किसान

अलैँचीको ‘हब’ बन्दै लमजुङ

लमजुङ । बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएका सोमबहादुरले खासै कमाउन सकेनन् । ऋण गरेर दोस्रोपटक उहाँ विदेश जानुभयो । दोस्रो पटक पनि उहाँ विदेशबाट रित्तो हात घर फर्किनुभयो । त्यसपछि उहाँ गाउँमै अलैँची खेती गर्नथाल्नुभयो । गाउँमा अलँैची खेतीमा लागेपछि उहाँले दुई पटकसम्म विदेश जाँदा […]

दूध बेचेर मासिक नौ लाख

पोखरा। मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिने रहेछ भन्ने उदाहरणीय कृषक बनेका बनेका  कास्कीको लाहाचोक गाविसका इमानबहादुर गुरुङ । तीन वर्षअघिदेखि भैँसी र गाईपालन व्यवसाय सुरु गरेका गुरुङको  दूध बिक्रीबाट मासिक रु नौ लाख आम्दानी हुन्छ । अहिले गुरुङको गोठमा ३०० वटा उन्नतजातका भैंसी र १२ वटा गाई छन् । “दैनिक ८०० लिटरदेखि ९०० लिटरसम्म दूध उत्पादन […]

काभ्रेमा मल अभाव

काभ्रे। काभ्रेपलाञ्चोकमा रासायनिक मलको अभाव हुन थालेको छ । कृषि सामग्री कम्पनी लि धुलिखेलका प्रमुख अशोक खड्काले झण्डै दुई सातादेखि डिएपी मलको अभाव भएको जानकारी दिँदै ग्लोबल टेन्डरमार्फत खरिद भएको मल भारतको कोलकातामा रोकिएको बताएका छन् । धान र मकैका लागि डिएपी मल आवश्यक भएकाले त्यसको माग बढी रहेको उल्लेख गर्दै उनले कम्पनीसँग १५० बोरा […]

किन घट्दैछ नेपालमा धानखेत ?

पोखरा। देशव्यापी रुपमा राष्ट्रिय धान दिवसको चासो र चर्चा बढ्दै गर्दा उब्जाउयोग्य धान खेत प्लटिङ हुँदै जानु गम्भीर चुनौतीका रुपमा देखिएको छ । पछिल्ला केही वर्षमा नै उब्जाउयोग्य धानखेत प्लटिङका माध्यमबाट घडेरीमा परिणत भएपछि खेतको क्षेत्रफल घटेर उत्पादनमा कमी आएको छ । विसं २०६८ यता बढिरहेको प्लटिङका कारण बर्सेनि धानखेतको क्षेत्रफल घटिरहेको क्षेत्रीय कृषि निर्देशनालय […]

तराईमा फलाउन सकिने कागतीका नयाँ जात

धनकुटा।  राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाले तराईका लागि कागतीका २ नयाँ जात सिफारिस गरेको छ । ६ वर्ष लामो अनुसन्धानपछि केन्द्रले तराईमा व्यावसायिक खेती गर्न सकिने एनसी आरपी ४९ र एनसी आरपी ५५ जातका नयाँ कागती सिफारिस गरेको हो । ३ वर्षयता झापा, मोरङ, सुनसरी र चितवन जिल्लामा कागतीका स्थानीय जातको व्यावसायिक खेती सुरु […]

मौरीपालनबाट वार्षिक रु पाँचलाखसम्म आम्दानी

नवलपरासी। नवलपरासी जिल्लाको जमुनिया गाबिस -९ का ऋषिराम पोखरेलले मौरीपालन गर्दा कृषि विकास कार्यालयमा त्यससम्बन्धी कुनै कार्यक्रम थिएन् । विसं २०५० देखी रेडियो नेपालमा प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालनका बारेमा सुनेको निकै वर्ष पछि कृषि कार्यालयमा पुगेका पोखरेललाई कुनै पनि कार्यक्रम नभएको बताएपछि रित्तै घर फर्किए । “मौरीका बारेमा बुझ्दा कर्मचारीले मुखामुख गरे । रेडियो […]

तरकारी खेतीले ग्रामीण भेगको जीवनशैली फेरिँदै

भक्तपुर। नगरकोट नगरपालिका– १, ताथली नाला छापकी ३० वर्षीया सिर्जना थापा ११ वर्षअघि ललितपुरको टीका भैरवबाट विवाह गरी आइन् । श्रीमान बेरोजगार तथा पाँच भाइ छोरामा जग्गा बाँडिदा आफ्नो भागमा परेको जग्गाको उब्जनीले थापालाई खान लाउन धौधौ हुनथाल्यो । तर त्यही खेतमा काउली, आलु, वन्दागोभी, लौका र काँक्रालगायत तरकारी बाली लगाउन थालेपछि अहिले थापाको जीवन […]

तरकारी खेतीबाट मनग्य आम्दानी

पाल्पा।  व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसानले परम्परागत खेती छाडेर तरकारीखेती गर्न थालेका छन् । जिल्लाको दक्षिणी भेगस्थित कोलडाँडाका अधिकांश किसान धान, मकै र गहुँखेती छाडेर तरकारी खेतीतर्फ आकर्षित भएका हुन । मकै, धान र गहुँखेतीबाट भन्दा तरकारीखेतीबाट तेब्बर फाइदा भएपछि परम्परागतखेती छाडेर तरकारी खेतीमा लागेको उनीहरु बताउँछन् । कोलडाँडा– ८ र […]