ललितपुर। नेपालमा कोदो आयात गत वर्षको तुलनामा घटेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा करिब ४३ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ९ करोडले कम हो ।

चालु आव साउनदेखि माघ मसान्तसम्म कुल ४२ करोड ९७ लाख १४ हजार रुपैयाँको ८ हजार ५ सय ६४ टन कोदो आयात भएको छ । यसमध्ये खानका लागि प्रयोग हुने अन्य कोदो ४२ करोड ९३ लाख १५ हजार रुपैयाँको ८ हजार ५ सय ५८ टन आयात भएको छ । यस्तै कोदोको बिउ ३ लाख ९९ हजार बराबरको ६ टन भित्रिएको छ ।

गत आव २०८१/८२ सोही अवधिमा  ५२ करोड ५ लाख २२ हजार बराबरको १० हजार ३ सय ९९ टन कोदो आयात भएको थियो । गत वर्षको तथ्यांक अनुसार ५२ करोड ३ लाखको अन्य कोदो र २ लाख २३ हजारको ४ टन बिउ कोदो आयात भएको थियो ।

गत आव सात महिनाको तुलनामा यस वर्ष कोदो आयात रकम, परिमाण घटेको देखिन्छ ।