काठमाडौं। सरकारले २८ दिनदेखि रिक्त रहेको पशुपन्छी विकास मन्त्रालयको सचिवमा डा युवकध्वज जिसीलाई बढुवा गरेको छ ।कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसी यस अघि दुई पटक सचिव बढुवाका लागि सिफारिसमा परेका थिए ।

तेस्रो पटक सचिव नियुक्तिका लागि सिफारिसमा परेका जिसीलाई माघ ६ गते बसेका मन्त्रीपरिषद्को निर्णयले सचिवमा बढुवा गरेको थियो ।

आज मंगलबार मात्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पत्र बुझेपछि जिसी सचिव पक्का भएका छन् ।

कृषि विकास मन्त्रालयबाट विभाजित भई बनेको पशुपन्छी विकास मन्त्रालय स्थापनाको एक बर्षको अवधिमा चौथो सचिवका रुपमा मन्त्रालयले युवकध्वज जिसीलाई पाएको छ ।

क्लष्टरका आधारमा सचिव बढुवा गर्ने सरकारले निर्णय गरेपछि कृषि तथा बन समूहका सहसचिवले मात्र कृषि, पशपन्छी, बन तथा वातावरण मन्त्रालयको सचिव बन्न पाउने छन् ।

क्लष्टरका सहसचिवहरु मध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा एक नम्वरमा रहेको कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसी सचिवमा बढुवा भएका हुन् ।