ललितपुर। कृषि यान्त्रीकरणमार्फत व्यवसायीकरणमा आफ्नो विशिष्ठ छाप बनाउन सफल नेपाल ट्रेड होस्टले विश्व प्रसिद्ध इटालिएन ब्राण्ड वि.सि.एस.का यन्त्र तथा उपकरणहरु माघ २ गते देखि चितवनको भरतपुरमा शुरु हुन गैरहेको नेपाल एग्रिटेक अन्र्तराष्ट्रिय कृषि प्रर्दशनीमा राख्ने भएको छ ।
लुम्बिनी प्रदेशको वुटवलामा रहि लामो समय देखि गुणस्तरीय कृषि यन्त्र र प्रविधि किसान समक्ष पु¥याउँदैं आएको कम्पनीले वि.सि.एस. ब्राण्डका विभिन्न यन्त्र तथा उपकरण प्रर्दशनीमा अवलोकनका साथै खरीद गर्न सकिने जनाएको छ ।
नेपाल ट्रेड होस्टले एकै छानामुनी साना हाते औजारदेखि हजारौं यन्त्र तथा उपकरण किसान समक्ष पु¥याउँदैं आएको छ । विगत ८० वर्ष देखि किसानको रोजाईमा पर्न सफल वि.सि.एस. ब्राण्डको हाते ट्रयाक्टर, रिपर बाइण्डर, हार्भेस्टर लगाएतका नविनतम प्रविधि मेलाको मुख्य आर्कषण हुने भएकोले सम्पूर्ण किसानलाई प्रर्दशनी अवलोकन गरि फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।










