ललितपुर। आज असार १५ एवं राष्ट्रिय धान दिवसका दिनमा कृषि क्रान्तिको नारा घन्काउने कृषि मन्त्री हरिबोल गजुरेलले कृषि मन्त्रालयले आयोजना गरेको एउटा औपचारिक कार्यक्रममा गमलामा धान रोपेर ‘कृषि क्रान्ति’ गरेका छन् ।

खुमलटारमा आयोजित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम खुमलटारमा आयोजना गरिएको थियो । कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान रोपेका हुन् ।

मन्त्रालयका एक कर्मचारीले करुवाबाट पानी हालेर उनलाई सघाएका थिए । उनको खेतमै गएर धान रोप्ने कुनै कार्यक्रम नभएको र एक दिन खेतमा गएर धान रोप्नुको औचित्य नहुने बताउँदै मन्त्री गजुरेल धनगढी प्रस्थान गरेका छन् ।