ललितपुर। नेपाल डेरी एसोसिएशनको २७ औँ साधारण सभा तथा ९ औँ राष्ट्रिय अधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । अधिवेशनबाट अध्यक्षमा प्रल्हाद दाहाल चयन भएका छन्।
वरिष्ठ उपाध्यक्षमा दिपप्रसाद धमला चयन भएका छन् भने उपाध्यक्ष पदमा मनोज कुमार यादव, कर्ण बहादुर हमाल, मनोज कुमार घिमिरे, योगेन्द्र चिमरिया, दयाराम भण्डारी र रामभक्त दाहाल सर्वसम्मत निर्वाचित भएका छन्।
उनीहरू क्रमशः कोशी, सुदूरपश्चिम, बागमती, कोशी, लुम्बिनी र बागमती प्रदेशका विभिन्न डेरी उद्योगसँग आबद्ध छन्।
महासचिवमा हेमचन्द्र खनाल र सचिवमा शिवहरि आचार्य निर्वाचित भएका छन्।
कोषाध्यक्षको जिम्मेवारी शिवलाल भुषाललाई दिइएको छ। उपमहासचिवमा विजयप्रसाद चौरासिया, सह–सचिवमा रमेश सञ्जेल र सह–कोषाध्यक्षमा अशेष कुमार बुढाथोकी चयन भएका छन्।
केन्द्रीय सदस्यहरूमा रविशरण थापा, शिव घिमिरे, नवराज तिमल्सिना, विष्णु बोहोरा, अजित बजगाई, टिकाराम खराल, कृष्णप्रसाद भट्टराई, रविन्द्र हुमागाईं, जनक न्यौपाने, तुलुकामी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार बाइबा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाई, पवनप्रसाद बास्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर बोहोरा, निराजन कोइराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ, प्रकाश सामन्त लगायत चयन भएका छन्। उनीहरू बागमती, कोशी, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका विभिन्न डेरी तथा दुग्ध प्रशोधन उद्योगसँग आबद्ध छन्।
एशोसिएशनको २७ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस कार्यक्रम वाग्मती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता सम्मपन्न भएको हो ।









