– विनोद भट्टराई
तेह्रथुम /जिल्लाको पश्चिमी भागमा रहेको छथर क्षेत्रमा आलुको पकट भनेर चिनिएको आङदिम गा बि स का स्थानीयले आलुको बीउ बेचेरनै लाखौं आम्दानी लिदै आएका छन्। बिगत लामो समय देखि आलु खेती गर्दै आएका आङदिम गा बि स वर्ड नम्बर ६र७ स्थानीय कृषकले हिउँदे र बर्खे आलु तथा बीउ उत्पादन गर्दै आएका छन् । हिउँदे आलु रोप्ने समय नजिकिएसंगै आलुको बीउ बेच्न भ्याइनभ्याई रहेको आङदिम गा बि स वार्ड नम्बर ६ का कर्माछिरिङ शेर्पाले बताउनु भयो शेर्पाले हिउँदे र बर्खे आलुको बिउ बेचेरनै बार्षिक २ देखि ३ लाख सम्मको आमदानी लिदै आउनु भएको छ । तेस्तै छथर क्षेत्रकै उत्कृष्ट कृषक भनेर चिनिने सोही गा बि स वर्ड नम्बर ७ का प्यामग्याल्जे शेर्पाले भने आलुको बीउ बेचेरनै बार्षिक ४ देखि ६ लाखसम्म लिदै आउनु भएको छ। उहाँसंग अहिले भोटाङे सेतो आलु,कालो आलु,रातो आलु र हले आलु गरि ४ जातका आलुको बीउ रहेका छन । आलुको बीउ बेच्न सहर बजार लानु पर्दैन घरमै आलुको बीउ खरिद गर्न छथर क्षेत्रका स्थानीय कृषक आउने गरेका छन्। अहिले आलुको बीउ प्रती पाथी १८० देखि २ सय सम्म बिक्री हुनेगरेको छ। साथै स्थानीय शुक्रबारे बजार र धनकुटाको सिधुवा बजारमा पनि यहाका आलुको बीउ बिक्री बितरण गर्न कृषकहरूले लाने गरेका छन्।