किसान

उखु किसानद्वरा तेस्रो चरणको आन्दोलनको घोषणा

सर्लाही। सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानि नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् । उखु किसान सङ्घर्ष समितिले आइतबार विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणकाआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले माघ ८ गते भित्र उखु मिलहरुबाट पाउनु पर्ने र अनुदान रकम भुक्तान गराउने सहमति गरेकोमा सो अनुसार गराउन नसकेकाले आफुहरु […]

कुखुरापालनमा रमाउँदै युवा

बागलुङ। पाँच वर्ष कोरिया बसेर फर्कनुभएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहनुभएको छ । बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि रु आठ लाख लगानीमा ‘जेनिसा पोल्ट्री फार्म’ सञ्चालनमा ल्याउनुभयो । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय […]

राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी

नवलपरासी। सरकारले तोकेको समय सीमाभित्र पनि भुक्तानी नपाएपछि पश्चिम नवलपरासीका उखु किसानले राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । सरकारले लिखित सम्झौता गरेर पनि भुक्तानी दिलाउन नसकेको भन्दै उनीहरुले कडा आन्दोलनको विकल्प नभएको बताएका हुन् । गत पुसमा काठमाडौंमै आएर आन्दोलन गरेपछि उद्योगमन्त्री लेखराज भट्टको रोहबरमा चिनी उद्योगीहरुहसंग माघ ७ गतेभित्र बक्यौता रकम उपलब्ध गराउने […]

विदेश हैन स्वदेश, व्यावसायिक कृषिबाटै आमूल परिवर्तन

गलेश्वर। स्वदेशमा रोजगार पाइँदैन, सानो पूँजीमा केही गर्न सकिँदैन भन्दै धमाधम ऋण काढेर कठिन मिहिनेत गरी थोरै पैसा कमाउन विदेशिनेहरूलाई म्याग्दीका केही पौरखी युवाहरुले चुनौती दिएका छन् ।लगन हुने हो र मिहिनेत गर्न सक्ने हो भने थोरै पूँजीमा पनि विदेशमा भन्दा धेरै आम्दानी गर्न सकिने उनीहरु आफैँले प्रमाणित गरिदिएका छन् । बेनी नगरपालिका–२ रोहोटेका शोभित […]

कोरियामा भन्दा धेरै कमाई, बङ्गुर पालनबाट

पाल्पा। मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो । पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला काम्मुको बङ्गुरपालन व्यवसायमा एकपटक पुग्नैपर्ने बङ्गुर फार्म हो । काम्मुले बङ्गुरको पाठापाठीको […]

जाँगर र सीप चाहिन्छ ! पैसा नेपालमै छ

पाल्पा। काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गर्नुभयो । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाउनुभयो । पसिना बगाउनुभयो । उहाँलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाल्नुभयो । उहाँ दुई वर्ष पूरा भएपछि […]

दूध बिक्री नहुँदा भैँसी बेच्दै किसान

सिन्धुली। भैँसीपालन गर्ने व्यावसायिक किसानले दूध बिक्री नभएको गुनासो गरेका छन् । दूधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन् । हर्षाहिका पर्मिला कार्कीले आफ्नै लगानीमा भैँसीपालन त गर्नुभयो, तर दूध बिक्री नहुँदा समस्यामा परेको सुनाउनुभयो । पर्मिलाले भन्नुभयो, “आफ्नै लगानीमा भैँसी पालेर दूध बिक्रीबाट राम्रै आम्दानी गर्ने सोचेको थिएँ, तर दूध […]

गोब्रे च्याउको अत्याधिक माग, बजार धान्नै मुस्किल

दाङ। घोराही–१६ तेरौटेका ३० वर्षीय मणिराज पुन हिजोआज जिल्लामै सफल च्याउ कृषकका रूपमा चिनिएका छन । अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उनले प्राविधिक रूपमा कठिन मानिएको गोबे्र अर्थात् डल्ले च्याउ उत्पादन गरिरहेका छन । उनका अनुसार माटो, मल र बीउको मात्रा नमिलाए गोब्रे च्याउ उम्रिँदैन । उम्रिए पनि फक्रिँदैन, कुहिन्छ र डढेर नष्ट […]

करोड लगानी गरेर गाउँमै बाख्रापालन

गलकोट। गाउँमा सम्भावना देख्ने युवा निकै कम देखिन थालेका छन् । गाउँघरमा रहेका युवा पनि अवसर नभएको भन्दै निराशाबाट ग्रसित छन् तर, दुर्गम गाउँमा यस्ता युवा पनि छन् जो युवाहरूको तीव्र विदेश पलायन देखेर पनि गाउँमै केही गर्ने दृढ अठोटमा छन् । तीनैमध्येका एक उदाहरणीय पात्र हुन् बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दम्पती । यो […]

किसानका पीडाः पुरस्कार अठन्नी, खर्च रुपैयाँ

बलेवा । बारीमा फलेको मुलाले पूर्णप्रसादको मनमा लागि रहेको थियो, “यसको बेला नसकिँदै कतै मेला÷महोत्सवको आयोजना भए त्यहाँ पुर्याएर प्रदर्शन गर्नुहुन्थ्यो ।” पर्वतको जलजला गाउँपालिका–७ का पूर्णप्रसाद पौडेलको बारीमा फलेको मुला छैटौँ बागलुङ महोत्सवमा प्रदर्शनमा राखियो । उहाँको मुला तरकारी बालीअन्तर्गत कृषि ज्ञान केन्द्र पर्वतको तर्फबाट पुरस्कृत पनि भयो । पौडेलले उत्पादन गरेको मुला बागलुङ […]