संसारका मुख्य खाद्यवालीहरु मध्ये प्रति हेक्टर उत्पादनमा पहिलो र कुल उत्पादनमा चौथो स्थान ओगटने बाली आलु हो । हाम्रो देशमा पनि करिव २०० वर्ष अघि देखि आलु लगाईदै आइएको छ ।

विउ आलु उम्रन ८ डी .से तापक्रम चाहिने भएता पनि २० डी.से. को तापक्रममा यसको राम्रो उत्पादन हुन्छ । आलु खेतीबाट थोरै जग्गामा पनि अधिकतम आर्थिक लाभ लिन सकिने हँुदा यसको लोकप्रियता बढ्दै गएको पाईन्छ ।

व्यवस्थित तरिकाले खेती गर्न नसकेको खण्डमा डढुवा जस्ता माहामारी रोग लागी सम्पूर्ण वाली नष्ट हुने हुदाँ कृषकहरु यसबाट घाटा व्यर्होर्न पनि वाध्य भएका छन् । आलुवालीको मुख्य शत्रुका रुपमा रहेको यो रोग एक प्रकारको ढुसीका कारणले लाग्छ ।

एजथतयउजतजभचब ष्लाभकतबलक नामक ढुसीबाट लाग्ने यो रोग सर्वप्रथम नेपालमा २०३२ सालमा देखिएको हो । यो रोग माहामारीको रुपमा फैलिएमा ९० प्रतिशत सम्म उत्पादनमा नोक्सान पु¥याउन सक्छ ।

विरुवा हुर्केपछि आलुको पात, डाठँ तथा गेडा सबै भागमा, जुन अवस्थामा पनि लाग्न सक्ने यो रोग भण्डारणको समयमा समेत देखा पर्दछ । चितवनमा गरिएको एक अध्ययन अनुसार यो रोग कार्तिक महिनाको मध्य समयदेखि माघको मध्य सम्म बढी मात्रामा लाग्ने गर्दछ । नेपालमा यो रोग तराइमा जाडो समय र पहाडमा गर्मी समयमा धेरै पाइन्छ ।

सन १८४५ मा युरोपमा यो रोग माहामारीको रुपमा फैलिदा आइल्याण्डमा पुर्ण रुपमा आलु वाली नष्ट गरी भोकमरी हुदा लाखौको ज्यान गएको थियो । खेतवारीमा यसको असर कम देखिने भएता पनि उत्पादन लिदा र भण्डारण गर्दा कुहिन गई ठूलो नोक्सान गराउने हुदा वैज्ञानिकहरु विभिन्न तरिकाबाट यसको नियन्त्रण गर्न प्रयासरत छन । नेपालमा यसबाट औषत १५ .५ प्रतिशत मात्र क्षतिको मुल्याङ्कन गर्ने हो भने पनि आ.व २०६४–६५ को उत्पादन तथ्याङ्क ९२०, ५४,८१७ मे टन० लाई आधार मान्दा प्रति वर्ष रु ३ अर्व ६२ करोड भन्दा वेसिको क्षति हुने गरेको अनुमान सहजै गर्न सकिन्छ । यस कारण यसको उचित व्यवस्थापन र नियन्त्रण गर्न अत्यन्तै आवश्यक रहेको छ ।

डढुवा रोगको लक्षणहरु :
सुरु–सुरुमा तल्लो पातको किनारमा वा टुप्पामा स–साना पानीको थोपाले कपडा भिजेको जस्तो दाग देखा पर्छन् जुन हल्का हरियो रंगको हुन्छ र केहि दिन भित्रै यी दागहरु खैरो वा हल्का कालो रंगमा वदलिएर जान्छन ।

विहानीपख वा वादल लागेको अवस्थामा पातको तल्लो सतहमा हेर्यो भने कपासका त्यान्द्रा जस्ता मसिना भुवादार ढुसीहरु आँखाले सजिलै देख्न सकिन्छ ।

मौसम अनुकुल हुदै गएमा ढुसीको व्यापक वृद्धि हुदै जाने हुन्छ, जसले गर्दा डाँठहरुमा र फलमा आक्रमण गरी खैरो वा कालो दागहरु बढ्दै जान्छन र अन्त्यमा छिटै पुरै बोटहरुलाई डढाएर मारिदिन्छन् ।

यसरी निरन्तर चिस्यान भएको अवस्थामा जमिनमाथिको सम्पुर्ण भाग डढ्न थाल््छ र कुहिएको गन्ध आउन थाल्छ । केहि समय भित्रै सम्पुर्ण खेत नै डढुवाले ग्रसित बन्न पुग्छ । यदि मौसम सुख्खा भयो भने दागहरुमा वृद्धि नभई खुम्चने र पात डढ्ने हुन्छ ।
पात तथा डाठमा विकास भएका ढुसीहरु माटोमा झरेर आलुको दानामा पनि असर पार्ने गर्दछ । रोग लागेका गेडामा कालो, खैरो र प्याजी पानी फोका जस्ता धब्बाहरु देखिन थाल््छ ।

यस्ता रोग लागेका दानालाई बीचमा काटेर हेर्दा भित्रको गुदी खैरो देखिन्छ भने सतह दविएको जस्तो हुन्छ ।जीवाणुको मुख्य स्रोत
माटो र हावामा रहेका ढुसीहरु नै यो रोगको मुख्य स्रोत हो । खेतवारीका छेउछाउमा फ्याकिएका आलुका बोटहरु, झारपातका ठूटाहरु, रोगग्रस्त वीउहरु यस रोगका स्रोतहरु हुन् ।

रात्रीमा धेरै शीत पर्ने, दिउँसो वादल लाग्ने, सिमसिम वर्षा भई वातावरणको तापक्रम १०–१८ डी .से. र सापेक्षिक आद्रता ८५–९५ प्रतिशत सम्म रहेको अवस्थामा यो रोग तिव्र रुपमा फैलिदै जान्छ र ७–१० दिन भित्र आलुको पुरै पलट डढेलो लागेको जस्तो देखिन्छ ।

डढुवा रोगको चक्र:

माटोमा रहेका ढुसीको अवस्था ९इयकउयचभक० उम्रन थाल्दछ र अनेकौ वीजहरु पैदा हुन्छन्। यी वीजहरुद्धारा जरामा पहिलो आक्रमण हुन्छ अथवा हावाद्धारा यी विजहरु फैलीइ पातमा वा अन्य जमिन माथिको भागहरुमा आक्रमण गर्दछ । खासगरी डढुवा रोगको प्रकोप बढ्नुको लागि ४ वटा मुख्य निम्न अवस्थाहरुको आवश्यकता पर्दछ ।

कमसेकम ४ घण्टासम्म रातमा सित परेको ।

कमसेकम १० डिग्री सेल्सियस वा सो भन्दा अलिकति माथिको न्युनतम तापक्रम भएको ।

भोली पल्ट वादल लागेको र २४ घण्टा भित्र अलिकति वर्षा भएको ।

यस्तो प्रकारको वातावरणले रोगलाई माहामारीको रुपमा फैलाउछ ।

२४ घण्टा भित्रै जम्मै वाली सखाप हुने पनि सम्भावना हुन्छ ।

यसरी तापक्रम र सापेक्षित आद्रता उपयुक्त भएको अवस्थामा यो रागले सहजै महामारीको रुप लिन्छ ।

रोग नियन्त्रण गर्ने तरिका :
रोगी झारपातका ठुटाहरु, रोगी फल र अन्य झारपातलाई एकै ठाँउका जम्मा गरी जलाउने ।

रूख, विरुवा, काल्लो वा पहाडको छाँया नपर्ने अथवा पारिलो ठाँउमा मात्र आलु लगाउने ।

बोटहरुको बीचमा हावाको सञ्चार जरुरी हुने भएकोले सिफारिस भन्दा बाक्लो गरी नरोप्ने ।

मौसमको विचार गरी ठिक–ठिक मात्रामा सिंचाई गर्नुपर्छ र साथै निकासको व्यवस्थापन मिलाउने । सिचाँइद्धारा पनि रोग फैलिन सक्छ ।

उचित मलखादको प्रयोग गर्नुपर्छः नाइट्रोजन, फस्फोरस र पोटास ९ल्एप्० क्रमसः १००ः१००ः६० कि.ग्रा.प्रति हेक्टर उपयुक्त मानिन्छ ।
रोग लागेको क्षेत्रको विउ प्रयोग गर्नु हुदैन ।

रोग रहित विउ छनौट गर्नु पर्छ ।

आलु उत्पादन लिदा घमाइलो र सुख्खा दिनमा गर्नुपर्छ ताकी फल दुसित नहोस । भण्डारण गर्दा पनि रोग लागेको र नलागेको छुट्याउनु पर्छ ।
रोगले संक्रामक रुप लिन सक्ने अवस्थामा राम्रो उकेरा दिएमा दानामा रोगले असर गर्न पाउदैन ।

खन्नु १५ दिन अगावै आलु दाना माटामै राखी सम्पुर्ण बोटहरु हटाउने ।

जसले गर्दा खन्न सहज हुनुका साथै फल राम्रो हुने गर्दछ ।

धेरै सानो आकारका विउ प्रयोग गर्न हुदैन, सानो विउहरु रोगी हुने सम्भावना धेरै रहन्छ ।

निरन्तर अनुगमन गरिरहनु पर्छ र रोगी बिरुवा देखिना साथ हटाईदिनु पर्छ ताकी अरुमा सर्न नपाओस ।

मौसम अनुरुपको सुरक्षा उपाय :

रोग लाग्ने अनुकुल वातावरण छल््ने गरी उपयुक्त समयमा आलु रोप्ने, कम्तीमा रोपेको ७५ दिन सम्म रोगको वातावरण नआओस । जस्तो कि तराइमा मंसिर–पुष महिनामा रोगले बढि असर गर्ने भएको हुँदा असोज वा मंसिरको अन्त्य तथा पुषको सुरुमा लगाएको वालीमा डढुवा रोगको प्रकोप कम हुने गर्छ ।

रोग अवरोधक जात लगाउने :

पूर्ण रुपमा डढुवा अवरोधक जातहरु उपलब्ध नभएतापनि धेरै हदसम्म अवरोधक भएका जातहरु द्धारा नियन्त्रण गर्न सकिन्छ । यस्ता जातहरुमा कुफ्रिज्योति, खुमलसेतो–१, कुफ्रि बादशाह, जनकदेव, खुमल लक्ष्मी, कार्डिनल, खुमल रातो आदि ।

रासायनिक विधिबाट रोगको उपचार :

विउ उपचार गर्ने :

यो रोगको ढुसी वीउको बाहिरी र भित्रि सतहमा समेत पुगेको हुन्छ । वीउबाट पनि रोग सर्न सक्ने भएकाले वेभेष्टिन नामक ढुसी नाशक विषादी ०.०१५ प्रतिशत वीउमा राम्ररी मिलाई विउ उपचार गर्नु पर्दछ अथवा भण्डारण गर्नुपूर्व उपचार गर्ने । यसका साथै विउलाई १ः१००० ज्नऋद्दि ९मरक्युरिक क्लोराइड० को झोलमा डुबाएर पनि उपचार गर्न सकिन्छ ।

झोल बनाएर छर्कने :

रोग फैलनबाट बचाउनको लागि झोल बनाएर विषादी छर्कन सकिन्छ । वीउ रोपेको २१ दिनपछि अथवा ६–८ इन्च लामो भएपछि पहिलो पटक छर्कने र प्रत्येक १० दिनको फरकमा छर्कन सकिन्छ, यसरी जम्मा ४–५ पटक सम्म विषादी छर्नुपर्छ । मुख्य गरी यसमा प्रयोग गर्न सकिने विषादी जस्तैः– साइकोक्जालीन र म्यान्कोजेव,क्लोरोथालोनिन,कपर अक्सिीक्लोराइड वा डाइमेथोमर्फ प्राविधिको सल्लाह अनुसार स्प्रो गनेै ।

वीउ भण्डारणमा ध्यान पु¥याउने :

वीउ भण्डारण उचित भेन्टिलेसन भएको ठाँउमा गर्नुपर्छ । कोठाको तापक्रम ५–६ डी.से. भन्दा तल हुनुपर्दछ । वीउलाई भण्डारण गर्नुपूर्व अर्गानिक मर्किउरलले वीउलाई उपचार गन पर्छ ।

जैविक विषादीद्धारा व्यवस्थापन :

बजारमा पाइने निप्रोट ट्राइकोडरमा भिरिडी एक किसिमको जैविक विषादी हो । यसको प्रयोगबाट पनि डढुवा रोग धेरै मात्रामा नियन्त्रण हुने गरेको पाइन्छ । यसलाई निम्न अनुसार प्रयोग गर्न सकिन्छ ।

निप्रोट १० ग्राम प्रति लि पानीमा मिसाएर छर्ने :
विषादी छर्दा पातको तल, माथि, डाँठ आदि सबै भाग राम्रोसंग भिज्ने गरी छर्नुपर्छ । शीतमा वा मध्यान्नको चको घाममा छर्नु हुदैन र साथै पानी नपरेको बेला छर्नुपर्दछ ।

निस्कर्ष
। यो रोग लागिसके पछि नियन्त्रण गर्न ग्राहो हुने हुँदा लाग्नु पूर्व सर्तकर्ता अपनाई लाग्न नदिनु नै वेस हुन्छ । यसको लागि वाली लगाउनुपूर्व वीउ उपचार देखि वाली लगाई सकेको २१ दिनपछि १० दिनको फरकमा अवस्था हेरी ढुसीनाशक विषादीहरु स्प्रे गर्नाले सहजै नियन्त्रण हुनसक्छ । यसका साथै खेती गर्ने तरिका, समय र रोग प्रतिरोधक जातको छनौट गरेर पनि धेरै हदसम्म रोग नियन्त्रण गर्न सकिन्छ । यसरी डढुवाको उचित व्यवस्थापन र नियन्त्रण गर्न सकेको खण्डमा आलु खेतीबाट मनग्य आर्थिक लाभ प्राप्त गर्न सकिने कुरा स्पष्ट छ