गोपाल आले मगर

काठमाडौ । काठमाडौ उपत्यकाको सवैभन्दा ठूलो तरकारी तथा फलफूल बजारमा बुधवार ठूलो परिणामा बिषादी भएको गोलभेडा भेटिएपछि बालुवामा पानी मात्र होइन बाली संरक्षण निर्देशनालय प्रति नै गम्भिर प्रश्न खडा भएको छ ।

बिषादी नियन्त्रण गर्न जिम्मेवारी लिएको बाली संरक्षण निर्देशनालय र त्यस मातहातका निकायहरुको औचित्यमाथि नै प्रश्न खडा भएको हो।

बुधवार कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको बजार भित्र विक्री गर्न भारतबाट ल्याएको गोलभेंडामा अत्याधिक विषादी भेटिएपछि बाली संरक्षण निर्देशनालय र त्यसको औचित्य माथि नै प्रश्न खडा भएको हो ।

भारतबाट नेपालमा व्याबपार गर्नको लागि ल्याएको रुसतम मियाको पसलमा गोलभेेंडामा विषादी भेटिएको र गोलभेडामा ७९ प्रतिशत भन्दा बढी बिषादीको मात्रा पाइएपछि बाली संरक्षण निर्देशनालय बेजवाफ मात्र होइन आफै हाँसोका पत्र बनिरहेको छ ।

मिति २०७३ माघ ५ गते बिहान कालिमाटीका व्यापारी रुषतम मियाले भारतबाट गाडीबाट ३०० क्रेट गोलभेडा मगाएको र त्यस मध्ये नमूनाको रुपमा २९ वटामा क्रेटमा चेकजाँच गर्दा ७९ प्रतिशत भन्दा बढी विषादीको मात्र भेटिएको थियो ।

एक जाचको नमुना परीक्षण गर्न तीन घन्टा लाग्छ , विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाका प्रमुख मान वहादुर क्षेत्रीले भन्नुभयो, दिनमा पाचदेखि ६ थरीका नमुनामात्र परीक्षण गर्न भ्याइन्छ । स्मरण रहोस एउटा गाडी बाट ३०० क्रेट गोलभेडा मध्ये तीन घण्टा लगाएर एउटा मात्र नमूना परिक्षण गर्दा बाँकी रहेको २७१ वटा क्रेटको अत्याधिक बिषादी भएको गोलभेडा विक्रि वितरण भएका थिए ।

नमूनाको रुपमा परिक्षण गर्दा बिषादी भेटिएको गोलभेडा बाहेक बाँकी बिषादी युक्त २७१ क्रेट गोलभेडाको विक्री वितरण नरोक्नु र सिगो काठमाडौबासीलाई बिषादी युक्त गोलभेडा उपभोग गर्न बाध्य पार्ने राज्यको निकायहरुलाई कस्तो कार्वाही गर्ने, बिषादी भेटिएको गोलभेडालाई राजधानीबासीलाई खान बाध्य पार्ने बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्मालाई के भन्ने ? वा तिनी मातहातका निकायहरुलाई कार्वाही कस्ले गर्ने ? प्रश्न कृषि विकास मन्त्रालयलाई मन्त्रालयका मन्त्री गौरीशंकर चौधरीलाई ?

प्रमुख क्षेत्रीका अनुसार कार्य्विधि नै नबनी विषाक्त तरकारी पनि नष्ट गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । अत्यधिक विषादी भएका तरकारी फिर्ता पठाउने कि सरकारले जफत गरेर नष्ट गर्ने भन्नेबारे कानुनले निर्धारण गरेपछि मात्र प्रक्रिया अगाडि बढ्ने प्रमुख क्षेत्रीको भनाई छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार विषादी निषेध दर ३० सम्म भएको तरकारी मात्र खान सकिन्छ, त्यो पनि तीन दिनसम्म फ्रिजमा राखेर । त्यसभन्दा बढी विषादी भएको तरकारी नष्ट गर्नुपर्ने संगठनको निर्देशन छ । नेपालमा भने यो दर ४५ सम्म भए खाने छुट छ । परीक्षणबाट खराब देखिएपछि जफत गरिएका तरकारी के गर्ने, अहिलेसम्म कुनै कानुन छैन ।

कालिमाटी तरकारी बजार परिसरमा रहेको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालामा दैनिक रुपमा विषादीको मात्रा छ कि छैन भनेर ४÷५ वटा तरकारी ल्यावमा ल्याएर जाँच मात्र गरिन्छ । यसै सिलसिलामा जाँच गर्दा गोलभेंडामा अत्याधिक विषादी भटिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्मा बताउनुभयो ।

उहाँले भन्नुभयो, कालिमाटीको बिषादी परिक्षण प्रयोगशाला बिषादीलाई रोक्न नभई सचेतना, र अनुगमनका लागि मात्र भएको भनाई छ ।
छिमेकी मुलुक भारत लगायत अन्य देशबाट नेपाल भित्रिने तरकारीलाई सिमा नाका मै चेकजाँच गरि ल्याउनु पर्ने व्यवस्था भएपनि दुबै तर्फ त्यस्तो चेकजाँँच नुहँदा बिषादी युक्त तरकारी भित्रिरहेको कार्यक्रम निर्देशक शर्माको भनाई छ ।

कार्यक्रम निर्देशक शर्माकै भनाइ सुन्ने हो भने प्रष्ट हुन्छ की आम नेपाली उपभोक्ता दिनहुँ बिषादी युक्त तरकारी खान बाध्य छन, सिमा नाकामा बिषादी चेकजाँच गर्ने संयन्त्र नुहुन, भएको बिषादी प्रयोगशाला पनि नमूनका लागि अनुगमन र सचेतनाका लागि मात्र हुनु, र बिषादी भेटिएको तरकारीलाई नष्ट गर्ने प्रवाधान नहुँदा आम उपभोक्ताको स्वाथ्य माथि खेलवाड गर्ने राज्यका यी निकाय र बाली संरक्षण निर्देशनालयलाई जवाफदेशी कस्ले बनाउने, जिम्मेवारी लिएका कार्यक्रम निर्देशक स्वम शर्मालाई कस्ले जवाफदेशी बनाउने प्रश्न फेरि कृषि विकास मन्त्रालयलाई ?

यता व्यवसायीहरुले भने सरकारको मापदण्ड पारदर्शी नभएका कारण खुला सीमाका कारण क्रेन्टटाइनबाट भित्रिने गोलभेडालाई रोक्न नसक्दा यस्तो अवस्था आएको गुनासो छ ।

सरकारले वाहिरी देशवाट तरकारी आयात गर्न दिने, भन्सार लिने अनि क्वारेनटाईन चेकमा केहि समस्या नहुने अनि यहाँ आएपछि विषादी छ भनेर फालिदिँदा लाखैँको घाटा कसरी तिर्न सकिन्छ,यस्तै गरीरहने हो भने व्यवसाय वाट पलायन हुनुको विकलप नरहेको व्यापारी वताउँछन् ।

विषादीयुक्त तरकारी बिक्री गर्न दिएर सरकार आफैंले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड मात्र गरेको छैन, बिषादीको नियन्त्रण गर्ने भन्दै जिम्मेवारी पाएको बाली संरक्षण निर्देशनालयको औचित्य माथि पनि प्रश्न खडा भएको आम उपभोक्ताको गुनासो छ ।

बाली संरक्षण निर्देशनालयले कालिमाटी तरकारी बजारमा देखाउनका लागि मात्र भएपनि एउटा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला राखिएको छ, जहाँ कस्तो र कुन अवस्थामा तरकारीमा भएको बिषादी परिक्षण हुँदो रहेछ भन्ने उदघोष स्वम विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाका प्रमुख मान वहादुर क्षेत्री र कार्यक्रम निर्देशक शर्माको भनाइ पनि प्रयाप्त छ ।

बाली संरक्षण निर्देशनालयले बुधवार कालिमाटी तरकारी बजारमा भेटिएको बिषादी युक्त गोलभेडा घटनालाई जति सामान्य रुपमा लिएका छन त्यसको असर त्यो भन्दा बढी भयाभय छ । कार्यक्रम निर्देशक डिल्लीराम शर्माको भनाई फेरि एक पटक सुन्न हो भने लाग्छ कालिमाटी तरकारी बजारमा त्यस्तो केही भएकै छैन, जे भइरहेको छ त्यहाँको त्यो एउटा दैनिकी रुपमा हुने सामान्य परिक्षण हो, तर एउटा सिगो गाडीमा भएको बिषादी युक्त गोलभेडाको विक्री वितरण भइरहेको सिगो राजधानी वासीलाई त्यही बिषादी भएको गोलभेडा खान बाध्य पार्ने बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक शर्मालाई समग्र घटना सामान्य लाग्नु केवल हासोको पत्र मात्र भन्न सकिन्छ ।
आम उपभोक्ताको स्वाथ्यलाई हेर्ने हो भने यो एउटा कुनै बहसको बिषय मात्र होइन, सिगो कृषि विकास मन्त्रालय र त्यस मातहातका निकायहरु प्रति आम उपभोक्ता प्रतिको जनविश्वास पनि कम हुदै जाने निश्चित छ ।

यता आम उपभोक्ताको अधिकारलागि लडने अधिकारीकर्मी संघसंस्थाहरु पनि बाली संरक्षण निर्देशनालयले जे गरि रहेको छ त्यो सबै ठीक हो, भन्दै त्यति विरोध गरिएको पनि पाइदैन, विरोध गरोस पनि त कसरी तिनै बाली संरक्षण निर्देशनालयसँग मिलेर काम गर्नुपर्छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कालीमाटी तरकारी बजारमा जे भएको छ त्यो गलत भयो, उहाँले भन्नुभयो, सीमामा जेचजाच नहुदा सिधै उपभोक्ताले बिषादी युक्त तरकारी खान्न बाध्य छन तर त्यसको रोक थामका लागि आफुहरु पनि बाली संरक्षण निर्देशनालयसँगै काँधमा काँध मिलाएर विभिन्न सचेतना मुलक अभियानहरु सञ्चालन गरिरहेको दाबी गर्नुभयो ।

ऐन, कानूनको व्यस्था गरि सीमा मै बिषादी युक्त तरकारी आउन नदिनु जस्ता काम गर्नु भन्दा उपभोक्तालाई सचेतना मुलक अभियानको नाममा बर्षेनी सरकारी र दातृ निकायको करोडौ बजेट सकाउने काममा राष्टिय उपभेक्ता मञ्चका अध्यक्ष महर्जनको पनि सहभागिता देखिनुलाई अस्वभाविक मान्न सकिदैन ।

केन्द्रमा एउटा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला हुँदा त यस्तो अवस्थाको सृजना हुन्छ भने काठमाडौ बाहिरको अवस्था कस्तो होला, जहाँ सिधै बिषादीको भएको तरकारी आमउपभोक्ताले उपभोग गर्न बाध्य छन । कालिमाटी तरकारी बजारमा गोलभेडामा भेटिएको बिषादी बाली संरक्षण निर्देशनालयका लागि सामान्य बिषय हो भने उपभोक्ताको स्वाथ्यमा माथि खेलवाड गर्ने, बिषादी नियन्त्रणको प्रयासको नाममा राज्यको करोडौ बजेट स्वाहा पार्ने बाली संरक्षण निर्देशनालय र त्यसको नेतृत्व लिने कार्यक्रम निर्देशक डिल्लीराम शर्मालाई अरु भन्नु केही छैन, हामी त केवल यति मात्र भन्छौ आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने ती निकाय होसियार ।