी प्रयोग गर्नु परेमा मालाथियन ५० प्रतिशत  इ.सि. २ मि.लि. प्रति लिटर पानी   मिसाई छन । लाही किराको हकमा सुर्तिको झोल बनाई छर्ने, गाईबस्तुको मुत्र र पानी (१:४) को अनुपातमा मिसाई २-३  दिनको फरकमा छर्ने ।
37. फर्सिमा लाग्ने किराहरुलाई नियन्त्रण गर्न अन्य उपाय के छ ?

फर्सिमा लाग्ने किराहरुलाई नियन्त्रण गर्न अन्य उपायमा क्यूलियर फेरोमोन पासोको प्रयोग गर्ने, औंसालागी कुहीएर झरेका फललाई बटुली गहीरो खाडलमा पुरिदिने र ब्यक्ट्रोसेरा कम्पोजिटी ल्यूरको प्रयोग गर्नु पर्छ |
38. फर्सि बालीमा लाग्ने मुख्य रोगहरु कुन कुन हुन ?

फर्सिमा लाग्ने मुख्य रोगहरु पाउडरी मिल्डयू, डाउनि मिल्डयू,, कुकुम्बर मोज्याक र स्क्वास  मोज्याक भाइरस हुन |
39. फर्सिमा लाग्ने रोगहरुलाई नियन्त्रण गर्न के गर्नु पर्छ ?

फर्सिमा लाग्ने रोगहरुलाई नियन्त्रण गर्न खेतबारीलाई सफा राख्ने, बेभिष्टीन १ ग्राम प्रति लिटर पानी अथवा थायोनेट मिथाईल ७० प्रतिशत डब्लु.पि. १.५ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने |
40. फर्सिमा लाग्ने भाईरस रोगबाट बचाउन के गर्नु पर्छ ?

फर्सिमा लाग्ने भाईरस रोगबाट बचाउन रोगी बोट देखा पर्ना साथ उखेलेर नाष्ट गर्ने, स्वस्थ्य बिउ रोप्ने र रोग सार्ने खपटे किरा र लाही किराको नियन्त्रण गर्ने |