पोखरा। पर्यटकीय नगरी पोखरामा बर्डफ्लु भेटिएको छ । कास्कीको पोखरा – १८ खाल्टेमसिना निवासी मिना परियारले पालेका हाँस कुखुरा मरेपछि जाँच गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

कास्की जिल्ला प्रशासनले शनिबार बिहान खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गर्दै पंछिजन्य वस्तु बिक्री वितरण र ओसारपसार नगर्न अपिल गरेको छ ।

परियारको घरमा पालिएका ११ वटा लोकल कुखुरा र १७ वटा हाँस मरेपछि फागुन ६ गते सेम्पलिङका लागि क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला पठाइएको थियो ।

क्षेत्रबाट केन्द्रीय पशुरोग अन्वशेषण प्रयोगशाला पठाइएकोमा जाँच गर्दा बढी संक्रमित हुने एच–फाइव एन–वान जिवाणु भेटिएको हो । नेपालमा २०६५ साल माघमा पहिलोपटक झापाको मेचिनगरमा बर्डफ्लु भेटिएको थियो ।

पशुपक्षी विकास मन्त्रायको प्राबिधिक टोली पोखरामा आजै साझ सम्म विस्तृत विरिण आउने सचिव युवकध्वज जि सि द्धारा जानरीका