बुटवल। तराईको गर्मी मौसममा पनि उत्पादन राम्रो हुने भएपछि रुपन्देहीमा सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु गरिएको छ ।

जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो मिल्की च्याउको परिक्षण पछि सुरुवात गरिएको हो ।

सामान्यतया ३७ देखि ४२ डिग्री तापक्रममा पनि सेतो च्याउबाट राम्रो उत्पादन लिन सकिने रुपन्देहीको गजेडीमा रहेको स्पन्जर च्याउ फर्मका अध्यक्ष गङ्गाधर शर्माले बताए।

च्याउको माग दैनिक रुपमा बढ्दै गएपछि गर्मी सिजनमा रुपन्देहीमा काठमाडौँ, पाल्पा, भारतबाट च्याउ आउने गरेको थियो । मिल्की च्याउको उत्पादनपछि अब अन्य जिल्लाबाट आयात गर्न नपर्ने शर्माले बताए।

किट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारीले च्याउ मुटु रोगी, क्यान्सरका रोगीलगायतलाई लाभदायक हुने, शतप्रतिशत प्राङ्गारिक र साकाहारीको उच्चस्तरको खाना मानिने भएकाले बजारमा यसको माग बर्सेनि बढ्दै गएको बताए।

नेपाल कृषि अनुसन्धान परिषद्९नार्क० नेपालका वरिष्ठ वैज्ञानिक गोपालप्रसाद पराजुलीले सेतो मिल्की च्याउबाट अन्य जातको च्याउभन्दा बढी आम्दानी लिन सकिने बताए।

एक किलो परालमा राखेको बिउबाट एक किलो ५०० ग्राम उत्पादन लिन सकिने हुँदा कम लागतमा राम्रो उत्पादन मिल्ने पराजुलीले उल्लेख गरे।