चितवन । जयमंगल दुग्ध उत्पादक सहकारी संस्था रत्ननगर,चितवनले १३ ले उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ । संस्थाले २० औंसाधरण सभामा संस्थामा धेरै दूध ल्याउने, गुणस्तर दूध उत्पादन गर्ने र घाँसमा आधारित पशुपालन गर्ने उत्कृष्ट किसानलाई सम्मान गरिएको हो । संस्थामा सबैभन्दा धेरै दूध ल्याउने किशोर बगाले, गुणराज बगाले, माधव कट्टेल तथा घाँसमा आधारित पशुपालन गर्ने किशोर बगाले, शंकरबहादुर भट्ट र रोमकुमारी सुवेदीलाई नगरसहित पुरस्कृत गरिएको हो ।
त्यसैगरी संस्थाले गुणस्तरीय दूध उत्पादन गर्ने किसानहरु रोक्का दराई, मैया श्रेष्ठ र केमलबहादुर सुनारलाई पनि पुरस्कृत गरेको छ । त्यस्तै संस्थाले संस्थापक सदस्य हरिप्रसाद खनाल, संस्थालाई लामो समयदेखि सहयोग गर्दै आएका ऋषिराम आचार्य, पूर्वअध्यक्ष विदुर सुवेदी र ज्येष्ठ सदस्य भरतराज कायस्थलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका लेखा समिति संयोजक कपिल सुवेदीले लेखा परीक्षण तथा आर्थिक प्रतिवेदन तथा अध्यक्ष ईश्वर खनालले भावी कार्ययोजना प्रस्तुत गरेका थिए । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा संस्थाका अध्यक्ष खनाल अध्यक्ष थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष शिवप्रसाद भट्टले स्वागत मन्तव्य राखेका थिए ।