संखुवासभा। पूर्वमै प्रख्यात संखुवासभामा पाइने असला माछाको माग बढेको छ । संखुवासभाको सभा, हेवालगायतका स्थानीय खोलामा पाइने असला माछा छिमेकी जिल्लासहित विदेशसम्म निकासी हुन थालेपछि माग बढेको हो ।

माछा सुकाएर पेरुङ्गोमा प्याक गरी कोसेलीका रुपमा धनकुटा, सुनसरी, मोरङसहित अमेरिका र युरोपका देशमा कोसेलीको रुपमा पठाउने गरिएको छ ।

प्रतिपेरुङ्गो एक हजारदेखि एक हजार ८ सय रुपैयाँसम्ममा बिक्री हुने माछा एउटा हटियामा तीन लाख ५० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको स्थानीय ब्यापारी चित्रबहादुर श्रेष्ठले जानकारी दिए । उच्च क्षेत्रका खोलामा पाईने माछा स्वादिष्ट र स्वास्थ्यकर हुने भएकाले माग बढेको हो ।