timthumb
धनगढी। खाद्यान्न अभाव हुने हिमाली र पहाडी जिल्लामा आव७३÷७४ मा ढुवानी अनुदानमा बिक्री वितरण गरिने चामलको कोटा निर्धारण गरिएको छ ।
नेपाल खाद्य संस्थान धनगढीशाखाका अनुसार, बाजुराको कोल्टी र मार्तडी डिपोका लागि २२ हजार क्विन्टल, बझाङ्गको चैनपुर र बिसौनी डिपोका लागि दुई हजार ५०० क्विन्टल, र अछामको मङ्गलसेन, कमलबजार तथा विनायक डिपोका लागि एक हजार ५०० क्विन्टल चामलको कोटा छुट्याइएको छ ।
यसैगरी बैतडीको पुर्चौडीहाट डिपोका लागि एक हजार ५०० क्विन्टल र दार्चुलाको पारीबगर, खण्डेश्वरी, सुनसेरा डिपोका लागि चार हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको शाखा प्रमुख डिल्लीराज लम्सालले बताउनुभयो ।
हुम्लाको श्रीनगर डिपोका लागि एक हजार ७०० क्विन्टल, हुम्ला सदरमुकाम सिमिकोट डिपोका लागि ६०० क्विन्टल, मुगु सदरमुकामका लागि एक हजार क्विन्टल चामालको कोटा छुट्याइएको छ ।बाजुरा जिल्ला र हुम्ला जिल्लाको श्रीनगरमा गत वर्षको भन्दा चालु वर्षमा चामलको कोटा बढाइएको छ । गतवर्ष बिक्री वितरणका लागि पठाइएको चामल बिक्री हुन नसकेपछि अछाम जिल्लामा भने यसवर्ष चामलको कोटा घटाइएको छ ।
यी जिल्लामा कोटाको चामल आपूर्तिका लागि ठेकेदारसँग सम्झौता भइसकेकाले आगामी असोजको पहिलो हप्ताबाट आपूर्ति गरिने शाखा प्रमुख लम्सालले बताउनुभयो ।बझाङ जिल्लामा अहिले पनि ३०० क्विन्टल चामल मौजात रहेको तर त्यहाँ खाद्यान्य अभाव भएको भनेर सञ्चार माध्यमबाट प्रशारित समाचार असत्य रहेको दाबी उहाँले गर्नुभयो ।
चामलको साविकको मूल्य घटाइयो –
अनुदानको चामल महँङ्गो भएको भन्ने स्थानीय बासिन्दाको गुनासोलाई मध्यनजर गर्दै आपूर्ति हुने कोटाको चामल खपत गराउन र नजिकिँदै आएको चाडपर्वमा राहत दिन बाजुराको कोल्टी बाहेकका डिपोमा चामलको मूल्य साविकको भन्दा घाटाइएको छ ।संस्थानले प्रतिकिलो रु ४१ मा बिक्री वितरण हुँदै आएको कोटाको चामलको बिक्री मूल्य घटाएर रु ३७.०५।–पु¥याएको लम्सालले जानकारी दिनुभयो ।खाद्यान्य अभाव हुने कतिपय स्थानमा संस्थानका डिपोबाट ढुवानी अनुदानमा बिक्री हुने चामल स्थानीय बजारमा पाइने चामलको मूल्य भन्दा महँगो हुने गरेको जनगुनासो आएको थियो । रासस