दोलखा। रैथाने बाली छाड्दै दोलखाली कृषकहरुमा आधुनिक र व्यवसायिक खेतीतर्पm रुची बढ्दै गएको छ । पुरानो बालीबाट खासै आम्दानी नहुने देखिएपछि पछिल्लो समय दोलखामा नगदे तथा व्यवसायिक खेतीतर्पm कृषकहरुको आकर्षण बढ्दै गएको हो ।

मकै, गहुँ, आलु कोदो लगायतका खेती गर्दै आएका कृषकहरु अहिले व्यवसायिक रुपमा नगदे बालीतर्पm आकर्षित हुन थालेका छन् । पुरानो प्रणालीबाट खेती गर्दा धेरै मेहनत र समय खर्चेर पनि आर्थिक उन्नति हुन नसकेपछि विस्तारै कृषकहरुले बैकल्पिक खेतीको रुपमा नगदे बालीलाई रोज्न थालेका हुन् ।

पुरानो खेती प्रणाली, उन्नत जातको विउविजनको अभाव, कृषि औजर तथा परामर्शको अभाव जस्ता समस्या झेल्न परेपछि पारिवारको सुनौलो भविष्यका परिकल्पनासहित आर्थिक हिसाबले बलियो बन्ने उद्देश्य लिएर गाउँ नै सुन्य पार्दै विदेशी भूमि तर्पm हनिएका युवाहरु पनि पछिल्लो समय कृषितर्पm रुची देखाउन थालेका छन् ।

नगदे बालीको रुपमा अलैची खेती दोलखाली कृषकको रोजाईमा पर्ने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ । थोरै मेहनतबाट धेरै आम्दानी हुने देखिएपछि दोलखाली कृषकहरुले अलैंची खेतीतर्पm रुची देखाएका हुन् ।

एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिने र अन्य बालीलाई जस्तो धेरै मेहनत पनि गर्नु नपर्ने भए पछि कृषकहरुले पुरानो रैथाने बालीलाई विस्तापित गर्दै व्यवसायिक रुपमा नगदेबालीको रुपमा अलैची खेतीतर्पm रुची बढेको कृषक नरबहादुर कार्की बताउँछन् ।

त्यस्तै चिराइतो, रोजमेरी, किवी खेतीको विस्तार पनि दोलखामा जाग्दै गएको छ । विगतका वर्षहरु कोदो, मकै फल्नेबारीमा अहिले रोजमेरी, अलैंची किवी चिया जस्ता नगदे बालीहरुले ढाकेको पाइन्छ । जसले कृषकको  आयस्तरलाई माथि उठाउन मद्दत पु¥याउने गरेको छ ।
धेरै मेहनत गर्न नपर्ने, राम्रो आम्दानी हुने र बजार पनि सजिलै पाइने भए पछि कृषकहरु आधुनिक बालीतर्पm आकर्षित भएको रोजमेरी खेती गर्दै आएका कृषक बलाराम दहाल बताउँछन् ।

नेपाली युवा शक्ति पछिल्लो समय विदेशी भूमितर्पm आकृर्षित भईरहेका बेला स्वदेशमै पसिनाको सिचाई गर्न चाहने कृषकहरुलाई कृषि कार्यालयहरुले अनुदानमा कृषि औजर, विउ विजन तथा कृषि परामर्श समेत दिने गरेको छ । तर कृषकले कृषि कार्यालयमा सम्पर्क राख्नु पर्ने कृषक कार्कीको धारण छ ।

पुरानो खेती प्रणालीलाई परिमार्जन गर्दै कृषिसँग सम्बन्ध राख्ने विभिन्न संघसंस्थाको सहयोगमा नयाँ प्रणाली अन्तर्गत नयाँ तरिकाबाट काम गर्न सके आय आर्जनमा मात्र वृद्धि हैन स्वरोजगारको अवसर समेत सिर्जना हुनेछ । यसबाट रोजगारको अभाव भन्दै विदेशी भूमिमा पसिनाको सिँचाई गर्नुपर्ने अवस्थाको अन्त्य हुने निश्चित छ ।