नाइल टिलापिया न्यानो पानीमा पाइने तथा अर्धसघन र सघन दुवै पद्धतिमा पालन गर्न सकिने एक प्रसिद्ध प्रजातिको माछा हो । यो एक सर्वहारा माछा हो जसले पोखरीमा भएका विभिन्न प्रकारका आहाराको साथै तयारी दाना राम्रो संग खान्छ । टिलापीया माछा पालनको विभिन्न पद्धतिहरु मध्य निम्न पद्धतीहरु कृषि तथा वन विज्ञान विश्वविद्यालयले सफल विकास गरिसकेको छ ।

पाल्ने तरीका :

१. टिलायिया – सहर :
यस पद्धतिमा भाले र पोथी मिश्रित ५ – १० ग्राम तौल भएका टिलापिया र सहर माछाका भुरालाई क्रमश २०,००० र १२५० गोटा (१ : १६) प्रति हेक्टरका दरले मिसाएर पालन गरिन्छ । यसरी पालन गरिएका माछालाई २४ – २६ प्रतिशत प्रोटिनयुक्त्त दाना कुल तौलको २ प्रतिशतका दरले दैनिक रुपमा खुवाईन्छ । यसका साथै पोखरीमा ३५० र ५५० ग्राम प्रति १०० वर्ग मिटरका दरले क्रमश डी.ए.पि. र युरीया मल प्रत्येक साता हाल्ने गरिन्छ । यो तरीकाले प्रत्यक ४ – ६ महिनाको अवधिमा दुई चक्र गरि पाल्दा ४ – ५ टन /हेक्टर / वर्ष सम्म उत्पादन लिन सकिन्छ । यस पद्धतीमा पालिएको सहर माछाले टिलापिया माछाको भुरा खाने हुँदा अत्याधिक भुरा उत्पादनको हैरानी बाट पनि जोगाउँछ ।

२. कार्प – टिलापिया – सहर :
यस पद्धतिमा ५ – १० ग्राम साइजका ६ – ७ जातका कार्प माछामा , टिलापिया र सहर माछाका भुरालाई प्रति हेक्टर क्रमश १०,००० , ३००० र ५०० का दरले मिसाएर पालन गरिन्छ । यसरी पालन गरिएका माछालाई २४ – २६ प्रोटिनयुक्त्त दाना कुल तौलको २ प्रतिशतका दरले खुवाइन्छ । यसका साथै पोखरीमा ३५० र ५५० ग्राम प्रति १०० वर्ग मिटरमा दरले क्रमश डी. ए.पि. र युरिया मल प्रत्येक साता हालिन्छ । यसरी माछा पाल्दा ५ – ६ टन / हेक्टर /वर्ष सम्म उत्पादन लिन सकिन्छ । यो पद्धति हाल नेपालमा प्रचलित कार्प माछा पालन पद्धतिकै विकास रुप हो । र नेपाली किसानले सहज रुपमा अपनाउन सक्छन् । सहर माछाको बिक्रि मूल्य हुने हुँदा यो पद्धति निकै किफायती हुन्छ ।

३. कार्प – टिलापिया
स पद्धतिमा ५ – १० ग्राम साइजका ६ – ७ जातका कार्प माछा र एक लिंगीय भाले टिलापिया माछा प्रति हेक्टर क्रमश १०,००० र ३, ००० का दरले मिसाएर पालन गरिन्छ । यसरी पालन गरिएका माछालाई २४ – २६ प्रतिशत प्रोटिनयुक्त्त दाना कुल तौलको २ प्रतिशतका दरले खुवाइन्छ । यसका साथै पोखरीमा ३५० र ५५० ग्राम प्रति १०० वर्ग मिटर का दरले क्रमश डि.ए.पि. र युरिया मल प्रत्येक साता हालिन्छ । यो तरिकाले ५ – ६ महिनाको अवधि गरि वर्षको दुई पटक माछा पालन गर्न सकिन्छ । यसरी माछा पालन गर्दा ५ – ६ टन /हेक्टर / वर्ष सम्म उत्पादन लिन सकिन्छ । एक लिंगीय भाले टिलापियाको भुरा भरपर्दो ठाउँबाट ल्याउनु पर्ने हुन्छ ।

४. एक जातीय टिलापीया पालन :
यस पद्धतिमा ३ – ५ ग्रामको एक लिंगीय भाले टिलापियाका भुरालाई २०,००० माछा प्रति हेक्टरका दरले पोखरीमा राखिन्छ । यस पद्धतिमा पनि अन्य पद्धति जस्तै २४ – २६ प्रतिशत प्रोटिनयुक्त्त दाना कुल तौलको २ प्रतिशतका दरले क्रमश डी.ए.पि. र युरिया मल प्रत्यक साता हालिन्छ । यो तरिकाले ५ – ६ महिनाको अवधि गरि वर्षको दुई चोटी माछा पालन गर्न सकिन्छ । यसरी माछा पाल्दा ६ – ७ टन /हेक्टर / वर्ष सम्म उत्पादन लिन सकिन्छ ।

५. पोखरीमा पिंजडा राखेर पालन :
यस पद्धतिमा पोखरी भित्र पिंजडा राखेर त्यसमा ठुला साइजका(१००-१५० ग्रामका)टिलापीया र बाहिर पोखरीमा साना साइजका २०-३० ग्रामका टिलापिया माछाका भुरा राखेर पालन गरिन्छ । पिंजडाभित्र ३० माछा प्रतिश घन मिटरका दरले राखिन्छ भने बाहिर २ माछा व्रति वर्ग मिटरका दरले माछा राखिन्छ । पोखरीको क्षेत्रफलको ३ प्रतिशत सम्म पिंजडाको क्षेत्रफल राख्न सकिन्छ । यस पद्धतिमा पिंजडा भित्रका माछालाई दाना खुवाइन्छ भने बाहिर भएका माछाले पिंजडामा खुवाईएको दानको कारणले उत्पादित प्राकृतिक आहार तथा खेर गएका दाना खान्छन् । माछा बेच्ने बेलामा पिंजडामा भएको ३००-५०० ग्रामका माछा बिक्रि गरेर बाहिर भएका माछालाई फेरी पिंजडामा राखेर पालन गरिन्छ । यसरी ५-६ महिनाको एक चक्र गरेर वर्षको दुई चक्र माछा पालन गर्न सकिन्छ । यस पद्धतिमा ८ टन/हेक्टर/वर्ष उत्पादन लिन सकिन्छ ।

 

माछा पालन सम्बन्धी थप जानकारी:

कसरी गर्ने माछापालन ?