समाज

कृषकलाई प्रविधिमैत्री बनाउँदै नलगाड नगरपालिका

जाजरकोट। नलगाड नगरपालिकाले कृषकलाई प्रविधिमैत्री बनाउन अभियान थालेको छ। नगरभित्र रहेका कृषकको मागका आधारमा विभिन्न औजार तथा उपकरण वितरण कार्य सुरु गरिएको छ। सबै वडामा सडक सञ्जाल जोडेर उत्पादित वस्तु बजारीकरण गर्ने लक्ष्य लिएको नगरपालिकाले अब कृषकको हातमा आधुनिक उपकरण वितरण गरी कामलाई छिटोछरितो बनाउन लागेको हो। नगरपालिकाले चार वटा हात्ते ट्र्याक्टर, छ थ्रेसर पाइडिल […]

गण्डकी प्रदेश : विकासको २५ प्रतिशत बजेट कृषि, पशुपालन र पर्यटनमा

पोखरा। गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ प्रतिशत बजेट अनिवार्यरूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । गत वर्षदेखि प्रदेशसभा सदस्यले छनोट गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा रु दुई करोडका दरले बजेट व्यवस्था गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शुरु गरिएको थियो । चालु आवमा तीे कार्यक्रमका योजना छनोट गर्दा कृषि, पशुपालन […]

फस्टाउँदैं टर्की पालन व्यवसाय

तनहुँ। तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न थालेको किसान पौडेलले जानकारी […]

रामपुरमा फोहोरबाट ‘कम्पोष्ट मल’ उत्पादन सुरु

रामपुर। अव्यवस्थित रुपमा फालिएका फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी रामपुर नगरपालिकाले कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । विसं २०७६ पुष ५ गते ‘रामपुरको फोहोरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावस्वरुप फोहोरजन्य पदार्थलाई प्रशोधन गरी कम्पोष्ट मल उत्पादन कार्य गरिएको छ । नगरपालिकाभित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई मेसिनबाट […]

महोत्तरीमा कृषि ज्ञान केन्द्र स्थापना, के – के पाउँछन् किसानले ?

महोत्तरी। आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् । बडादशैं पर्वसँगै जिल्ला सदरमुकाम जलेश्वरमा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि खेतीपातीमा आवश्यक सहयोग चाँडै पाउने बिश्वासले यहाँका किसान उत्साहित भएको हो । कात्तिकको पहिलो सातामै जलेश्वरमा स्थापना भएको केन्द्रले अब जिल्लामा कृषिक्षेत्रका आवश्यकताबारे प्रत्यक्ष समन्वय गर्ने किसानले आस […]

धान खेतमा माछापालनः चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर रु तीन लाखभन्दा बढी आम्दानी गरेका हुन् । उहाँले एक विघा धान खेतमा कमन, रहु, […]

दशैँका मुख्य दिनमा पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान

ललितपुर। नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुटे, अभियानकर्मी कमलबहादुर राजलवट । दशैँको मुख्य दिन विजयादशमीका दिन समेत उनले कोरोना सङ्क्रमित भई घरमै आइसोलेसनमा बसी गुर्जोका सामग्री माग्नेलाई सम्बन्धित स्थानमै पुगेर वितरण गरेका हन् । अभियानकर्मी राजलवटले हालसम्म एक लाखभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिसकेको […]

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ

बाग्लुङ। “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिए । आफ्नो बाल्यावस्थाका दिन सम्झँदा उनलाई अहिले पनि त्यस्तै दशैँ आए हुन्थ्यो […]

महिला उद्यमीको जाँगर : यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका बिक्री

देउखुरी। बडादशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन् । महिला सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मात्रै आठ सय खसीबोका खरीद गरेको छ । थप […]

स्याङ्जाका युवा जैविक संरक्षण र अर्गानिक कृषिमा

स्याङ्जा। स्याङ्जाका युवाहरु जैविक संरक्षण र अर्गानिक कृषिमा आकर्षित भएका छन् । आफूले प्राप्त गरेको ज्ञान, सीप र दक्षतालाई आफ्नै ठाउँमा प्रयोग गर्दै आएका कविराज शिवहरि अधिकारी र गणेश अधिकारी तरकारी बिरुवा तथा नर्सरी, जडिबुटी र महजन्य वस्तुहरुको उत्पादनमा लागेका हुन् । गल्याङ ८, करादीका कविराज अधिकारीले वातावरण संरक्षण र मानव स्वास्थ्यका हिसावले वनस्पतिजन्य वस्तुको […]