समाचार

मागमा आधारित कृषि बजार निर्माणमा १ करोड सम्म अनुदान

बाँके । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ कृषि विकास निर्देशनालय मातहतको कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र बाँकेले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि उपज बजार पूर्वधार साझेदारीमा निर्माण तथा संचालन गर्नका लागि अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि ईच्छुक कृषक समूह, कृषि सहकारी, […]

दैनिक ५५ हजारको स्ट्रबेरी उत्पादन गर्दै गोल्यान एग्रो ट्रेड

भद्रपुर। झापाको बाह्रदशी गाउँपालिका–१ स्थित राजगढमा लगाइएको स्ट्रबेरी खेतीले मनग्य आम्दानी दिन थालेको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३२ बिघा जमीनमा लगाएको स्ट्रबेरी खेतीबाट दैनिक ५० देखि ६० किलोसम्म प्रतिकेजी रु एक हजारका दरले बिक्री भइरहेको कम्पनीका लेखापाल विजय पाठकले बताउनुभयो । उहाँका अनुसार स्ट्रबेरी खरिद सबैभन्दा बढी इटहरीको गोर्खा डिर्पाटमेन्टल स्टोर्स र […]

अण्डा र झण्डा अभियान साथसाथ

रामपुर। पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । ‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो । नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा समेत ध्यान पु¥याउने भएकाले नियमित गर्भ जाँच गराउनेलाई गाउँपालिकाले अण्डा उपहार अभियान सञ्चालन गरेको […]

अल्लोको मास्क उत्पादन शुरू

दाङ। मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् । लमहीमा साधारण सुती कपडाको मास्क बनाउन थालिएसँगै घोराहीमा अल्लोको मास्क बनाउन थालिएको छ । उत्पादकले यो मास्कलाई स्यानिटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुनसक्ने […]

च्याउको सुकुटी, अचार र धुलोको माग धेरै

नारायणपुर। पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायिकरुपमा च्याउ खेती गरिरहनुभएको छ । च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि उहाँ आकर्षित हुनुभएको हो । काँचो च्याउ बिक्री नहुने समयमा अचार, सुकुटी र च्याउको धुलो बनाउने गरेको उहाँले बताउनुभयो । “लामो समयसम्म राख्न सकिने भएकाले अहिले बजारमा धुलो, सुकुटी र […]

प्रदेश ५ को कृषि र पशुपक्षीको विकासमा नार्कले सहकार्य र साझेदारी गर्ने

ललितपुर। प्रदेशभित्र कृषि र पशुपक्षीको विकासमा सहकार्य र साझेदारी गर्ने गरी प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच समझादारी भएको छ । नार्कको कार्यालयमा मङ्‍गलबार आयोजित कार्यक्रममा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालको उपस्थितिमा प्रदेश सचिव तेजबहादूर सुवेदी र नार्कका निमित्त कार्यकारी निर्देशक […]

स्याउका बिरुवा जोगाउने कृषकलाई पुरस्कार

जाजरकोट। कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउँका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुर्काउनेलाई प्रतिबिरुवावापत रू. १०० दिने नीति बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । […]

पशु बीमा बढ्दा, घट्यो कृषि बीमा

ललितपुर। सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि कृषक भने अझै अनविज्ञ नै छन् । कृषि बीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन नगर्दा कृषकलाई जानकारी नभएको हो । सरकारले कृषिबीमा कार्यक्रम अन्तर्गत कृषि तथा पशुको बीमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भएता पनि यसबारे कृषकलाई थाहा नै […]

विभिन्न कृषि व्यवसायीकरणका लागि अनुदान दिंदैं कृषि ज्ञान केन्द्र

बाँके । भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न बालीका लागि नयाँ व्लक तथा पकेट कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी १५ दिन भित्र ईच्छुक कृषक समुह, कृषि सहकारी, कृषि उद्यमी, […]

७५ प्रतिशत अनुदानमा बाख्रा तथा कुखुराको खोर निर्माण गर्ने हैन त ? आवेदन दिनुहोस

उदयपुर। प्रदेश नं १ को त्रियुगा नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत पशु उत्पादन (बाख्रा पालन, कुखुरा पालन एवं अण्डा उत्पादन ) कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले सूचना प्रकाशित गरी ईच्छुक फार्म, कृषक समुह, कृषि सहकारीलाई १५ दिन भित्र निवेदन पेश गर्न आव्हान गरेकोछ । माग […]