ललितपुर। सुनिता न्ह्रेमाफूकी कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राज्ञिक परिषद् सदस्यमा नियुक्त भएकी छन्।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ की उपाध्यक्ष समेत रहेकी न्ह्रेमाफूकी कृषि मेशिनरी र कृषि प्रविधि क्षेत्रमा सक्रिय छिन्। उनको नियुक्तिले विश्वविद्यालयको प्राज्ञिक तथा नीतिगत काममा निजी क्षेत्रको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।
न्ह्रेमाफूकी यसअघि प्रतिनिधिसभाको समानुपातिक तर्फबाट सांसदको सिफारिस सूचीमा समेत परेकी थिइन्। तर निर्वाचनअघि नै उनले उक्त सूचीबाट आफ्नो नाम त्यागेकी थिइन्।
कृषि क्षेत्रसँग जोडिएर काम गर्दै आएकी न्ह्रेमाफूकीको नियुक्तिलाई कृषि तथा व्यवसायिक क्षेत्रका व्यक्तिहरूले सकारात्मक रूपमा लिएका छन्।









