काठमाडौं। विगत लामो समयदेखि प्रतीक्षामा रहेको राष्ट्रिय किसान आयोगको अध्यक्षमा चित्र व.श्रेष्ठ नियुक्त भएका छन् । फाल्गुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय किसान आयोगको अध्यक्षमा चित्र व.श्रेष्ठ नियुक्त गरेको हो ।

मुलुकको अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको कृषिक्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गरी किसानको हकहितको संरक्षण एवम् प्रवर्द्धन गर्ने मुख्य लक्ष्यसहित राष्ट्रिय किसान आयोगलाई पुर्णता दिएको मन्त्रालयले जानकारी गराएको छ ।

कृषिसम्बन्धी ऐन, कानून, नीति तथा योजना तर्जुमाका साथै कृषि अनुसन्धान र प्रसारलाई किसानमैत्री बनाउँदै कृषकको हकहित अधिकारको रक्षा गरी कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य उक्त आयोगको रहेको मन्त्रालयले बताएको हो ।
नियुक्त पश्चात अध्यक्ष श्रेष्ठले यो किसानको साजा चौतारी भएकाले यसमा सवै अट्ने र सवैलाई समेटेर लैजाने प्रङ्खिावद्धता व्यत्त गर्नुभयो ।