काठमाडौ । यस वर्ष करिब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने भएको छ । बाढी पहिरोका कारण धान खेत नराम्ररी प्रभावित भएपनि यस वर्ष धान उत्पादन उल्लेख्य रुपमा बढ्ने भएको हो ।

कृषि विकास मन्त्रालयले प्रक्षेपण गरेको तथ्यांकअनुसार गत वर्ष भन्दा यस वर्ष तीन लाख मेट्रिक टन बढी धान उत्पादन हुने भएको हो । गत वर्ष ५२ लाख ३२ हजार टन धान उत्पादन भएको थियो ।

तराईका विभिन्न जिल्लाबाट गत वर्षहरुमा भन्दा बढी धान उत्पादन भएको रिपोर्टहरु आइरहेको छ । केही हिमाली तथा पहाडी जिल्लामा भने केही दिन अघिको असिना पानीले धान झारेको भएपनि समग्रमा धान उत्पादन विगत पाँच वर्ष यताकै उच्च हुने मन्त्रालयको प्रक्षेपण छ ।
कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाकाअनुसार धान उत्पादनमाय वर्ष नयाँ इतिहास कायम हुनेवाला छ । मन्त्रालयले प्रर्याप्त मात्रामा रासायनिक मल तथा औषधीमूलो उपलब्ध गराएको भए यस वर्ष ६५ लाख मेट्रिक टन धान उत्पादन हुन सक्ने बताइन्छ । केही स्थानमा प्रतिकूल अवस्था भएपनि यस पटक धान उत्पादन बढी हुनुको पछाडि मनसुनको सहजता तथा सरकारले अगाडि सारेको जोन कार्यक्रम पनि प्रमुख रहेको छ ।